Showing posts with label गीत. Show all posts
Showing posts with label गीत. Show all posts

Thursday, October 22, 2009

गीत

ति दिवा सपनाहरु

ति दिवा सपनाहरु रातको हो भनि सम्झेछु
कल्पनाहरुलाई सजाएर म चुर्लुमै डुबेछु
ति दिवा सपनाहरु रातको हो भनि सम्झेछु

सपनाका ति महलहर धेरै ठुलो बनाएछु
भताभुङ्ग हुदा महलहरु संग-संगै भत्किएछु
ति दिवा सपनाहरु रातको हो भनि सम्झेछु

मृग नयनी आँखाबाट आँसुका थोपा बर्सिं दिंदा
म त लक्ष्य बिहिन भै परिवर्तन भैसकेछु
ति दिवा सपनाहरु रातको हो भनि सम्झेछु

प्रिय पाठक ब्रिन्द
यो पहिले नै प्रकाशित गीत हो त्यसैले यसको जानकारी गराइएको छ।

स्वर अनि शब्द-मीना बान्तवा
सङ्गीतकार्-हस्त परीयार
म्युजिक एरेन्जर-श्याम सुनुवार
दोभान स्टुडियो
चलचित्र-पर्दा-जन्म दिन