Showing posts with label मुक्तके कविता. Show all posts
Showing posts with label मुक्तके कविता. Show all posts

Sunday, May 23, 2010

मुक्तके कविता "धनको खातिर विदेश आइयो"

धनको खातिर विदेश आइयो|
सोचे जस्तो नहुँदा चाल पाइयो|
जहाँ जाउँ कर्म संगै जाँदो रैछ
छ मैना त लेखेम् मात्रै खाइयो||

चिल्ड्रेन पार्कमा दोहोरी नि गाइयो|
कैले बचन नपाएको बचन पनि पाइयो|
मन पुग्छ गाउँ घरमा जिउ बिदेशमा
बनावटी हाँसो बोक्दै बाहिर खुसी छाइयो||

मरी हत्य गरी कन काममा दाइयो|
तलब नपाए पछि, मुद्दा पनि लगाइयो|
नियम कानून मात्रै, भएर हुदैन रैछ
हटकाव्ला इमिग्रेसन,अखोती नि धाइयो||

मिना बान्तवा "मृदु"

लेखेम् -पाऊ रोटी
हट, काभ्ला, अखोती -
"श्रम मानव अधिकारको"
-हेल्प लाईन