जहिले एक हुरी आउँछ
मलाई सताई रहन्छ!
मेरो वरी-परि घुमी रहन्छ
सुँई-सुँई गर्दै सुसाई रहन्छ!
मेरो मन मस्तिष्कलाई चिर्दै
सियोले झैं दुःखाई रहन्छ!
यो क्रम न समाप्त नै हुन्छ
यो त ,,,,,,,, हो
यो हुरी न हो............!
न यसलाई तार्न सक्छु
न त यसलाई सार्न सक्छु!
त्यो आंधी हो
त्यो बतास हो!
वस म मौन हुन्छु
चुप-चाप हुन्छु!
बच्न र छेल्न छ
अरु उपाय छैन!
बिकल्प कित.....!
ति
र
स्
का
र
कित प्रतिरोध!!
महसुस र अनुभव,
फिक्का-फिक्का गर्दै लिन्छु!
फगत त्यस समयको परिवेसमा
हेर्दा हेर्दै त्यो हुरी टाढीन्छ
मेरो नजिक बाटै टर्छ!
अनगिन्ती खंजर लिएर
अनगिन्ती खोड़ा लिएर!
उ नचाही-नचाही
वाई
वाई
गर्छ!
म छिटो-छिटो टाटा गर्दै
हुरीलाई बिदा दिनु हतारिन्छु!
म ढुक्क हुन्छु त्यसबेला
म धन्यको, पात्र अनुभव गर्छु!
ढुक-ढुक गरेको छाती
स्पर्सी हत्केलाले छाम्छु!
आफुलाई भाग्य स्तरको अनि
मझौला भाग्य मानी ठान्दछु!
किनकी बोझ बाटो लागेको छ
थोरै दुःख भए पनि बाटो लागेको छ!
बल्ल मन प्रफुल्ति हुन्छ
मन हलुको र सितल हुन्छ!
प
र
-पर सम्म नियाल्छु!
फेरी अर्को हुरी आउँन लाग्छ
जब पातहरु हल्लिन्छ्न!
अनुभव बटुलिन्छन
त्यो हुरी हेर्दा हेर्दै भूँमरी बन्छ!
अनि कुनै बटुवालाई बेर्छ!
उ चिच्च्यौछ कराउँछ
उ भागेर छेवैमा आउँछ!
अ
नु
भ
वै
-अनुभवको संघर्ष गर्छु!
त्यो हुरीको बेग भूँमरी बनिएर
फेरी कतै फर्कने त हैन???
एक पटक शिर देखिन् पैताला सम्म
त्यो बटुवालाई नियाल्छु!
उसैको ठाउँमा आफुलाई राखेर
मनले धेरै सोच्छु-सोच्छु!
म सधैं भूँमरीको अनुभवमा
म आँधिको अनुभवमा डुब्नु!
म भागिदार हुनुमा
प्रस्न आफैलाई दोहोराउँछु!
सं
घ
र्षै
संघर्षको अनुभव गर्छु!
हुरीसंग चुप-चाप हुन्छु!
आंधी संग चुप-चाप हुन्छु!!
मिना बान्तवा "मृदु"
Showing posts with label कविता-. Show all posts
Showing posts with label कविता-. Show all posts
Sunday, April 4, 2010
Wednesday, February 24, 2010
कविता-
मैले अरुको हेरेरै प्रेम गरेछु
मैले अरुको सिकेरै प्रेम गरेछु!!
मैले थाहा नपाएरै प्रेम गरेंछु
मैले नचिनेरै प्रेम गरेंछु!!
पछिबाट पो थाहा लाग्यो
मैले नबुझेरै पो प्रेम गरेछु!!
साच्चै मैले उसलाई नभेटेरै प्रेम गरेंछु
मैले उसलाई नदेखेरै प्रेम गरेंछु!!
बास बिनाको प्रेम गरेंछु
आस बिनाको प्रेम गरेछु!!
लाश भित्रको प्रेम गरेछु
गर्दा-गर्दै साथ बिनाको पो प्रेम गरेंछु!!
