एतिहासिक नारी बिस्व ८ मार्च दिवशको महान चाडमा
सम्पूर्ण फेसबुक र ब्लग भिजिट गर्नु हुने मित्रहरुलाई एक सानो रचाना कविता छ|
"त्यसैले नारी एक घर समाजको पहिलो पाठसाला हुन्
अनि नारीलाई घृणा होइन सम्मान दिन सिक्नु पर्छ!!"
नारीलाई पाखा नभई नारीलाई काखा दिनु पर्छ|
सम्पूर्ण नारी फेस बुक का मित्र नारी मित्रहरु
नारीको सम्मान गर्ने पुरुष मित्रहरु मेरो नमस्कार छ |
```````````````````````````````````````````````````
कविता-; "नारी"
पृथ्बी पुरा चल्ने गर्छ नारी कोख र काखमा
नारी जिवन अभिषाप हैन न त हो श्राप नै!!
उस्का एउटा गल्ती सिनेमा झैं देखाइन्छन
न त ऊ भुलमा पर्नु उस्को त्यो महा पाप नै!!
हजार गल्ती पुरुषको लुकाएर लुक्न सक्छ
नारीको एउटा गल्ती तैरिएर छछल्किन्छ छाल झैं!!
खुशी सुख यहाँ सबै अरुलाई नै लुटाएर
नारी त्यो डुबीरहन्छे सधैं-सधैं आँशुको ताल मै!!
जति गुञ्जिएपनि नारी बेदनाका क्रन्दनहरु यहाँ
कानमा तेल हाली आँखामा कालो पट्टि लाउँछ दुनियाँ!!
त्यसैले त यहाँ हरेक क्षणहरु नारीका लागी बिषाक्त छन
जे गरे पनि आखिरमा त्यहि नारी नै रहन्छिन शुन्यतामा ।।
नारी तिमी एउटा रथको पाङ्ग्रा हौ भन्दै कुर्लिन्छ दुनियाँ
तर बोल्न सक्छौ हामी पनि चलाएर ज्वारभाटा यहाँ !!
कति पर्खिन्छौ, हामी सधै पिर अनि दुःखको भण्डार
छातीभरि पिर बोकी, आफ्नै जिबन पारी अंधकार!!
त्यसैले,,,,,,,
नारी कुनै सजाएर राखेको गुडिया होइन
नारी कुनै सिरानी र तन्ना होइन !!
नारी कुनै खुट्टाको जुत्ता होइन
नारी कुनै पाऊबन्दीको कठपुतली होइन!!
नारी मात्र बच्चा जन्माउने मेसिन होइन
चुलो र चौको मात्र उसको स्थान हैन!!
नारी डाडु र पुनिउ समाउने मात्र होइन
नारी त्यही हातले
कलम र बन्दुक पनि चलाउनु सक्छिन!!
मिना बान्तवा "मृदु"
Showing posts with label कविता. Show all posts
Showing posts with label कविता. Show all posts
Sunday, March 7, 2010
Wednesday, November 11, 2009
कविता
छोरी! संसारकै सृष्टी ....!
छोरी ! तिमी यो सारा संसारकै सृष्टी कर्ता हौ
तर तिमी सारा संसार मै बिपक्षामा किन पर्यौ
छोरि तिमीमा छ अरे क्षमा दिने दयाको खानी
आफु मरेर पनि बचाऊ छौ अरुलाई जानी-जानी
बस्ताव मै संसारमा छोरी तिमी कत्ति छौ ज्ञानी
फेरी संस्कार छोडी अघि जाँदा हुन्छौ बदनामी
तिमी सीता अनि भृकुटी हौ अरे झासिकी रानी
तिमीसंग खेल्छन किन मर्दाले खेल दाउमा हानी
ओहो ! तिमी द्रौपदी रे नाम यहाँ गनियो कुनाम
उपनाम दुर्गा लक्ष्मी पार्वती खोइ तिम्रो शुभ-नाम
मिना बान्तवा "मृदु"
छोरी ! तिमी यो सारा संसारकै सृष्टी कर्ता हौ
तर तिमी सारा संसार मै बिपक्षामा किन पर्यौ
छोरि तिमीमा छ अरे क्षमा दिने दयाको खानी
आफु मरेर पनि बचाऊ छौ अरुलाई जानी-जानी
बस्ताव मै संसारमा छोरी तिमी कत्ति छौ ज्ञानी
फेरी संस्कार छोडी अघि जाँदा हुन्छौ बदनामी
तिमी सीता अनि भृकुटी हौ अरे झासिकी रानी
तिमीसंग खेल्छन किन मर्दाले खेल दाउमा हानी
ओहो ! तिमी द्रौपदी रे नाम यहाँ गनियो कुनाम
उपनाम दुर्गा लक्ष्मी पार्वती खोइ तिम्रो शुभ-नाम
मिना बान्तवा "मृदु"
Subscribe to:
Posts (Atom)