Showing posts with label गज़ल. Show all posts
Showing posts with label गज़ल. Show all posts

Wednesday, May 12, 2010

गज़ल-एक पटक तिमी मायाँ गरेर त हेर |


एक पटक तिमी मायाँ गरेर त हेर |
मृग नयनी आँखा तिमी तरेर त हेर |

पिडा भनेको तिमीलाई बाहीर के थाहा?
तिमी मायाँको नियतीमा मरेर त हेर ||

हेर! सन्सारै दासी यहाँ प्रितको सागरले
तिमी मुस्काइ मिठो हाँसो छरेर त हेर ||

मरुँ भूमिमा तिर्खाएको यात्री हुँ, म यात्री
तिम्ले सितको थोपा-थोपा भरेर त हेर ||

तिम्रो हरेक न्यानो स्पर्श पाउनु छ मैले
केही नजिक तिमी थोरै सरेर त हेर ||

तिम्रो मायाँको गित गुन गुनाउँ म सधैं
मेरो अंगालो भित्र तिमी परेर त हेर ||

तिम्रो कसम झुठो हैन दुखेको छ मुटु
एकै बचनले 'हुन्छ' भनि हरेर त हेर ||

मिना बान्तवा "मृदु"


Friday, May 7, 2010

गज़ल-



धरतीलाई फुलाउन एउटा जून रोपें|
आकाशलाई खुलाउन एउटा जून रोपें|

अनुभूतिको ज्योतिमय किरण पस्किएर
समयलाई भुलाउन एउटा जून रोपें||

नुगीरहने हाँगाहरु फलेका दाना-दाना
बोट-बोटमा झुलाउन एउटा जून रोपें||

चारदिशानै आद्यारोले नसक्दै छाइ यहाँ
शान्तिको दियो डुलाउन एउटा जून रोपें||

इतिहाँसमा पोतिएका पुवाँखे काला मसी
वास्तविकता घुलाउन एउटा जून रोपें||

मिना बान्तवा "मृदु"

Saturday, November 21, 2009

गज़ल

गज़ल "तिमी अन्तै बसाईं सरे पछि"


चटट्यां झैं बज्रेर टुटेको मनलाई अब,गाँसु कसरी
अतित घाउ भुली, ओठ-ओठ ढप्काएर हाँसु कसरी

तिम्ले आऊ भनि बोलाई, ठाडा पुराई छाडी दियौ
भुइँको पलाँस सिरमा फेरी,मैले आब टासुँ कसरी

जहिले देखि बसाईं सर्योउ तिमी, अन्तै शहर तिर
तिमीले दिएको उपहार, घाउलाई फेरी माँसु कसरी

हाँसी हाँसी थाहै नपाई,विष पिलाएर गयौ तिमी
अचानक बग्यो"मृदु"आँखाबाट आज आँसु कसरी

चटट्यां झैं बज्रेर टुटेको मनलाइ,अब गाँसु कसरी
अतित घाउ भुली,ओठ-ओठ ढप्काएर हाँसु कसरी

मिना बान्तवा"मृदु"
झापा नेपाल
हाल इजरायल

Thursday, November 12, 2009

गज़ल-"निर्दोष छँदाछँदै,,,,,!"



थाहै नपाई मत हजुर कस्तो भुलमा परें
नाफक्रिन्दै कोपिलैमा ओइलाएर झरें

रहर मनको सगरमाथा बिलाएरै गयो
आफ्नो आँसु नदि बनाई माझी बनि तरें

वारी-परि फूलहरु फुल्दा अनि झुल्दा
फूलले पनि बिझाउला भनि मनै पर सरें

जहाँ हिडें उजाड मरु भूमी मात्र भेटें
अतृप्त त्यो प्यास भित्र कैयौ पल्ट मरें

मत भन्थे मै अन्धो दुनियानै अन्धो रैछ
निर्दोष छँदा-छँदै,सबको नजरमा,मै,दोषी परें

मिना बान्तवा "मृदु"
मिना बान्तवा "मृदु"