हुँदा-हुँदा मिलन बिनाको प्रेम गरेंछु
पर्खाई भित्रको प्रेम गरेछु!!
याद भित्रको प्रेम गरेछु
हिर्दय भित्रको प्रेम गरेछु!!
पछि बाट पो होस् फिर्यो मैले त
भविस्य बिनाको पो प्रेम गरेछु!!
हाँसो भित्रको प्रेम गरेंछु
आँसु भित्रको प्रेम गरेंछु!!
आफुलाई भूलाउन प्रेम गरेछु
मैले भूल भित्रको प्रेम गरेछु!!
जीवन डामाडोल हुँदा पो थाहा भो
मैले त काँडे सूल भित्रको पो प्रेम गरेंछु!!
ओहो! मैले प्रेम भित्रको प्रेम गरेछु
कविता भित्रको प्रेम गरेछु!!
एकादेशको कथा भित्रको प्रेम गरेछु
नफर्कने इतिहास भित्रको प्रेम गरेंछु!!
मुटु साच्चै दुख्दा पो थाहा भो
मैले त चोखो प्रेम भित्रको प्रेम पो गरेछु!!
आवाज र आस्था भित्रको प्रेम गरेछु
तस्विर र मौनता भित्रको प्रेम गरेछु!!
गित र संगीत भित्रको प्रेम गरेछु
कविता-लेख भित्रकै प्रेम गरेंछु!!
झल्याँस् बिउँझिन्दा पो थाहा भो
हे,,हे,,म त मध्य रातको सपना भित्र पो परेछु!!
मिना बान्तवा "मृदु"
मैले अरुको सिकेरै प्रेम गरेछु!!
मैले थाहा नपाएरै प्रेम गरेंछु
मैले नचिनेरै प्रेम गरेंछु!!
पछिबाट पो थाहा लाग्यो
मैले नबुझेरै पो प्रेम गरेछु!!
साच्चै मैले उसलाई नभेटेरै प्रेम गरेंछु
मैले उसलाई नदेखेरै प्रेम गरेंछु!!
बास बिनाको प्रेम गरेंछु
आस बिनाको प्रेम गरेछु!!
लाश भित्रको प्रेम गरेछु
गर्दा-गर्दै साथ बिनाको पो प्रेम गरेंछु!!
हुँदा-हुँदा मिलन बिनाको प्रेम गरेंछु
पर्खाई भित्रको प्रेम गरेछु!!
याद भित्रको प्रेम गरेछु
हिर्दय भित्रको प्रेम गरेछु!!
पछि बाट पो होस् फिर्यो मैले त
भविस्य बिनाको पो प्रेम गरेछु!!
हाँसो भित्रको प्रेम गरेंछु
आँसु भित्रको प्रेम गरेंछु!!
आफुलाई भूलाउन प्रेम गरेछु
मैले भूल भित्रको प्रेम गरेछु!!
जीवन डामाडोल हुँदा पो थाहा भो
मैले त काँडे सूल भित्रको पो प्रेम गरेंछु!!
ओहो! मैले प्रेम भित्रको प्रेम गरेछु
कविता भित्रको प्रेम गरेछु!!
एकादेशको कथा भित्रको प्रेम गरेछु
नफर्कने इतिहास भित्रको प्रेम गरेंछु!!
मुटु साच्चै दुख्दा पो थाहा भो
मैले त चोखो प्रेम भित्रको प्रेम पो गरेछु!!
आवाज र आस्था भित्रको प्रेम गरेछु
तस्विर र मौनता भित्रको प्रेम गरेछु!!
गित र संगीत भित्रको प्रेम गरेछु
कविता-लेख भित्रकै प्रेम गरेंछु!!
झल्याँस् बिउँझिन्दा पो थाहा भो
हे,,हे,,म त मध्य रातको सपना भित्र पो परेछु!!
मिना बान्तवा "मृदु"
Subscribe to:
Posts (Atom)
