Showing posts with label पद्य कविता. Show all posts
Showing posts with label पद्य कविता. Show all posts

Friday, November 27, 2009

पद्य कविता

मेरो मायाँलाई थिचोस अझै अझै

जुन कुराको डर थियो, त्यहीं नै भयो आखिर
तिमी मेरो भाग्यमा थिएनौ नै, बनेको तकदिर
भगवानको सायद तेहीं थियो, निर्णय र मन्जुर
अब त रह्यो मात्र मेरो, साथमा तिम्रो तस्विर

तिमी खुसि भै बाँच्नु, उनीकै प्यारा बनि लकिर
बिताउनु पर्छ जीवन मैले अब, हेर्दै तेहीं तस्बिर
सडकमा फ्याकिएकी, सडकमानै फ्याक्यौं आज
रोएरै बसौला अब देखि,जीन्दगीमा सबैको माझ

मेरै आफ्नै भाग्य रेखा, कोर्न सकिन मैले आज
बस्थ्यौ तिमी आँखामा,आएर मेरो गोधुली साँझ
झर्न खोज्ने अश्रु धारा,त्यो पनि सुक्छ जब-जब
बाहिर भन्दा भित्र-भित्रै रोएको, कसले देख्छ अब

जता-ततै भौतारिन्छु, जब शान्ति कहीं पाउँदिन
तिम्रै अतितको दिप जलाई,भौतारिन्छु दिन-दिन
उनी सँग मेरो मायाँ भूलाई दिने,रहेछ सेहेजाल
तिम्लाई पर्खेर बाँचेको यो जीन्दगी,पार्यौ बेहाल

मेरो जीवन जस्तो चल्छ, दुःख संगै-संगै चलोस्
तिम्रो जीवन मलाई भूली,नसम्झिने गरि फूलोस
खुसि भई बाँच्नु आब, जिन्दगीमा उनिसंगै सँधै
उनको मायाले मेरो मायाँलाई,थिचोस अझैं-अझैं

मिना बान्तवा "मृदु"
झापा नेपाल
हाल इजरायल

Tuesday, November 10, 2009

पद्य कविता


"ए देशभक्त दाई! लौन.......!"

"ए दाई! देशभक्त दाई लौन! रात परि अग्राख पलाई सक्यो"२
गर्नु पर्नेता नेताहरुलाई धेरै थियो तर कसैले केहि गर्न सकेन
आखिरमा जनता नै मरेका छन् नेताले खोइ के गरेका छन्
गरे भने बरु ठुलो-ठुलो घर बनाई शहर तिर डेरा सरेका छन्

ए दाई! देशभक्त दाई लौन! रात परि अग्राख पलाई सक्यो
राजनीति भनेको गफ गर्ने तासे जुवाडेको अखाडा मात्र भयो
पार्टी भन्ने नाम त लुटमार गर्ने डकैति दलालको मंडी भयो
ठगि खाने बिगीनेसको माछी भाडो भए हाम्रा भोलेनटियरहरु
नेताले पैसापाए भने आफ्नै श्रीमति पनि बम्बाई बेच्छन बरु

ए दाई! देशभक्त दाई लौन ! रात परि अग्राख पलाई सक्यो
विदेशीलाई अब सुम्पिए सत्ता जनतालाई सुख दिनुको सट्टा
पार्टी बोकी चिरा पारेर आफु-आफु ठुलो हुन खोज्ने बाठा
रोडमा कराउदै हिड्ने पागल जस्तै बनाए बोकेर जनतालाई
बिदेशी झन्डा बोकाएर हिडाए,नेताले बिर्सी आफ्नो झन्डालाई

ए दाई! देशभक्त दाई लौन! रात परि अग्राख पलाई सक्यो
आफ्नो शरीरको लुगा र मासु च्यातेर आफैले खाने बनाए
यत्तिउल्लु बनाएकी! जनतालाई पागल बनाई,मारा सम्म खुवाए
बिकसित मुलुकभए मानसिक बिकृतिको,क्रिमिनल मुद्दापरिसक्थ्यो
आफै झाक्री आफै बोक्सी बनि विश्वभरि नेपालीको इज्जतै गुमाए

ए दाई! देश भक्त दाई लौन! रात् परि अग्राख पलाई सक्यो
देश कहाँ पुग्यो अन्धो भाछ्न लड्दै ठिक्क कुर्सिको होडबाजीमा
आफै राम्रो जान्ने टोपाल्दै आफ्नो धोति खुस्कया नै थाहा छैन
बिदेशमा ज्यान गयो गुहार माग्दा-माग्दै नेता भने ओलम्पिकमा
गिद्धेनजर लाउने बिस्तारवादको पुछ्रे देशद्रोहिलाई नकाटी भाछैना

मिना बान्तवा "मृदु"