Wednesday, September 6, 2017

इजरायल तेलभीब-


अविरल बर्षाको कारण २६ जिल्ला बाढीमय भएका कारण सयौंको संख्यामा मृत्यु, घाइते र
बेपत्ता भएको र ३४ हजार घर डुबानमा परी देश शोकमय अवस्थामा रहेको कारण  मिडिल  इस्ट इजरायलमा रहेको लुम्बिनी कपिलबस्तु बिस्वो प्रबर्दन अभियान इजरायल ले २,०१८.०० सेकेल, ने. रू. ५६५०० (छपन्न हजार  पांच सय) उक्त रकम  लुम्बिनी कपिलबस्तु बिस्वो प्रबर्दन अभियान इजरायल कमिटि भित्र रहेका पधधिकारी मेम्बरहरु बाट मात्र रकम संकलन गर्ने कमिटि ले निधो लीई रकम संकलन गरेको हो उक्त रकम नेपालमा रहेको प्रबर्दन केन्द्रिय कार्यलय मथाहत पठाई सकेको र केन्द्रिय कमिटीले सुन्तली-धुर्मुस संग नेपालमा एक कार्यक्रमका साथ सबै ठाउं हरु बाट जम्मा भएको रकम हस्तान्तरण गरिने कार्यक्रम छ ।

SNNameAmountRemarks
1मिना बान्तवा राई400.00President
2लिला थापा मगर250.00Treasurer
3लमु शेर्पा101.00Member
4भगवती राज मगर101.00Joint Secretary
5नेहा साईराम (मंजु गुरुङ)101.00Advisor
6सुबास राई101.00Second Vice President
7माया घले101.00First Vice President
8कविता सुनुवार101.00Member
9बबिता श्रेष्ठ101.00Secretary
10नुतन भुसाल101.00Member
11सुजाता गौतम51.00Member
12तारा पोख्रेल51.00Member
13पेमा लामा51.00Member
14सिता घिसिंग51.00Member
15रिदम घले51.00Member
16निरु गुरुङ51.00Advisor
17सुन्दर योञ्जन51.00Advisor
18निलम गिरी55.00Member
16दावा छिरिङ्ग सेर्पा101.00Member
17कृष्ण रायमाझी51.00Advisor
18रमण अधिकारी51.00Member
Totalnis-2018.00.
n.c.-56500.00


"मृदु"

Saturday, June 17, 2017

आमा कविता- "आत्मा समर्पण छ तिमीलाई"
-----------------------
आमा ! खोई के लेखुँ कविता
बेकारै छ धिक्कारै छ
यो हारेको मनले
बरु छोरी पनि नभन मलाई
तिम्रा मनले त कहाँ मान्छ र ?
म कुलांघार नै भए पनि
मरेर नै गए पनि
 आमा नै हौ तिमी
मनले त कहाँ मान्छ र

 आमा ! म आइन्जेल 
तर तिमी चाहिं बाँची राख है
एक मुठी स्वास भए पनि
मेरो लागि बचाई राख है
 तिमी मेरी आमा हौ नि
आमा ! तिमीले मेरो लागि बाच्नै पर्छ

मेरो बाटो हेर्दा हेर्दा
आँखा टर्राई सके होलान
ओठ सुकी सक्यो होला
जिउ सुकेर सानो भयो होला
बुढो भएर केश फूली छाला चाउरी परी सके

 आमा ! तिम्रो नजिक बसेर
मैले आफ्नी आमाको सेवा गर्नु सकिन
यति खेर यो बुढेस कालमा
म तिम्रो बैसाखी बन्नु सकिन 
म तिम्रो घरको भित्ता जति पनि
सहारा बन्नु सकिन
माफ छ मेरो तिमीलाई

जसरी तिमीले मलाई लिटो खुवाउँथ्यौ
 आज मैले यो बुढेस कालमा
पालोको पैचो गर्नु सकिन
 सारो खाँदा गला लाग्छ होला
गिलो भात पकाई
यी हातले खुवाउंन सकिन
त्यसको लागि म आजीवन
क्षमा प्राथी छु
मेरी भगवान !
मेरी आमा !
मेरी जननी !
मेरी जीवन दाता
मेरी सर्वस्व संसार दृस्टी कर्ता

माफ त दिन्छौ होला नि आमा !
म साचै आफुलाई पापी
र एक अपराधीको रुपमा सम्झन्छु
 हो म आफुलाई पापी घोषित गरी सकेको छु
मैले जति नै मानवको लागि राम्रो काम गरे पनि
जति नै मेरो स्वछ राम्रो मन भए पनि
 सबैको सामू मेरो सुबास रहे पनि
 चाहें यो संसारको लागि नै
मैले राम्रो काम गरे पनि
त्यसको अगाडी
 म केहि हुँईन 
 म पापीमा पनि महा पापी हो
म कोख द्रोही हुँ
त्यसैले,
म विफल छु तिम्रो अगाडी
म असफल छु तिम्रो अगाडी

तिम्रा आँसुहरुले मलाई पिर्छ
मेरो बाटो हेर्दै
तिम्रा म प्रतिको वात्सल्य र
ममताले दु;खेको मनले
मलाई पिर्छ
म बाटो पाउँदिन
त्यो पाप म खप्नु र भोग्नु तयार छु
किन कि मैले गरेको अपराधको सजाय
मैले पाउनु नै पर्छ
म त्यसको भागीदार हुँ !
म त्यसको भागीदार हुँ!!
म त्यसको भागीदार हुँ !!

 2013/05/09/Thrs
मिना बान्तवा "मृदु"
 



 

POEM- "जिन्दगी जय!,,,"part-4




POEM- "जिन्दगी जय!,,,"part-4

जय! जिन्दगी भय जिन्दगी
अनेक रुप जिन्दगी जय जय जय !!!

अब मैले जिन्दगीलाई प्रथम पूजा गर्छु!
पहिलो मान्न थालेकी छु!!
किनकी जिन्दगी मैले अरु चिज भन्दा
प्रथम देखें !!
यसलाई जता खियायो
त्यतै चल्दो रहेछ!!
अब जिन्दगीको माझी आफै संझनु पर्यो !

शुभम् जिन्दगी जोगायो माताले!
शुभम् जिन्दगी टेकायो माताले!!
शुभम् जिन्दगी देखायो माताले!
शुभम् जिन्दगी पार लाग्नु छ आफैले !!

त्यसैले ,,,,
माते: इस्वरको बरदान,
माते: सृष्टिको बरदान जय! जिन्दगी!!

यात्रा नछत्र संघर्ष
अपारम्म़ पार जिन्दगी!!

आशा अनि अभि लाषा !
उकाली अनि ओराली जिन्दगी!!

युद्ध अनि संन्धि
सुखा र दुःख पार्दु भाव जिन्दगी!!

दुःख र बेदना
हाँसो र आँसु जिन्दगी!

घाम अनि छायाँ
बिहानी अनि साँझ!
साथ-साथ बहुरुपी जिन्दगी!!

अस्ताय अनि उदाय
समसान जय जिन्दगी!!

मिना बान्तवा "मृदु"

पाठक मित्रहरु नमस्कार छ हजुरहरुलाई लागेका कुरा पनि जिन्दगीको बारेमा छाड्नु सक्नु हुने छ,

"लुम्बिनी कपिल-वस्तु प्रर्वदन विश्व अभियान इजरायल" को तेस्रो पटकको कमिटि गठन सम्पन्न |

मिडिल इस्ट इजरायल - २०१७  जुन १६  शुक्रवारका दिन तेल अभिवको  लेभेन्सकी  पार्कको प्रागणमा श्रीमती मिना बान्तावा "मृदु" राई ज्यूको संयोजकत्वमा  "लुम्बिनी कपिल
-वस्तु प्रर्वदन विश्व अभियान इजरायल" को तेस्रो पटकको कमिटि गठन सम्पन्न |
 विश्व भरि नै स्थापना हुदै आउने क्रम मा अंग्रेजी २०१२ साल मा मिडिल इस्ट पर्ने भेग मा नै पहिलो पटक  इजरायल मा पनि स्थापना भएको थियो |
  सत्य शिक्षाको प्रतिपादन गर्न सकुन, सगरमाथाको देश भगवान् गौतम बुद्धको जन्मभुमि लुम्बिनी कपिल-वस्तु बुद्द जन्म स्थान लाई मानव अधिकार दिन महा मानव बुद्दको मान हानी हुन् नदिन नेपाल लाई विश्व सामु चिनाउन सकौ भन्ने उद्देश्य लियर स्थापना भएको हो |
अभियान लाई प्रचार प्रसार गर्दै अगि बढाउन इजरायलमा रहनु हुने नेपाली दाजुभाइ दिदी बहिनि हरुको भेला बाट पुन: तेस्रो पटक मिना बान्तवा "मृदु" राई ज्यू अध्यक्षमा चयन हुनु भएको छ, महा सचिबमा- कादम्बरी दाना प्रथम उप अध्यक्ष माया घले, लगायत चयन हुनु भएको छ |

कार्य समिति :-
--------
अध्यक्ष-- मिना बान्तवा "मृदु" राई
प्रथम उपाध्यक्ष-- माया घले
दृतिय उपाध्यक्ष-- सुवास राइ

महासचिव--   कादम्बरि दाना श्रेष्ठ
सचिव --  बबिता श्रेष्ठ
कोषअध्यक्ष--  लिला थापा मगर
सह कोषअध्यक्ष--  भगवती थापा मगर

सदस्य ज्युहरु
*******
नुतन भुसाल
निलम भट्टराई गिरि
सरिता बिस्ट घिमिरे
तारा पोख्रेल
अभि आङ्देम लिम्बू
पेमा लामा
सीता घिसिङ
कविता सुनवार
चन्दा बस्नेत
पूनम लामा
सुजता गौतम
अनिल राई
अन्जु राई
दावा सेर्पा

सल्लाहकार ज्युहरु:-
----------
पुष्प श्रेष्ठ
सुन्दर योन्जन
कृष्ण रायमाझी
नेहा गुरुङ
निरु गुरुङ
सुरुज मादेन
डोमा सेर्पा
धर्म भन्डारी
रमन अधिकारी

वरिष्ठ सल्लाहकार ज्युहरु:-
------------
इन्जिनियर राम कुमार श्रेष्ठ ( ग्लोबल कमिटी)
डी. आर. हरि कुमार श्रेष्ठ    ( केन्द्रीय कमिटी)
निल कण्ठ तिवारी             ( केन्द्रीय कमिटी)


" लुम्बिनी कपिलवस्तु प्रर्वदन विश्व अभियान इजरायल परिवार "




