Showing posts with label गज़ल-. Show all posts
Showing posts with label गज़ल-. Show all posts

Wednesday, May 12, 2010

गज़ल- "प्यालामा नशा लिएर हाँसेकी छु"

आँसुका घुट्का पिएर हाँसेकी छु |

दिनमा हो कि रातमा हिंड्दैछु म
कसरी खोइ जिएर हाँसेकी छु ।।

चु्न्दिंन स्वर्ग जिउँदो लास हुँ म
सबै नै खुसी दिएर हाँसेकी छु ||

गलेको मुटु सडेर चिथरा भो
त्यस्लाई पनि सिएर हाँसेकी छु ||

आगोको कोल्मा हालेको फलाम झैं
खग्राख पाप्रो खिएर हाँसेकी छु ||


मिना बान्तवा "मृदु"

Sunday, April 4, 2010

गज़ल-तिम्रो छायाँको छापले बलेछु||


तिम्रो छायाँको छापले बलेछु||
तिम्रै मायाँको चापले बलेछु||

याद सायद नआए हुन्थ्योनी
भूल अन्जान पापले बलेछु||

पोल्छ सुन्यता खग्रास हृदय
तिमीले छोएको रापले बलेछु||

ब्याथा भित्रको बाध्यता थपिँदा
हुरी-चिन्ताको मापले बलेछु||

झुठा भएछन् ति वाचा कसम
तिम्रो चिठीको खापले बलेछु||

आँसु पुछ्दै भिजेको परेली
पलपल पश्यातापले बलेछु||

खोइ! कस्लाई कसरी सोधनु
अन्तर-प्रस्नको बिलाप्ले बलेछु||


मिना बान्तवा "मृदु"

गज़ल-"सपनीमा मूँसुमूँसु"


सपनीमा मूँसुमूँसु हाँस्दै आयौ तिमी||
इन्द्रेणीका रंगहरु गाँस्दै आयौ तिमी||

मुस्काइमै झूमुं झुमुं लाग्ने खाल्को नशा
अनुभव जाग्यो साँचै नाँस्दै आयौ तिमी||

मुस्कानले टुँनामुना जादु झस्को लाग्यो
निदरिको पर्खालनै माँस्दै आयौ तिमी||

कौतुहल मनभित्र जाग्न थाल्यो अझ
खेलखाँची नानाभाँति टाँस्दै आयौ तिमी||

विपनिकै राम हौकि कृष्ण काले श्याम
धनुषझैं तीर हान्दै छाँस्दै आयौ तिमी||

नजरले छेंड़छाँड़ धनु वाण ताक्दै
खासखुस मृदु छेउ खाँस्दै आयौ तिमी||

मिना बान्तवा "मृदु"

गज़ल-हिजो सम्म भन्थ्यौ, सानी तिमीले|


हिजो सम्म भन्थ्यौ, सानी तिमीले|
ढिलो आएँ भन्थ्यौ, रानी तिमीले|

आज कता-कता, लाग्यौ मायाँलु
पार्न पायौं आतेस् ,जानी तिमीले||

तिम्ले काँडा ठाने, फूलै मानौला
नगर है मन, मानी तिमीले||

गरे थियौ मिठा, वाचा बन्धन
बात गर्थ्यौ सुष्म, ज्ञानी तिमीले||

चुप हुँदा सोध्थ्यौ, केभो जिन्दगी ?
राख्थ्यौ काख हात, तानी तिमीले||

बस भन्दै पिडी, अघि सारेर
तिर्खा लाग्दा दिन्थ्यौ, पानी तिमीले||

तिमी बिना भन्थ्यौ, बाँच्न सक्दिन
मेरो मायाँ सोच्थ्यौ, खानी तिमीले||

सधै हाम्रो जोडी, पन्छी परेवा
साने सोच मन, धानी तिमीले||


मिना बान्तवा "मृदु"

आदरणीय मित्रहरु यो मेरो धेरै पहिलाको गज़ल हो यो मैले मझेरी डट कम र डिसी नेपाल आदि वेब साईटमा दि सकेको हो यसको नक्कल गर्नु खोजे कविहरुले तर उहाँहरुले त्यति उत्कृस्ट अझै बनाउनु सक्नु भएन मलाई दुःख लाग्यो त्यसैले फेरी आज यो स्मरण मेरो गज़ल अझैं परिमार्जित गरेर हालेकी छु, अझै परिमार्जित गदैछु,धन्यबाद,,!

Friday, March 5, 2010

गज़ल-"आफ्नो आँसु आफैं"



आफ्नो आँसु आफैं-आफै, माँझी बनि तरें आज!!
तिमी खुसि हुनु भनि, अलिक् पर सरें आज!!

बिहानीको घाम संग, कसम् खाँदै-खाँदै अनि!
पोखिएको आस्रुधारा, अंजुलिमा भारें आज!!

तिम्रो घर्को बाटोगल्लि, हिड्न छोडी सकेँ मैले!
टाढ्है बाट हिडौ भनि, तल्लो बाटो झरें आज!!

साच्चैं बैगुन् रेछौ तिमी, दिल् दुखाई राख्नु अझैं!
नपुजिने पलाँसहरु, मूल् बाटोमै छरें आज!!

बिषै होकि जिन्दगी यो, ताल बनाई जाँदैछु म!
सागर बीच पुगेपछि, तिम्रो मायाँ हरें आज!!

बिदा हुन्छु तिमीबाट, तिम्रो जिबन सफल रहोस!
नफर्किनु फेरि तिमी, भन्दै बिदा गरें आज!!

मिना बान्तवा "मृदु"