Sunday, April 4, 2010

गज़ल-"सपनीमा मूँसुमूँसु"


सपनीमा मूँसुमूँसु हाँस्दै आयौ तिमी||
इन्द्रेणीका रंगहरु गाँस्दै आयौ तिमी||

मुस्काइमै झूमुं झुमुं लाग्ने खाल्को नशा
अनुभव जाग्यो साँचै नाँस्दै आयौ तिमी||

मुस्कानले टुँनामुना जादु झस्को लाग्यो
निदरिको पर्खालनै माँस्दै आयौ तिमी||

कौतुहल मनभित्र जाग्न थाल्यो अझ
खेलखाँची नानाभाँति टाँस्दै आयौ तिमी||

विपनिकै राम हौकि कृष्ण काले श्याम
धनुषझैं तीर हान्दै छाँस्दै आयौ तिमी||

नजरले छेंड़छाँड़ धनु वाण ताक्दै
खासखुस मृदु छेउ खाँस्दै आयौ तिमी||

मिना बान्तवा "मृदु"

No comments:

Post a Comment