Sunday, December 11, 2016

इजरायल तेलभीब-
श्रोत मीना बान्तावा
-  "लुम्बिनी कपिल बस्तु प्रबर्दन
(दिवश)अभियान इजरायल राष्ट्र समिती" ले २०१६ दिसम्बर १० सनिबर अभियानको ८ औ बिस्वा बार्षिक उत्सब को अवसर पारी इज्रायलमा कार्यक्रम गरेको छ, उक्त कार्यक्रम मा अभियान को आयोजकता मा गराइएको गत २ माहिना  सम्म को ८ हप्ते उध्घोषण एडभांस तालीम को प्रमाण पत्र समेत बितरण गरिएको थियो |

इजरायलको लागि  पहिलो पटक २०१२ साल मा लुम्बिनी कपिल बस्तु  प्रबर्दन अभियान इजरयळको मीना बान्तावा को संयोजकता मा स्थापना भएको हो |

सो कार्यक्रम मा नेपाली राजदूत बास बाट प्रमुख आथित्य हरिहर कान्त पौडेल रहनु भएको थियो भने कार्यक्रमको सभा पतित्व अभियान  तथा आयोजक कमिटी की अध्य्क्ष ले निभाउनु भएको थियो |

कार्यक्रम सुरु राष्ट्रीय गान अतिथि सत्कार बात सुरु भई राजदूता बास प्रमुख अतिथि सोही अभीयांन  की अध्यक्ष  मीना बान्तावा राई ज्यूको तर्फ बाट बुद्ध को माल्या अर्पण दियो प्रज्जलन केक काटने कार्यक्रम भएको थियो


उक्त कार्यक्रम मा सहभागी इजरायल मा भएका बिभिन्न संघ साथ कलाकार मंच बाट उपस्थिति थियो |

कार्यक्रम सञ्चालन सोही अभियान की सदस्य भीमा माया नेमहांग  र मुना सिवाकोटी ले चलाउनु भएको थियो भने  स्वागत मन्तब्य तथा महत्व को बारेमा अभियान की महा सचिब गीतकार दाना कादम्बरी श्रेस्ठ ज्यूले गर्नु भएको थियो |

उक्त कार्यक्रम मा प्रमुख अतिथिले भन्नु भयो हामीले बुद्ध लाई महत्व दिन नसक्नु हाम्रो कमजोर हो हामी नेपालीले  बुद्ध जन्म भूमि लाई पनि सुधार गैर्न को लागी महत्व दिनु पर्ने बेला आएको छ भन्नु भयो |

त्यस्तै श्री सत्य साई केंद्र र अभियान की सलाहकार नेहा गुरुंग पनि हामीले नेपाल मा जन्मेको बुद्ध को महत्व बुझेको छैनौ बुझ्नु आवस्यक छ र इजरायल मा यो अभियान बेलैमा रहेको छ बिदेसी ले महत्व राख्दा हामीले चिह्न सकेको छैन यो अभियान र बुध्द हाम्रो नेपाली सबै को हो भन्नु भयो |

अभीयान की सदस्य तथा प्रशिक्षार्थी लामू शेरपा ले उद्घोषण शिक्षा को बारे छोटो अनुभव बोल्नु भई र अभियान ले दिएको सरहानीय काम को प्रसन्सा गर्नु भएको थियो |

त्यस्तै लुम्बिनी अभियान की सदस्य रुपन्देही समाज की अध्य्क्ष तारा पोखरेल ले बुद्ध र बुध्त्व के हो ? ज्ञान सबै ले पाउनु आवस्यक भन्ने बारेमा बताउनु भयो |

यसै गरी कार्यक्रम मा कबिता वाचन नृत्य रा संगीत समेत भएको  थियो |
गीतकार अभियान की सदस्य समेत रहेकी नूतन भुसाल ज्यूँ ले बुध्त्व को बारेमा मिठो कबिता वाचन गर्नु भएको थियो  |

अर्का कबिता वाचक अभियान की कबिता सुनुवार ले पनि मिठो बुध्दको कबिता वाचन गर्नु भएको थियो त्यस्तै  कबिता वाचन मा , मूना सिबा कोटी , भीम माया नेमहंग,ले साथै अभियान कै अर्का सलाहकार र नेपाली जनसम्पर्क समिति इज्रायलका अध्य्क्ष  दीपेंद्र थापा ज्यू ले आफ्ना छोटो भनाइ सहित बुद्धको कबिता वाचन गर्नु भएको थियो |

 अभियान को सदस्य रही राष्ट्रीय कलाकार मंच की सदस्य साबित्री सुनुवार राई ले राष्ट्रीय गीत मा रोचक नृत्य गर्नु भएको थियो  |

त्यस्तै रमन अधिकारी ज्यू अभियानको सदस्य समेत रही राष्ट्रीय कलाकार मंच का अध्य्क्ष हुनु हुन्छ उहा ले अभियान कार्यक्रम सहयोगी, प्राविधिक मा पूर्ण सहयोग गर्नु भएको थियो |

लुम्बीनी  कपिल बस्तु  प्रबर्दन अभियान इजरायल को तर्फ बाट प्रशिक्षक अभियान को सलाहकार. CNNE का संपादक पुष्प श्रेष्ठ ज्यू लाई "टोकन इन लब" अंग्रेजी मा लेखी माया को उपहार हस्तांतरण गरिएको छ |

त्यस्तै कलाकार मंच बाट प्रति निधि संगीतकार रियाज शिवकोटि ले उदय सोताङ्ग को गीत र नव राज खड्काको रचना रहेको फर्क बुध्द नामक गीत गाउनु भएको थियो |

अभियान लाई कार्यक्रम गर्ने स्थल थियो प्रताप सूरज मादेंन जो यहां अभियान को सदस्य हुनु हुन्छ |

अंत मा अभियान की अध्य्क्ष सभापति बाट विसर्जन गर्दै सबै लाई धन्यबाद दिनु भाई कार्यक्रम समाप्त भएको घोषणा गर्नु भएको थियो |
 श्रोत ले बताया अनुसार कार्यक्रम रोचक रमाईलो र मन मुग्ध अभियान युक्ति रहेको थियो |

अंत मा लुम्बिनी कपिल बस्तु प्रबर्द्नन इजरायल परिवार ब्यक्त गर्दछ की जो ज्ञात अज्ञात तन मन धन ले इजरायल मा स्थापना काल देखि  आज सम्म सहयोग गर्दै आउदै हुनु हुन्छ र गरी रहनु भएको छ, संपूर्ण को सहयोगी मन लाई भगवन ले सधै तपाइँ हरु लाई स्वास्थ्य राखी हरेक कुरा बाट बचाओस पाईला अगड़ी बढोस हामी आयोजक आभारी छौं यहाँ हरु लाई धेरै  धन्यबाद

"लुम्बिनी कपिल बस्तु प्रबर्दन अभियान इजरायल राष्ट्र समिती"

Wednesday, November 16, 2016

इजरायल Nov.16

  लुम्बिनी कपिल-बस्तु बिस्वो प्रबर्दन इजरायल अभियान,इजरायल, ले
 ८ औं स्थापना दिवश मनाउने भएको छ,
अभियानले सम्पूर्ण इजरायलमा हुनु भएका नेपाली दाजु भाई तथा दिदी बहिनिहरुमा सम्पूर्ण लाई सूचना तथा हार्दिक निमंत्रणा ! गरेको छ |
बिस्वो भरी फैलिएको नेपाली हरुको साझा र स्वस्छ नोन प्रोफिट अभियान "लुम्बिनी कपिल-बस्तु बिस्वो प्रबर्दन इजरायल अभियान" ले यहीं आउदो डिसेम्बर १० मा बिस्वो स्थापना दिवस मनाउने भएको छ | अभियान को हरेक बर्ष स्थापना डिसेम्बर १ लाई मानिने गरेको भयता पनि
 इजरायलको काम र परिस्थितिलाई मध्य नजर राख्दै यहि आउदो १० डिसेम्बर २०१६ सनिबार, दिउसो १२:३० मा लिबिनिस्की ९९ मा मनाउने भएको छ |
उक्त कार्यक्रम मा सहभागी भै कार्यक्रम सफल बनाई दिनु हुन् सम्पूर्णमा " लुम्बिनी कपिल-बस्तु बिस्वो प्रबर्दन अभियान इजरायल परीवार "हार्दिक हार्दिक अनुरोध गर्दछ धन्यबाद !
------------
भवदीय,

" लुम्बिनी कपिल-बस्तु बिस्वो प्रबर्दन अभियान इजरायल

Thursday, November 3, 2016

"इजरायल देउसे भैलो घर दैलो कार्यक्रम"

2016

इजरायल देउसे भैलो घर दैलो कार्यक्रम - लुम्बिनी कपिल बस्तु दिवश (प्रबर्दन) अभियान इजरायल ले भैलो देउसीको अवसर पारी घर दैलो कार्यक्रम गरेको छ |
उक्त भैली खेल्ने कार्यक्रमको  सुरु सुरज प्रताप मादेनको अपार्ट मेन्ट बाट सुरु गरिएको थियो भने अन्त्य सिमा तामांग को घर बाट गरिएको थियो |
उक्त कार्यक्रम लुम्बिनी कपिल बस्तु अभियान मिना बान्तवा राईको संयोजकतामा  भएको छ भैलो खेल्न जाने बीच लिबिनिसकी पार्क मा भेटघाट भेला भै आ-आफ्नो बिषय बस्तु मा भाग लिई पूर्णता तरिकाले टोलि हिडेका थिए उक्त भैलो देउसी टोलिमा सहक्रिय मिना बान्तवा राई , भीमा नेम्हांग मुना सिवाकोटी, कविता सुरुवर, सावित्रा  सुनुवार राई, लमु सेर्पा, अस्मिता बनिया, हुनु हुन्थ्यो लगायत...साथमा अरु मित्रहरु..पनि.. सहभागिता मा रहेको थियो |
लुम्बिनी कपिलबस्तु दिवश अभियान नेपाल को आफ्नो रास्ट्रियता अन्त रास्ट्रिय जगत सम्मको हेर्दा नपत्याउँदो  प्राय त्यत्ति थाहा नभएको हुन् सक्ने, नसुनेको हुन् सक्ने, बुझ्ने लाई मात्र चासो भएको कारण झन्डै ३० ओटा राष्ट्र मा स्थापना भै सक्दै धेरै गहन काम हरु गरी सकेको र न्यून न्युतम स्तरमा रही उच्च जो देश ले पनि सोच्नु नसकेको काम गरिरहेको छ यो यौटा संघ सस्था र पार्टी नभई बुद्द जन्म स्थानको बुद्द महा मानवको मानव अधिकार लाई फिर्ता ल्याउनुको लागि बुद्दको जन्म घर जन्म भूमिको स्थानको संरक्षणको लागि बुद्ध भूमी चिनाउनुको लागि बिस्वोमा २००९ सालमा खडा भई अगाडी बढेको अभियान मात्र रहेको हो |

 त्यसै गरी कोहि आउनु नसक्ने,समय दिनु नसक्ने, छुट्टि नभए को सदस्य र पधाधिकारीहरुले उक्त देउसी मा सम्मिलित हुन् नपाउनु को कारण आफ्नै कारण आर्थिक ले कमजोरी घस्री रहेको अवस्था र इजरायलमा बेग्लई खालको कार्यक्रम गर्दै आएको अभियानलाई  दया मायाले आफ्नो सो इच्छाले देउसी भैलो कार्यक्रमको आफ्नो देउसी भैली भाग लुम्बिनी अभियान लाई सहयोग रकम हरु दिने निधो गर्नु  भएको छ |

अभियान ले आफ्ना कमिटीमा बसेका पधाधिकारी पद सम्भालेर बस्नु भएकाहरुलाई देउसी खेल्न आउनु अनिवार्य गराएको थिएन विदेसी भूमिमा आफ्नो काम भन्दा ठुलो अरु कुरा नभएको कारण जसले चाहिं भियाउनु हुन्छ, समय दिनु सक्नु हुन्छ, जसको छुट्टि छ उहाँ हरु मात्र भैलो खेल्न आउने भनि आफ्ना अभियान का पधाधिकारी हरु लाई बाहिरी सूचना दिएको थियो |
 त्यसै अनुसार भियाउने र समय दिनु सक्ने मेम्बर हरु मात्र आउनु भएको हुदा समुह सानै भय पनि कार्यक्रम पूर्ण बिधि पुर्वक र रमाईलो भएको थियो |

देउसे भैले नेपाली सस्कृति कल्चर को सम्मान को लागि तत्पर नेपाली सस्कृति झल्किने पोशाकमा मा सज्जित थिए उहाँ हरु जो सबेरै तेलाभी आएर सजिनुमा केहि समय लागेको थियो |
अपार्टमेन्ट मा बस्ने अपार्ट मेन्ट का नेपाली हरु समेत खुसियाली माने आफु लै गर्वंसली माने आफ्नो गाउँ घर को झाझाल्को सम्झनु र उक्त भैलो देउसे नेपाली कलाले गाउँ घर पखेरा बिर्साई देको थियो घर घरका दाजु भाई दीदी बहिनी हरुले साथ साथै नाचेर खुसि हुदै अत्ति रमाइलो मानेका थिए

अर्को रोमान्टिक मा ढिलो दक्षिना आएमा घरमुली लाई गीतैले घुर्क्याउने काम समेत भएको थियो |
उत्तिखेर साचिकै सबैलाई नेपाल कै गौन्घर्मा भएको महासुह हुन्थ्यो |
अन्तिममा दक्षिन दिदा देउसे भैलेलाई कदर गर्दै नांगलोमा सेल रोटी थाल मा चामल करुवा कलस मा पानी र फुल राखेर दियो बत्ति बलि त्यसको ओरिपरि भेटि फूल आदिले सजि सजाऊं बीच प्रागण मा देउसे भैलेको अगाडी राखी दिनु भएको हुन्थ्यो  |

अन्तिम मा आशिष दियारै मात्र त्यो घर छाडेर जाने चलन रह्यो |
आशिष मा बिधि बिधान अनुसार मजेत्रो अथवा ढाका को मजेत्रो मा देउसे भए हरु बाट घर मुली लाई आशिष थप्नु लगाई टीको लगाई पानी वा अरु कुनै चिज सानो चोखो ग्लास मा पिउनु दिएका थिए  |
यक प्रकारले नेपाल मा पनि सबै ठाउँमा त्यस्तो चलन नहुन सक्छ र आशिष दिने मुलीमा कविता सुनुवार सावित्रा राई हुनु हुन्थ्यो |

भने उक्त भैलो देउसी कार्यक्रम मा सावित्रा सुनुवारको नाच्ने भाग नाच्ने कलाले सबैलाई चकित बनाको थियो उहाँको नाच सबैले मन पराई बार बार नाच्नु भनि अफ्फ़र भएको थियो उहाँ हरुले पुर्बेली पक्षिमेलि दुवै खाले गित हरुमा मैदान तताउनु भएको थियो |
जदौ !  

Sunday, October 23, 2016

"उद्घोषण तालिम सम्पन्न"

तेलाभी इजरायल - लुम्बिनी कपिल बस्तु दिवश अभियान इजरायल राष्ट्र समितीको आयोजनामा आधारभूत उद्घोषण तालिम सम्पन्न भएको छ |

उक्त तालिम इजरायलमा रहेर विभिन्न क्षेत्रमा काम गर्ने ११ जना नेपाली महिलाहरुको सहभागिता भएको थियो |
सप्तानता बिदा लाई उपयोग गर्दै असोज पहिलो साता बाट सुरु गरीएको आधारभूत उद्घोषण तालिम सनिबार १ बजे देखि ५ बजे सम्म इजरायलको तेलभिमा संचालन गरीएको थियो |

समापन कार्यक्रम मा लुम्बिनी कपिलबस्तु दिबस अभियान संयोजक मिना बान्तवा राई ले सहभागी प्रशिक्षार्थीहरु लाई कार्यक्रम तालिम मा सहभागी भै कार्यक्रम सफल पार्नु भएको धन्यबाद व्यक्त गर्नु भएको थियो राईले भन्नु भयो आधारभूत उद्घोष तालिम मा सहभागी भई सके पछि प्रत्यक्ष  र अप्रत्यक्ष रुप मा सबै प्रशिक्षार्थी हरुमा सकारात्मक परिवर्तन आएको महसुश गरेको बताउनु भयो |
उ हाँले भन्नु भयो कुनै पनि कार्यक्रम थालनी गर्दा लक्ष र उद्देस्यको स्पष्ट भए मात्र आफु पनि सफल हुने  भएकोले अब सहभागी दिदी बहिनि हरुले आफ्नो लक्ष स्पष्ठ  पारेर अगाडी बढ्नु पर्ने मा जोड दिनु भयो र प्रशिक्षक  सि .एन. एन. ई. पुष्प श्रेष्ठ लाई पनि धन्यबाद दिदै उहाँको प्रशिक्षन  तारीफ गर्नु भएको थियो |

त्यस्तै कार्यक्रम मा आफ्नो मन्तब्य राख्दै प्रशिक्षार्थी लमु सेर्पाले आधारभूत उद्घोषण तालिम संचालन गरेर थप नयाँ  ज्ञान आर्जन गर्न र आफ्नो व्यक्तित्व बिकाशको लागि चाहिने पूर्वधार तयार गर्नु टेवा पुरै दिनु भएको मा आयोजक लगाएत प्रशिक्षक लाई धन्यबाद दिनु भएको थियो यस कार्यक्रम ले बोल्ने बानीको मात्र बिकाश नभएर पढ्ने खोज्ने सोध्ने र सत्य कुरा मात्र प्रस्तुत गर्ने आधार हरु तयार गरेको छ त्यसैले तालिम मा सहभागी मात्र ठुलो कुरा नभएर हामीले २१ घण्टा सिकेको सीप लाई बयाबहारमा समेत निरन्तरता देखाउनु पर्ने बताउनु भयो |

त्यस्तै धेरै सहभागी प्रशिक्षर्थी हरुले यस कार्यक्रम बाट थप केहि  काम गरूँ भन्ने उर्जा मिलेको बताए |

आधारभूत उद्घोषण तालिम को प्रशिक्षक आफु चन्द्र नारायण नन्द लक्ष्मी फाउन्डेसन सस्थापक रही तथा सी.एन. एन. ई. न्यूज डट कम को सक्रियतामा संचालन भएको र उहाँ लुम्बिनी कपिल बस्तु दिवश अभियान इजरायल राष्ट्र समितीको पनि सल्लाहकार समेत रहनु भएको छ, उहाँको यो दोस्रो पटक को तालिम हो भनि उद्घोषण तालिमले गरेको प्रसिक्क्षक ले बताएका छन यस अघि पनि २०१२ साल मा तेलाभी मै उद्घोषण तालिम गरिएको थियो |
कार्यक्रम मा उद्घोषण काल लगायत कार्यक्रम निर्माण र प्रस्तुतिकारण समाबेश गरीएको आयोजकले बताए |




Friday, October 7, 2016

"आमालाई टुटेको मनको सान्त्वना पत्र"



आमा ? पर्खी रहनु मलाई

म नआउँन्जेल पर्खी रहनु

आमा नरुँनु, मन नदु;खाउनु

म हजुरको आशुँ पुछ्नु

एकदिन आउंछु आमा ?

म हजुरको हात शरीर

तेलले मालिश गर्नु आउँछु

मलाई थाहा छ

दश धारा दुधको भार

मलाई थाहा छ

दश महिना बोकेको भार

मलाई थाहा छ

संसार देखाको

मलाई थाहा छ

तोते बोल्नु सिकाको

मन सानो नपारी बस्नु

कहिले नरुँनु आमा

हजुर नरुँनु,

मेरी आमा नरुनु

हजुर कोदो रोपेर आउँदा

मकै गोडेर आउँदा

हात खुट्टा गलेर थाक्नु हुन्थ्यो

त्यसबेला म सानै थिएँ

म हजुरको ढाँड़ माथि चडेर

खुट्टाले कुल्ची दिन्थे

हजुरको काँध मिची दिन्थें

मलाई बोकेर

बजार मेला घुमाँउँने

ति काँध आज

थंगथिलो भएको छ आमा

मनले सबै भियाए पनि बलले पुग्दैन

मनले हरेस खाँदोहो कति

तर हरेहरेस नखानु आमा ?

आमा ? हजुरको र सितल कुलको

खुसि लिन आकी म त विदेश

तर

जसरी भए पनि म बाँचेर आउंछु

खुशी लिएर आउँछु

सानो झिनो स्वास लिएर भए पनि आउँछु

सधै-सधैं कोशिस गर्छु

नसोच्नु आमा म कमजोरी छोरी

म नै हजुरकी छोरा हुँ,

म नै हजुरकी छोरी

छोरो गाको छ विदेश भनि सम्झिनु आमा ?

हाम्रो घरका च्यान्टे र भुन्टीको

सुख लिएर आउँनेछु

एकदिन एउटा खुशी लिएर फर्किन्छे भनि

सम्झि दिनु आमा ?

आमा तिम्लाई सधै

आउँदो हो मेरो झझल्को

मुटु कति खाँदो हो

म आउने गोरेकोमा

झोला बोकी आइरहेको

झझल्को कति आउँदो हो

मैले भर्ने पानी पंधेरिमा

गाग्री कम्मरमा बोकी

आइरहेकी

मैले हिड्ने गोरेटोमा

डण्डी र बींयो लुका मारी खेल्दै

तोते बोलेकी

मेरै झझल्को आउँदो हो

गर्मीमा हावा ताप्ने चौतारीमा

मेरा साथी संगी देख्नु हुन्छ

म त्यहाँ नहुँदा

हतास लाग्दो हो

छर-छिमेकी साथीले

खोइ नानि कहिले आउँ छिन ?

भन्दै सोद्दा हुन

गाउँका मेरो पढाउने गुरुले

मिना देखिन्ननी भन्दै सोद्दा हुन

झन् मुटु भक्कानो छुट्दो हो

झन् आँसु बर्शिँदो हो

झन् मन टुट्दो हो

कृपया आमा ?

धर्य गर्नु है आमा ?

मेरी आमा

धर्य गर्दै बस्नु

बिदा ! आमा

अहिलेलाई बिदा !!!

हे! संसारका इश्वर भगवान सत्य,

म पुकार गर्छु, बल माग्छु मेरी आमालाई

शक्ति देऊ रोग शोग बाट बचाई शक्ति देऊ

ओम ! ओम ! ओम !!!

2012/04/21

मिना बान्तवा "मृदु"
majheri ma

"म पनि पिउँदैछु मित्र"


सबैले पिउँदा हुने, के हुन्छ म पनि पिउँदैछु मित्र
अरु मधु प्यालामा जिउँदा म पनि जिउँदैछु मित्र

सुरु गरें मैले पनि आजै देखि ठाडो घाँटी लाउँन
पापी व्याधाले हानेर लागेको चोट सीँउँदैछु मित्र

पिउँन नपाउदा जिउहात काम्ने रोगले छोई सको
कस्लाई थाहा अल्कोहल्ले भित्रबाटै खिंउँदैछु मित्र

यताउति अल्लो भट्टी पल्लो भट्टी गल्लि चहार्दै
भट्टीको प्याला वर्षाले जाडो छलेन हिउँदैछु मित्र

सबैले पिउँदा हुने के हुन्छ म पनि पिउँदैछु मित्र
अरु प्यालामा जिउँदा हुने म पनि जिउँदैछु मित्र

मिना बान्तवा "मृदु"

Sat, 12/19/2009 - 19:23

Wednesday, February 19, 2014

"२०१४ फ्रेवारी ११ र १२ मा २० औं बिश्व पर्यटन मेला इजरायलमा सम्पन्न"

यो पटक २० औं बिश्व पर्यटन मेला इजरायलमा सम्पन्न भयको छ, यहिँ २०१४ फ्रेवारी ११ र १२ मा बिस्वो भरिका बिभिन्न देशका एजेन्डाहरु आएका थिए त्यस्तै पर्यटक मन्त्रालय र घुमन्तेहरु र ट्राभल एजेन्सीहरु बिस्व भरिका पररास्ट्रका बिभिन्न निकायका मानिसहरु उक्त मेलामा सहभागी हुन इजरायल आयका थिए, त्यसमा नेपालले पनि भाग लिएको थियो नेपाल बाट ६ जना नेपालीको सहभागिता थियो उक्त पर्यटन मेलामा नेपालको पर्यटक क्षेत्र बातावरणको बारेमा एक जना इजरायली नेपालको पर्यटकको बारेमा ख्याती प्राप्त जानकारी भएका उहाँले हलमा प्रजेनटेसन गरिएको थियो उक्त पर्यटक मेलामा आफु पनि सहभागी हुन पाउँदा अत्ति भाग्य मानी आफुलाई ठानेकी छु,,,,,समाचार भिडियो हेर्नु होस् !

http://www.a1nepal.com/index.php?action=shows&type=video&id=9930

Thursday, October 31, 2013

जगदीश घिमिरे
---------------
नेपाल भारत र बेलायतमा शिक्षा गरेका उहाँको २००२ साल चैत्र २८ गते मन्थली रामेछाप मा जन्म भएको थियो
उहाँको निधन आज भएको छ यस दु;खद घडीमा यसमा उनको आत्मालाई चीर शान्ति र परिवारलाई पीडाको सामना गर्ने शक्ति मिलोस्
२०२० साल देखि साहित्यमा उहाँले (उपन्यास) (रोज्जा रोज्जा कथाहरु)  (रोज्जा कविताहरु) आदि लेखेका कृतिहरु छन  पारखीहरुले शब्द शवमा कलात्मक जादु देखाउने साहित्कार भनेका छन सिल्प सैली कुशल प्योक्ता र बोद्रोह्का टड्कारो हस्ताक्षरमा परिचित हुनु हुन्थ्यो |

उहाँको एउतै विचार के भने मानिसले मर्नु भन्दा सेकेन्ड  अगाडी अन्तिम घडी सम्म पनि शिक्षा सिकिरहेको हुन्छ भन्ने उहाँको मूल आस्था थोयो उहाँले आफु रोगले छोएर डाक्टरले सल्लह दि सके पछि  नबच्ने अवस्था उहाँन र उहाँका परिवार सत मित्रले थाहा पाई सके पछि मुर्त्युको अन्तिम घडीमा आफ्नो मृत्युको पर्खाईको अनुभव कस्तो महसुस हुदो रहेछ भनि अनुभव गरेका आफ्ना अन्तर्मनको बिचारलाई पुस्तक साहित्य मार्फत आफु मात्र हैन अरुलाई पनि शिक्षा दिने बिचारले आफ्नो अन्तिम चिन्ह साहित्य अनुरागी जगतलाई मानव जातिलाई दिनु भएको छ त्यो पुस्तकको नाम हो "अन्तर्मनको यात्रा"  यहि पुस्तक बाट मैले एक चोईटो लिएको छु मलाई सार्है मन पर्ने र मलाई मन पर्ने साहित्यकार मध्यम उहाँले लेख्नु भएको बाट मलाई मन पर्ने एक चोईटो

कविता
----------
अब आगो बर्सन्छ
तिमीहरुले अग्नि स्नान गर्नु पर्ने छ
  अघि पानी बर्संथ्यो
तिमीहरु पानीको जंघार तर्थ्योउ
त पनि गुनासो गर्थ्यौ
अब आगो बर्सन्छ
तिमीहरुले ज्वालाको प्रवाहमा हेलिन
 सक्नु पर्ने छ

 कुनै बेलामा बन्दुक नै बोक्नु पर्छ भन्ने मान्यता पनि राख्नु हुन्थ्यो भने अन्तर मनका क्रान्तिकारी साहित्यकार पंचायती व्यवस्था राना काल देखि राजनीतिको माहोलमा घुल्मुल हुदै "  म रगत खाने जाल साजिमा म हैन म त साहित्यकार तिर लागे म बरु रक्सि खानेमा लागे भन्ने जगदीश घिमिरे भन्नु हुन्थ्यो |

जति लोकतन्त्रका चर्का कुरा गरे पनि जगदिश घिमिरे देशमा लोकतन्त्र छैन भन्नुहुन्छ । लोकतन्त्रको नाममा सक्नेले तानाशाही लादेको  उहाँले बताउनुहुन्छ । उहाँको निचोड छ, बन्दुकले सकरात्मक भन्दा बढी नकारात्मक परिवर्तन ल्याउछ तर  बन्दुकले र संगीन्ले गर्दा पनि ठुलो काम भएको छ नेपालको लागि गणतन्त्र पनि आयो संघियताको पनि चर्चा आयो उपलब्धिहरु पनि भएका छन त्यसैले समय र स्थिति हेरेर बन्दुक उचाल्नु पर्छ भन्ने मनसाय बोकेका घिमिरे
जत्ति पनि खालका जुनै व्यवस्था आए पनि  त्यो भित्रको ताना शाही पन मन नपर्ने ,,, उहाँलाई रगत तातिएर आउँछ त्यस्ता मनों क्रान्तिबादी देशलाई पनि वास्ता गरि माया गर्ने जगदीश घिमिरे राजनीति संग संगै जन्मिएका लेखेक जगदीश घिमिरे

उहाँका
----------
उहाँका कृति "अन्तर्मनको यात्रा" मलाई अत्ति मन पर्यो अन्तर्मनको यात्रा दुई प्रतिस्थिठ सम्मानहरु 'मदन' पुरस्कार  'उत्तमशान्ति'  पुरस्कार पाउने यो पहिलो पुतक हो |
यसैलाई पुस्तकलाई छातीमा राखी म समर्पण गर्दै अन्तर्मनमा बन्द गरि म समर्पित छु

मिना बान्तवा "मृदु"

Sunday, June 16, 2013

विश्लेषण र समाचार

यो पटक इजरायलमा इतिहासिक किरात राईहरुकोउभौली साकेला,साकेवा [चण्डी] नाच सम्मान पत्र  बिशेष अतिथि किराँत याक्थुंगहरुको रिदम फिलिम साथ ताम्र पत्र सम्मान विल्सन बिक्रम राईलाई सहित सफलताको साथ् र गौरबमय पूर्ण बित्यो |

----------------------विश्लेषण र समाचार

सेवान्ने ! सेवारो ! स्यामुना!  नमस्कार ! मित्रहरु जुन १४ तारिखको बेलुकाको किरात याक्थुंगको
प्रोग्राम बेतबारहल ह-हागना-३५ मा  भएको थियो भने किराँत राई यायोख्खाको साकेवा, साकेला नाँच जुन १५-मा  तेलाभिबको समुन्द्रको चिसो हावा संगै हरियो चौरको खुल्ला प्रगणमा भएको थियो यसरि दुवै दिनका दुबै कार्यक्रम धुमधाम संगले भएको थियो कुनै  एक कार्यक्रम त खल्लो थ्यो भन्ने भएन दुवै कार्यक्रम अति भब्य मिठास सफलता पुर्वक किरातीहरुको ठुलो भेला जमातले सफल भएको थियो | इजरायलमा यो दोस्रो पटक हो तक्मे बुढा आको कार्यक्रमको सफल कार्यक्रम मध्य पहिला अघिल्लो बर्ष दिपक लिम्बु र तक्मे बुढा [विल्सन बिक्रम राई ] जनजाती महा संघको पहल बाट २०१२ सालमा नमस्ते इजरायलको तर्फ बाट हामीले दिपक लिम्बु र तक्मे बुढालाई निमन्त्रणा गरेका थियौं भने यो २०१३ सालमा जुन १४ र १५ को कार्यक्रम किरात याक्थुंगको पहलमा लन्डन देखि विल्सन बिक्रम राईलाई यहाँ सम्म ल्याउने प्रयास सफल भएको छ | म अत्ति हर्षित छु र थोकुवाको साथ् सबै किरातीहरु खुसि छौँ किरांत याक्थुंग लिम्बुहरुको हात बाट ताम्र पत्रले सम्मानले उहालाई  सम्मानित गरिएको थियो एक घण्टा भन्दा अझै केहि उहाँले आफ्नो मौखिक हसाउने कार्यक्रम गर्नु भो र उहाँका केहि गीतहरुमा पनि नाच्नु भो हसाउनु भो दोएट नाचमा तक्मे बुढालाई रोशनी राईले साथ् दिनु भएको थियो यसै गरि कार्यक्रम सुरु अलिक जुन तोकिएको समयमा भेला नभएता पनि अबेला सुरु भएता पनि अबेलाको सदुपयोग मानिसहरु पूर्ण भरिनुमा सहयोग मिल्यो र त्यस बिचको समयमा "रिदम" फिलिमको रिल इजरायलको सिस्टमहरुमा सेट हुन नसकेकोले लास्टमा त्यो खालको रिल संग मिल्ने सिस्टमको प्रोजेक्टर मगाईयो धेरै दौड धुपको साथ् त्यो भगवानको र हाम्रा सहयोगीहरुको सहयोगबाट  मिल्यो त्यस पछि उहाँको आफ्नै प्रस्तुति गर्दै फिलिम सुरु भयो |

सबै जना खुसि छन आयोजकहरु र हेर्नु जाने दर्शकहरु पनि यो भेलामा आई दिने सम्पूर्ण महानु भावहरुलाई प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सहयोग गरि दिनु हुने सम्पुर्ण सहयोगी मित्रहरुलाई  धेरै-धेरै धन्यबाद छ,  विल्सन बिक्रम राईलाई पनि धेरै धन्यबाद छ |

हाम्रा इमान्दारी सहयोगी पत्रकार बिपिन तामांग लगायत सम्पूर्ण पत्रकार ज्युहरु र प्राबिधिक मित्रहरुलाई पनि धेरै धन्यबाद !

यो पटक पनि "रिदम" फिलिम हेर्न आउनेको उत्तिकै भिड थियो हल ४५०/ जना अट्ने क्यप्सीटी भएको भए ता  पनि मानिसहरु उभिएर र सिडीमा समेत बसेर हेर्नु भएको अवस्था थियो उहाँहरुलाई पनि धर्यताको लागि धेरै धन्यबाद छ |

रिदम फिलिम हेर्दा सुरुमा केहि जस्तो नदेखिने र हसाउने लग भाग २५ मिनेट पछि सिरियसली रुप् लिदै जाने १ घण्टा सम्ममा अलि-अलि रुवाउने अब के होला भनि दर्शकलाई पर्खाउने आफ्नो बसेको ठाउं बाट  हल्लिनु नै नदिने जत्ति हेर्यो उत्ति हेर्नु उत्सुक लाग्ने फिलिम भित्रको गितमा पनि बाहिर निस्कनु मन नलाग्ने खालको आधुनिक तरिकाले बनिएको एक अनौठो फिलिम कथा रोचक अनि कागताली खेल्नेहरुलाई घोचक पनि रहेको फिलिम आत्ति नै मार्मिक र देश भक्ति संदेश मुलक ओखति दिएर लास्टमा समाप्त हुदा अन्तिम ५ मिनेट सम्म पनि सिट बाट उठ्न मन लागेन कोहि उठेनन सबैको आँखामा बस्ने फिलिम सबैलाई रुवाएर अनि संदेश सिकाएर गएको छ |

 सुरुको विल्सन बिक्रणको पर्दामा देखिएको साना साना क्लासका बिद्यार्थी बालकहरु संग व्हिल चियरमा क्लास भित्र पढाई रहेको र फिलिमको लास्टमा समयमा त्यही दृश्य संग जोडिन पुग्दा फिलिमको पठ कथा औधि राम्रो मर्यादित पूर्णता देखिएको छ | यो फिलिम्ले सबैको मन छोएको छ "रिदम"फिलिमका सम्पूर्ण पत्रहरुलाई कथा-पठकथाकारलाई डाईरेक्टर निर्माता तथा सम्पूर्ण फिलिमका परिवारलाई  धन्यबाद !

 भोलि पल्ट बिहान सनिबारका दिन फेरी  उता "किरात राई यायोक्खा नेपाल इजरायल" बाट साकेला नाँचको लागि तम्तयार हुनु भएका किराँती राईहरु समुन्द्रको किनारमा ठुलो हरियो चौरमा सुम्निमा र पारुहांग थान थापना बनाउन सुरु र किराती दिदि बहिनि दाजु भाईहरु आउनको लागि सुरु रे किरातीहरु भोज भात्यार सहित चौरमा तयारी सबै जान आफ्नो पुर्खौली गहना र पोशाकमा ९ बजे देखि भेला हुन थालेको अतिथिहरुको भिड लाग्यो ११ बजे नहुदै साकेला [ चण्डी] नाच सुरु भो बिर्हत भेला भयो लाग्थ्यो त्यस साकेला नाचमा हमे दीप राईको हात बाट सुरु भएको र कार्यक्रम संचालिका यासिन राई अर्का बिजे बिद्रोही हुनु हुन्थ्यो र प्रमुख अतिथि आदिबासी महान संघका अध्यक्ष सुन्दर सिंह लामा र बिशेष अतिथि विल्सन बिक्रम राई सभा पतित्वमा मिना बान्तवा राई हुनु हुन्थ्यो |

  काठमाडौँको टुडी खेलमा जस्तै देखिने एक अजिब कहिले नदेखिएको अनुहारहरु र गोरा गोरेनिहरु पनि त्यो बाजा गाजाको साथ् नाच्नु हुलमा भित्र पसे का थिए उता समुन्द्रको चिसो हावा संगै कार्यक्रममा र नाच गरियो
 "किरात राई यायोख्खा नेपाल इजरायल" का  सम्पूर्ण सदस्यहरुले तक्मे बुढाको हात बाट परिचय पत्र हातमा ग्रहण गरे पहोलो पटक किरात राई यायोख्खा कि अध्यक्ष मिना बान्तवा राईलाई हस्तान्तरण गरि वितरण ग्रहण सुरु गरियो परिचय पत्र पछि अध्यक्ष मिना बान्तवा राई ज्युले तक्मे बुढालाई सम्मान पत्र दिनु भयो त्यस पछि खान पिन भोज सुरु भो भोज सम्पूर्ण आगन्तुक र महानु भावलाई समेत प्रसस्त गरी भोज गरिएको थियो सो पछि विल्सन बिक्रम राई ज्युले आफ्नो कमेडी र दुई शब्द बोल्नु भयो त्यस पछि तक्मे बुढाको साथ फोटो खिच्ने ठुलो प्रोग्राम भो धेरैले खुल्ला तरिकाले खुसीले उहाँ संग भेट्नु आमने सामने कुरा गर्नु फोटो खिच्नु पाएका थिए यो खुसीको कुरा हो,
 सबै जना उहाँको साथ् सबै जना साकेला  नाचियो  अति
नै खुसीले यो साकेला बित्यो सुम्निमा र पारुहांगलाई धन्यबाद छ तक्मे बुद्धको साथ् फिलिम अनि साकेला नाँच गर्नु पाइयो किराती मित्र दाजु भाई तथा दिदि बहिनि अन्य महानु भावहरु म धेरै गर्वंवित र खुसीले प्रफुल्लित भएकी छु |

 [छुटेका विषय बस्तु थप्दै जाने छु]

मिना बान्तवा 'मृदु"


Thursday, May 9, 2013

'आमा'

"आत्मा समर्पण तिमीलाई"
------------------------

मेरी आमा !

खोई के लेखुँ कविता
बेकारै छ धिक्कारै छ
यो हारेको मनले
बरु छोरी पनि नभन मलाई
म कुलांघार नै भए पनि
म मरेर नै गए पनि

तिम्रा मनले त कहाँ मान्छ र
 आमा नै हौ तिमी

आमा ! म आइन्जेल,
तर तिमी चाहिं बाँची राख है
एक मुठी स्वास भए पनि
मेरो लागि बचाई राख है
 तिमी मेरी आमा हौ नि
आमा ! तिमीले मेरो लागि बाच्नै पर्छ

मेरो बाटो हेर्दा-हेर्दा
आँखा टर्राई सके होलान
ओठ सुकी सक्यो होला
जिउ सुकेर सानो भयो होला
बुढो भएर केश  फुली
छाला चाउरी परी सके

 आमा ! तिम्रो नजिक बसेर
मैले आफ्नी आमाको सेवा गर्नु सकिन
यति खेर यो बुढेस कालमा
म तिम्रो बैसाखी सहारा बन्नु सकिन
 तिमी बसेको झुपडीको
बार पनि बन्नु सकिन
माफ छ मेरो तिमीलाई

जसरी तिमीले मलाई लिटो खुवाउँथ्यौ
 आज मैले यो बुढेस कालमा
पालोको पैचो गर्नु सकिन
 सारो खाँदा गला लाग्छ होला
गिलो भात पकाई
यी हातले खुवाउंन सकिन
त्यसको लागि म आजीवन
क्षमा प्रार्थी छु
मेरी भगवान !
मेरी आमा !
मेरी जननी !
मेरी जीवन दाता
मेरी सर्वस्व, संसार दृस्टी कर्ता

तिम्रो लागि म महा पापी हो
माफ त दिन्छौ होला नि आमा !
म साचै आफुलाई पापी
र एक अपराधीको रुपमा सम्झन्छु

 हो म आफुलाई अपराधी
पापी घोषित गरी सकेको छु
मैले जति नै मानवता काम गरे पनि
जति नै मेरो स्वछ मन भए पनि
 सबैको सामू मेरो सुबास रहे पनि
 चाहें यो संसारको लागि नै
राम्रो  मैले गरे भने पनि
 तिम्रो अगाडी
 म केहि हुँईन
 म पापीमा पनि महा पापी हो
म कोख द्रोही हुँ
त्यसैले,
म विफल छु तिम्रो अगाडी
म असफल छु तिम्रो अगाडी

तिम्रा आँसुहरुले मलाई पिर्छ
मेरो बाटो हेर्दै
तिम्रा म प्रतिको वात्सल्य र
ममताले दु;खेको मनले
मलाई पिर्छ
मैले बाटो पाउँदिन
त्यो पाप म खप्नु र भोग्नु तयार छु
किन कि मैले गरेको अपराधको सजाय
मैले पाउनु नै पर्छ
म तिम्रो अपराधी हुँ
म  अपराधको भागीदार हुँ !
म त्यसको भागिदार हुँ

2013/05/09/Thrs.
मिना बान्तवा "मृदु"





Tuesday, May 7, 2013

"लुम्बिनी-कपिलवस्तु दिवस अभियानका बारेमा केहि जानकारीहरु"




"लुम्बिनी-कपिलवस्तु दिवस अभियान" LUMBINI-KAPILVASTU DAY MOVEMENT यहाँहरुलाई भ्रम नहोस भनि प्रस्ट्याउन खोजेको हो |
--------------------------------------------------------------------
लुम्बिनी-कपिलवस्तु नै नामबाट बिभिन्न ठाउँमा लुम्बिनी समाज, लुम्बिनी बिकाश, लुम्बिनी खबर त्यस्तै यो लुम्बिनी-कपिलवस्तु नै नामबाट धेरै खाले समाज, पत्रिका अनलाईन डट कम, ब्लग, बिकाश परियोजना, अंचल र जिल्ला आदि लुम्बिनी कपिलबस्तु नामबाट नै खुली रहेका छन र थिए तर तीमध्यमा यो पनि "लुम्बिनी-कपिलबस्तु दिवश" भन्ने एक अभियान हो । यो अभियानको मुख्य उद्धेस्य भनेको बुद्ध नेपालमा नभएर भारतमा जन्मिनु भएको भन्ने झुटो प्रचारलाई निस्तेज पार्न प्रयास गर्न शुरु गरिएको बिस्व अभियान हो ।
यस अभियानका १५ राष्ट्रिय समितिहरुमध्ये अभियानको सन्जाल बढाउने क्रममा २०१२ को २८ अप्रिलका दिन अभियानको चौधौं राष्ट्रिय समितिको रुपमा मिना बान्तवा "मृदु" को राष्ट्रिय संयोजकत्वमा इजरायलमा राष्ट्रिय समिति गठन गरिएको हो ।
यो अभियानको उद्धेस्य प्राप्तीमा सबैले आ-आफ्नो क्षमता अनुरुप सहयोग र योगदान दिन सक्छन । यसो गर्नु सबै नेपालीको नागरिकीय दायित्व हो । नेपाललाई चिनाउने बुद्ध र सगरमाथा दुई प्रमुख आधार हुन । त्यसैले आफ्नो राष्ट्रिय पहिचान कायम गर्न अभियानको यो उद्धेस्य प्राप्तीमा लाग्नु भनेको आफ्नो पहिचान जोगाउनु भएकोले प्रत्येक स्वाभिमानी नेपाली स्वत: स्फूर्त रुपमा यस्मा आफ्नो योगदान दिन आबस्यक ठान्छन ।
यो समितिमा रहनु भएकाको मात्रको काम र कर्तब्य नभएर सम्पूर्ण रास्ट्रबादी नेपालीहरुको साझा अभियान हो |
२००९ डिसेम्बर एकमा ईतिहासमा पहिलो पटक "कपिलवस्तु दिवस बिस्व दिवस" को रुपमा बिभिन्न देशमा बिभिन्न कार्यक्रम र बिस्वभरि नै चौबिसै घण्टा अनलाइनबाट मनाएपछि यस्लाई निरन्तरता दिन संस्थागत गरिनु पर्ने महसूस गरी २०१० मा दुई चराण गरी तात्कालिन वेलायत निवासी इन्जिनियर रामकुमार श्रेष्ठको बिस्व संयोजकत्वमा यो अभियानको सूत्रपात भएको हो । र यो छोटो समयमा अभियानले उल्लेख्य उपलब्धिहरु हासिल गरेको छ ।
अभियानको मूल काम बिस्वभरी नै बुद्ध नेपालमा जन्मेको हो, भनि प्रचार प्रसार गरी बुद्ध जन्मस्थलबारे सिर्जना गरिएको दिग्भ्रम निस्तेज पार्नु हो ।
यो अभियान कुनै धर्म, राजनीतिसंग सरोकार राख्दैन । त्यसैले यस्को बिस्व कार्य समितिमा तीन ठूला पार्टीका बरिस्ठ ब्यक्तिहरु र दुई जना बिदेशीहरुलाई समेत समाबेश गरी सल्लाहकार मण्डल पनि बनाइेएको छ ।
चेतनामूलक कामको लागि बिभिन्न माध्यम जस्तै संचार माध्यम, टूईटर, फेसबुक, गीत, कथा, कविता, रचनाहरु सकेसम्म लेख्ने, प्रस्तुत गर्ने, बिभिन्न सामग्रीहरुमा बुद्ध नेपालमा जन्मेका हुन भनि प्रचार्-प्रसार गर्ने, सान्दर्भिक सामग्रीहरु पढ्ने पोस्ट गर्ने गर्दा मात्रै पनि अभियानको उद्धेस्य प्राप्तीमा केही न केही सहयोग पुग्छ । अभियानकै कारण गुगलमा बुद्ध जन्मस्थान पहिला भारत देखाउनेमा अहिले नेपाल देखाउन थालेको छ,बर्षेनी ५० लाखभन्दा बढी पर्यटक जाने ब्रिटिश म्युजियमले दबाबका कारण सच्याने निर्णय गर्‍यो । बिस्व संयोजक रामकुमार श्रेष्ठले अमेरिकी राष्ट्रपती ओबामालाई चिठ्ठी लेख्ने, प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने, जाकारीया तथा पिबिएसहरुलाई पत्र लेख्ने, वृहत लुम्बिनी विकासको अन्तरराष्ट्रिय समितिको संयोजकमा संयुक्त राष्ट्र संघका महासचिब वान की मून बस्न सहमत हुनु भएको यत्तिका समय ब्यतित हुँदा समेत सो समिति गठन गर्ने प्रकृया अगाडि नबढेका कारण हालै पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई अस्ट्रेलिया जानु भएको समयमा छिटोभन्दा छिटो सो समिति गठन प्रकृया अगाडि बढाउन उहाँ मार्फत वृहत लुम्बिनी विकास राष्ट्रिय निर्देशक समितिका संयोजक एबं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचन्डलाई चिट्ठी पठाउने जस्ता थुप्रै कामहरु गर्नु भएको छ । त्यसैले सबैले यसरी नै आ-आफ्नो क्षमता अनुसार जे सकिन्छ गर्दै जाने हो भने अभियानको उद्धेस्य पुरा हुन समय लाग्ने छैन ।

अरु बिस्तृत जानकारीको लागि फेरी भेटौंला जदौ !

मिना बान्तवा "मृदु"

Wednesday, May 1, 2013

नेपाली शुद्धलेखनका सामान्य आधार

साथीहरु यो अवधारणामात्र हो सम्पूर्णता भने होइन ।मैले शुद्ध लेख्नुपर्छ भन्ने तपाईको भावनामा यो सहयोगी अवश्य हुनसक्छ ।पुस्तक-पत्रपत्रिका पढ्दा ध्यान दिने र शुद्ध लेख्ने प्रयासलेमात्र हाम्रो लेखन शुद्ध हुन्छ तथापि सामग्रीको अभाव झेलिरहनुभएका स्वदेश वा विदेशमा रहेका साथीका लागि मेरो सानो रह्यो भने धन्य हुनेछु ।
शब्दको शुरु र बीचमा इकार ह्रस्व हुने नियम
-----------------------------------------------
1 नेपाली भाषाका धेरैजसो शब्दका शुरु र बीचमा इकार ह्रस्व हुन्छ :-मितिनी,बहिनी,सिन्की,मानिस,दाहिने,सिन्कौली,माहिलो साहिंलो,रसिलो,सेपिलो,छिमेक,दिदी,ढिंडो,झुसिलो,अमिलो आदि । 2 प्राय: आगन्तुक शब्दको शुरु र बीचमा इकार ह्रस्व लेखिन्छ :- हस्पिटल,इन्जिनियर,सिनियर,रेडियो,कमिसन,टिचर,डिनर आदि ।
3 क्रियापदको शुरु र बीचमा इकार ह्रस्व लेखिन्छ :- सिद्धिनु,बिग्रिनु,,थिग्रिनु,निथ्रिनु,तर्सिनु,थर्किनु,भित्रिनु,दर्किनु,खिइनु, पिसिनु,मिसिनु आदि।
4 क्रियाको विशेषता बुझाउने शब्दको शुरु र बीचमा इकार ह्रस्व लेखिन्छ :-टिनटिन,पिटिक्क,तिरतिर,ङिच्च,खिरखिर,पितिक्क,गिलित्त आदि।
5 सर्वनामको शुरुमा इकार ह्रस्व लेखिन्छ :-यिनी, तिनी, तिमी ।
6 संयुक्त वर्णले बनेका संख्यावाचक शब्दको शुरुमा इकार ह्रस्व लेखिन्छ :-त्रिपन्न,त्रिसठ्ठी, त्रिहत्तर,त्रियासी आदि ।
7 केही संकृत शब्दको शुरु र बीचमा इकार ह्रस्व लेखिन्छ :- शिव,विष्णु,इन्द्र,विद्यार्थी, साहित्य,इन्द्रिय,राष्ट्रिय,प्रसिद्ध,
8 " इलो" अन्त्यमा आउने विशेषण शब्दको बीचमा इकार ह्रस्व लेखिन्छ :- रसिलो,पोसिलो,अमिलो, नुनिलो,हँसिलो,कसिलो,भरिलो आदि।
9 उपसर्ग लागेका शब्दको शुरु र बीचमा इकार ह्रस्व लेखिन्छ :- विजय,विज्ञान,विमान विस्मृति, विशिष्ट,निरुत्तर,निर्विरोध,निर्दिष्ट,सुनिश्चित,निष्काम,विलय,निष्ठा,निर्विकार,निर्देशन,निर्निमेष,निर्माण,विनिर्माण,विजत,अधिपति,अतिरिक्त,अभिव्यक्तिअभिशाप,अतिरिक्त आदि,
10 अव्ययको शुरु र बीचमा इकार ह्रस्व लेखिन्छ :- सित,हिजो ,यतिबेला,निर,किन,किनभने,तलतिर,झिसमिसे,वरिपरि,बाहिर आदि।
11 इक,इका,इत अन्तमा आउने शब्दको बीचमा इकार ह्रस्व लेखिन्छ :-आर्थिक, नैतिक,भौतिक,सामाजिक,व्यापारिक,शैक्षिक,नायिका ,परिचारिका, सेविका शिक्षिका,लेखिका,कथित,व्यथित,लिखित,सम्पादित आदि ।
12 इम,इमा अन्तमा आउने शब्दको बीचमा इकार ह्रस्व लेखिन्छ :-स्वर्णिम ,आदिम,अग्रिम,गरिमा महिमा ।
13 इया,इयार, इलो अन्तमा आउने शब्दको बीचमा इकार ह्रस्व लेखिन्छ :-दुखिया झगडिया,दजारिया,शहरिया,अंशियार,होसियार,हतियार,सँधियार आदि ।
******************************************************************************************************
पहिले हामीले शब्दको शुरु र बीचमा इकार ह्रस्व हुने नियमको चर्चा गर्यौं ।तर तपाईले नोटमा सुझाएअनुसार काम शुरु गरे नगरेको जानकारी मैले नपाउँदा अलि निराश छु किनकि यो तपाईका लागि हो ।आज शब्दको अन्त्यमा :इकार" ह्रस्व हुने आधारको चर्चा हुँदैछ ।
इकार शब्दको अन्त्यमा ह्रस्व हुने
-----------------------------------------------------------
1 पुलिङ्गी शब्दको अन्त्यमा इकार ह्रस्व हुन्छ :-नाति ,पनाति, जनाति , पोइ,ज्वाँइ भाइ .2 ति,धि,नि षि,वि,पि,भि,मि,लि अन्त्यमा आउने तत्सम शब्दको अन्त्यमा प्राय: इकार ह्रस्व हुन्छ :- रीति, मति,शान्ति क्रान्ति, भ्रान्ति, उन्नति ,प्रगति,उपाधि, समाधि,व्याधि,परिधि,विधि,प्रविधि,ऋद्धि ,सिद्धि,हानि मुनि,ग्लानि,अग्नि,कृषि,ऋषि,कवि,छवि रवि, यद्यपि ,तथापि,लिपि,सुरभि, दुन्दुभि,कलि,बलि आदि । 3 भाववाचक नामको अन्त्यमा इकार ह्रस्व लेखिन्छ :-पढाइ,लेखाइ,बोलाइ, सुनाइ,बसाइँ ,थकाइ,दुष्ट्याइँ आदि ।
4 अव्ययको अन्त्यमा इकार ह्रस्व हुन्छ :- वरि,परि,,यति,उति, जति, कति, माथि,वारि,पारि,मुनि चाहिं (अरी,तरी,हीं लागेकाबाहेक)आदि ।
5 विभक्ति मध्ये लागि,देखि अन्त्यमा ह्स्व लेखिन्छ ।
यो नोट सार्नुहोला ।यस्तै शब्द तपाईं पनि सकेसम्म थप्नु होस् ।ती शब्दलाई वाक्मा प्रयोग गर्नुहोला ।साथीका रचनामा देखिएका त्रुटि जानेसम्म औल्याउनु होस् ।यसबाट सबैलाई फाइदा हुन्छ ।शुद्ध लेख्ने सबाललाई रहर ठान्नुहोला,बोझ होइन ।तपाईमा के प्रगति हुँदैछ ? जानकारी दिनुहोला ।
क्रमश:
*****************************************************************************************************
*
नेपाली भाषाका आफ्ना शब्दका शुरु र बीचमा 'ईकार' दीर्घ लेख्ने खास नियम नभई संस्कृतबाट आएका शब्दलाई सोहीअनुसार लेख्ने चलन छ,तिनीहरुलाई तत्सम शब्द भनिन्छ ।यस्ता शब्द नेपालीमा धेरै छन् ।अभ्यास नै प्रयोगको मुख्य आधार हो ।यहाँ दिइएका आधार पर्याप्त नभई सामान्य सहयोगीमात्र हुन् ।आज हामी शब्दको शुरुमा 'ई' प्रयोग हुने आधारको चर्चा गर्नेछौं ।1 रेफभन्दा पूर्व र 'र' भन्दा पूर्व केही शब्दको शुरुमा 'ई' दीर्घ लेखेको पाइन्छ :- दीर्घ,वीर्य,कीर्ति,कीर्ण,ज
ीर्ण,कीर्तन,शीर्षक,तीर्थ,धीर,वीर,क्षीर,,नीर,धीरता,वीरता,गीर(वाणी)चीर(कपडा) आदि (तर 'शिर'जस्ता शब्द ह्रस्व नै हुन्छन्)2 'त' 'ता' 'ति' भन्दा पूर्वका कतिपय तत्सम शब्दको शुरुमा 'ई' दीर्घ लेख्ने गरिन्छ :- गीत,रीत,प्रीत,शीत,भीत,रीति ,गीति,भीति,प्रीति,सीता,गीता (तर 'हित' जस्ता शब्द ह्रस्व नै हुन्छन् ) 3 केही तत्सम शब्दका शुरुमा 'ई' दीर्घ लेखिन्छ :-दीन(दु:खी) हीन,लीन(विलय )पीडा, भीम,सीमा, सीमित,भिष्म,शीघ्र,जीव,जीवन,पीडित,स्वीकार,स्वीकृत,स्वीकृति, शीतल, बीभत्स,भीषण,बीज,टीका,लीला,नीति,कीट,कीटाणु,सीमित,सीमावर्ती,क्रीडा,ईश,ईस्वर,पीत,पीताम्बर,पीपल,पीडित,पीठ,पीयूष,
जीवन,जीवी,दीप,दीपक,दीप्त,दीप्ति,
4संयुक्त वर्णबाहेक संख्यावाचक शब्दको शुरुमा 'ई' दीर्घ लेखिन्छ :- तीन बीस,तीस
5 कतिपय विशेषणमा ज्यादै जोड दिंदा 'ई' दीर्घ लेख्ने चलन छ:- मीठो,तीतो,पीरो,गीलो आदि
6 केही नेपाली शब्दका शुरुमा 'ई' दीर्घ लेख्ने गरिन्छ :-सीप,जीरा,कीरो,भीख,खील,सीधा,कीर्ते,कीलो,चील,चीज,झीर,झील,
झीनो,ठीक,बीच,तीज,तीर,पीर,भीर आदि
*********************************************************************************************
हामीले यसअघि शब्दको शुरुमा 'ई' दीर्घ हुने आधारको बारेमा चर्चा गर्यौं ।आज हामी शब्दको बीचमा 'ई' दीर्घ हुने आधारको चर्चा गर्दैछौं ।1 ईय,अनीय,ईन अन्त्यमा हुने शब्दका बीचमा 'ई ' दीर्घ लेखिन्छ :-केन्द्रीय,त्वदीय,भवदीय,स
म्पादकीय,स्वकीय,परकीय,ईश्वरीय,आत्मीय,उल्लेखनीय,दर्शनीय,पठनीय,ग्रामीण,कुलीन,प्राचीन,समीचीन,अर्वाचीन,कालीन,नवीन,2 करण,कृत,कार,भवन अन्त्यमा आउने शब्दका बीचमा 'ई' दीर्घ लेखिन्छ :-एकीकरण,पृथकीकरण,,विद्युतीकरण,केन्द्रीकरण,,घोषीकृत,अस्वीकृत,अङ्गीकार,अस्वीकार,(आविष्कार होइन)
3 संख्यावाचक शब्दका बीचमा 'ई' दीर्घ लेखिन्छ :-बाईस,तेईस,चौबीस,बत्तीस ,बयालीस ,पैंतालीस 4 रेफपूर्वका केही शब्दका बीचमा 'ई'दीर्घ लेखिन्छ :-प्रकीर्ण,विकीर्ण,सङ्कीर्ण,उत्तीर्ण,अनुत्तीर्ण,निर्जीव,
5 केही तत्सम शब्दका बीचमा 'ई' दीर्घ लेखिन्छ :- परीक्षा,समीक्षा,प्रतीक्षा,गम्भीर,,प्रतीक,शरीर,समीप,विहीन,विपरीत,मनीषि,कुटीर,कीरीट,भयभीत,अतीत,
*****************************************************************************************************
शब्दको अन्त्यमा 'ई'को प्रयोग गर्ने सामान्य आधार
-------------------------------------------------------------
1 सर्वनामको अन्त्तमा 'ई' दीर्घ लेखिन्छ :-हामी,तिमी,यिनी,उनी,यी,ती,तिनी,तपाईँ2 स्त्रीलिङ्गी शब्दको अन्त्यमा'ई'दीर्घ लेखिन्छ :-छोरी,बुहारी,बहिनी,भान्जी,भतिजी,नातिनी,केटी,गाई,देवी,लक्ष्मी,ईश्वरी,भागीरथी 3 निर्जीव/मानवेतर शब्दको अन्त्यमा 'ई' दीर्घ लेखिन्छ :-टोपी,काउली,खोर्सानी,तर्कारी,फर्सी,भिन्डी,कोदाली,गुन्द्री,चकटी,खुर्पी,छुर्पी,आली,फाली,
4 सानो बुझाउने शब्दको अन्त्यमा'ई' दीर्घ लेखिन्छ :-थाली,गाग्री,लोहोटी,बोटुकी,पटुकी,खुर्पी,
5 जात-थर-पेशा बुझाउने शब्दको अन्त्यमा 'ई' दीर्घ लेखिन्छ :-वस्ती, अधिकारी,कार्की,राई,पराजुली,छेत्री,नोकरी,खेती,पुजारी
आदि।
6 विशेषणको अन्त्यमा 'ई' दीर्घ लेखिन्छ:-दानी ज्ञानी,धनी,अल्छी,तामसी,सुखि,दु:खीवियोगी,रोगी,भोगी,भाग्शाली,आदि
7 ही,हीँ(चाहिं होइन) अरी,तरी अन्त्यमा आउने शब्दको अन्त्यमा 'ई' दीर्घ लेखिन्छ :-त्यही,त्यहीँ,उही,उहीँ,कहीँ यसरी,उसरी जसरी,कसरी,त्यसरी,यस्तरी उस्तरी आदि
8 संख्यावाचक शब्दको अन्त्यमा 'ई' दीर्घ लेखिन्छ :-साठी,सत्तरी,असी,एकासी,चौरासी पचासी, आदि
9 मती-वती अन्त्यमा हुने शब्दको अन्त्यमा 'ई' दीर्घ लेखिन्छ :- श्रीमती,रूपमती,मधुमती,अमरावती,शौभाग्यवती आदि
10 ठाउँ-नदी-अनुकरण बुझाउने शब्दको अन्त्यमा 'ई' दीर्घ लेखिन्छ :-बैतडी,कैलाली,घोराही,लमही,बेंसी,कोशी,मेची ,महाकाली, खलखली,तनतनी,झलझली,सरासरी आदि ।
11 एर' बुझाउने असमापिका क्रिया र स्त्रीलिङ्गी क्रियाको अन्त्यमा 'ई' दीर्घ लेखिन्छ :-देखी,हेरी,सुनी, खाई(खाएर को अर्थमा ) खाई,गई,पढी,घुमी,लेखी (क्रिया स्त्रीलिङ्गी )

Tuesday, April 30, 2013

'नारी दोस्रो'



हाम्रो नेपाली पितृ सतात्मक भनु कि या पुरुष प्रधान समाज भानुम कि के भानुम आजकल फेसबुक तिर समाचार अन लाईन तिर केटीको नाङ्गो[नग्न] सरिर देखिएको फोटो हालेर समाचार सम्प्रेसन बिजिनेस प्रबिती बढ्दो छ |

हुन त पहिलेको समय देखि नै आज सम्म पनि कुनै पनि तरिकाले महिलाको स्तमाल भै रहेको छ ! अफिसको मूल ढोकामा चिटिक्क परेकी केटि सेक्रेटरी, टाईपिस्टमा, कफी सपमा, हरेक रिसेप्शन अफिसहरुमा देखाउने दांत केटीको फेस एडभर्बटाईज गरेर बिजिनेस गर्ने चलन छदै छ तर उता त्यही स्तरको महिलालाई सबै अफिसहरुमा जागिर चै पाउन मुस्किल छ यस्तै  हुँदा-हुँदै आजकाल फेसबुक तिर प्राय हरेक समाचार अन लाईन तिर केटीको सरिर नग्न देखिएको फोटो हालेर समाचार सम्प्रेसन गर्ने  प्रबिती दैनीय रुपले उग्र बढेको देखिंदैछ |

समाचार मिडिया भनेको के हो भनि रहनु नपर्ला यदि सामाजिक क्षेत्रमा काम नगर्नु र खाली अस्लिलको मात्र खेति गर्नु हो भने सायद त्यो मिडिया छुट्टै होला तर बिसुद्द देशको र जनजीवनको मानव विकास प्रगति आधारको कदर गर्ने र ज्ञान दिने एक मध्यम हो समाचार मिडिया  भनि बुझिन्छ खबरले समाचारले उपाय दिन्छ ज्ञान दिन्छ होसियारी गराउँछ समाजमा रहेका बिकृति हटाउनमा सहयोग र बल दिन्छ मिडियाले तर जहाँ नारीको नराम्रो तरिकाले लेखेको चरित्रको बारेमा सुनिन्छ पढिन्छ |
ळेखाईमाहरुमा सोधाईमा डिफेक्टीक् तरिकाले मांस पटलमा असर पर्ने खालको महिलाको उदाहरण खुल्ला गरिएको छ महिलाको उदाहरण दिनु पर्दा नेक्लीजेन्स गरिएको छ कतै उदाहरण नेपाली महिलाको बारेमा नराम्रो घटनाको समाचार छ भने अरु कसैको वा बिदेसी फोटो टाँसेको र उदाहरण बनाको देखिन्छ
नारी घटना भनेको कुनै गित कथा र कविता हैन त्यस्तो उदाहरण दिनु पर्ने |

कोहि उदाहरणमा लाहुरेको बुढी होस् या चाउरेको बुढी होस् लाहुरेको छोरी होस् या चाउरेको छोरी होस् नारीको मात्र चरित्र देखिएको छ त्यहाँ कोहि पनि बेस्या हुदा र बिग्रिंदा एक्लै बिग्रिन्दैनन |
महिला र पुरुषको उत्तिकै हात हुन्छ घटना स्थलको दोस्रो व्यक्तिको अझै हात हुन्छ उत्तिकै भागीदार हुन्छन उनीहरु यदि उदाहरण देखाउनु छ भने साचिकै कि त  पुरुष मानिसको पनि कस्तो चरित्र हुन्छ भनि देखाउनु पर्यो  पुरुषले  महिलालाई काम गर्नु विदेश पठाई कान्छी ल्याको घरमा केटि ल्याको, रक्सि भठिमा गाको डिस्कोमा गाको, जुवा तास खेलेको स्वास्नी घरमा राखी अर्कै तिर बुढी राखेको धेरै ओटा केटि संग लागेको, पनि देखाउनु पर्थ्यो कि त नारीलाई नारीको जस्तै यो समाजको इज्यत दिनु जान्नु पर्छ नारीलाई दोस्रो दर्जाको रुपमा समाचारको नाममा अन लाईनको नाम बाट नारीको बेज्यत गर्ने नामको पत्रिका अन लाईन मिडिया संग मेरो घोर बिरोध छ |

 भनिन्छ त्यही नारी आमा, त्यही नारी छोरी, त्यही नारी श्री मति, त्यही नारी दिदि र बहिनि, नारी एक भगवानको रुप हो जो गीताको रुप, पार्वतीको रुप, काली र दुर्गाको रुप अरे, भनि नारी को पूजा गर्नु पर्छ अरे नारीको सम्मान गर्नु पर्छ अरे नारीले अधिकार पाउनु पर्छ अरे तर दिनहुँ नारीको बलात्कार हुन्छ यहाँ बलात्कारमा परेकी नारीले नै दोष पाउँछन |
नारीलाई साडी लगाई बेरी दिएर सिन्दुर र पोतेले मोड़ी दिएर त्यही नारीको बेज्यत गरि हिडेका छन सर्बत्र बजारमा इज्यत बिकाउको  घोषणा गरेका छन सामाजिक बजारमा
त्यो नारी कसको इज्यत हो र बल हो नारी के हो भनि कहिले बुझ्ने  हामीले र हाम्रो समाजले ?
यता तिर सम्पूर्ण नेपाली सचेत कर्मी समाजको ध्यान आकर्षण रहोस भन्नु चहान्छु धन्यबाद !

मिना बान्तवा 'मृदु'

Sunday, May 23, 2010

'पाँच' ५ हाईकु+सेन्यू

पैसाको बोट्मा
मिहिनेतको बिऊ
पर्खाइ फल
--------------


फुस्रै किसान
धान चरी रमायो
बाली भित्राइ
--------------


बाघ करायो
बाख्रा पनि हरायो
मनैको संका
--------------


व्यापारी भित्रै
मालामाल कमाइ
किसान रुझ्दै
---------------


मह कटाइ
अरिंगालको गोल्म़ा
टोकाइ मात्र
---------------


मिना बान्तवा " मृदु"

मुक्तके कविता "धनको खातिर विदेश आइयो"

धनको खातिर विदेश आइयो|
सोचे जस्तो नहुँदा चाल पाइयो|
जहाँ जाउँ कर्म संगै जाँदो रैछ
छ मैना त लेखेम् मात्रै खाइयो||

चिल्ड्रेन पार्कमा दोहोरी नि गाइयो|
कैले बचन नपाएको बचन पनि पाइयो|
मन पुग्छ गाउँ घरमा जिउ बिदेशमा
बनावटी हाँसो बोक्दै बाहिर खुसी छाइयो||

मरी हत्य गरी कन काममा दाइयो|
तलब नपाए पछि, मुद्दा पनि लगाइयो|
नियम कानून मात्रै, भएर हुदैन रैछ
हटकाव्ला इमिग्रेसन,अखोती नि धाइयो||

मिना बान्तवा "मृदु"

लेखेम् -पाऊ रोटी
हट, काभ्ला, अखोती -
"श्रम मानव अधिकारको"
-हेल्प लाईन

Wednesday, May 12, 2010

गज़ल-" एकान्तमा भेटेर बोलुँ-बोलुँ लाग्यो "

एकान्तमा भेटेर बोलुँ-बोलुँ लाग्यो |
तिमी संग हृदय खोलुँ-खोलुँ लाग्यो |

एक चिट्ठी लेखेर बैना बट्टा मारी
मिठा कुरा कानीले मोलुँ-मोलुँ लाग्यो ||

दोबाटोमा पर्खेर लुकी छिपी हेर्दै
नदेखे झैं गरेर टोलुँ-टोलुँ लाग्यो ||

तिम्रो नामको छापले सिउँदोमा छापी
जीवनलाई रंगमा घोंलुँ-घोंलुँ लाग्यो ||

तिमी संगै जिंदगी सात जूनी साट्न
सातै माड़ा घुमेर पोलुँ-पोलुँ लाग्यो ||


मिना बान्तवा "मृदु"

गज़ल- "प्यालामा नशा लिएर हाँसेकी छु"

आँसुका घुट्का पिएर हाँसेकी छु |

दिनमा हो कि रातमा हिंड्दैछु म
कसरी खोइ जिएर हाँसेकी छु ।।

चु्न्दिंन स्वर्ग जिउँदो लास हुँ म
सबै नै खुसी दिएर हाँसेकी छु ||

गलेको मुटु सडेर चिथरा भो
त्यस्लाई पनि सिएर हाँसेकी छु ||

आगोको कोल्मा हालेको फलाम झैं
खग्राख पाप्रो खिएर हाँसेकी छु ||


मिना बान्तवा "मृदु"

गज़ल-एक पटक तिमी मायाँ गरेर त हेर |


एक पटक तिमी मायाँ गरेर त हेर |
मृग नयनी आँखा तिमी तरेर त हेर |

पिडा भनेको तिमीलाई बाहीर के थाहा?
तिमी मायाँको नियतीमा मरेर त हेर ||

हेर! सन्सारै दासी यहाँ प्रितको सागरले
तिमी मुस्काइ मिठो हाँसो छरेर त हेर ||

मरुँ भूमिमा तिर्खाएको यात्री हुँ, म यात्री
तिम्ले सितको थोपा-थोपा भरेर त हेर ||

तिम्रो हरेक न्यानो स्पर्श पाउनु छ मैले
केही नजिक तिमी थोरै सरेर त हेर ||

तिम्रो मायाँको गित गुन गुनाउँ म सधैं
मेरो अंगालो भित्र तिमी परेर त हेर ||

तिम्रो कसम झुठो हैन दुखेको छ मुटु
एकै बचनले 'हुन्छ' भनि हरेर त हेर ||

मिना बान्तवा "मृदु"


गित आधुनिक


आ हा ,,,आ हा,,, आ हा,,,

(हत्केलाले आँखा छोपे नानी भित्र तिमी ) २
(लाग्छ किन आँखा खोले वरी-परी तिमी ) //

(हत्केलाले,,,,,कोरस=सपनीमा तिमी आउनु) २
(आँखा खोले-कोरस=लुकी छिपी मायाँ लाउँनु) //
=======================

किन होला लुकामारी, खेली दिन्छ घुम्तीहरु /
पराई घर जानु होला, जिस्काउँछ घुम्टीहरु /
बादल पऋ झैं पर-पर उड़ी हिड्छ यो मन /
समुन्द्रको छाल संगै छल्की दिन्छ यो तन /

(हत्केलाले,,,,,कोरस=सपनीमा तिमी आउँनु) २
(आँखा खोले=कोरस-लुकी छिपी मायाँ लाउँनु) //
=======================

कस्तो होला तिम्रो छायाँ कस्तो होला आवाज /
कस्तो होला तिम्रो मायाँ कस्तो होला लवज /
जागी रन्छ कौतू हल किन मन्मा आज भोली /
भन्नु न ए! हजुर कहिले लिएर आउने डोली /

(हत्केलाले,,,,,कोरस=सपनीमा तिमी आउँनु ) २
(आँखा खोले-कोरस=लुकी छिपी मायाँ लाउँनु ) //
=======================


मिना बान्तवा "मृदु"

Friday, May 7, 2010

गज़ल-



धरतीलाई फुलाउन एउटा जून रोपें|
आकाशलाई खुलाउन एउटा जून रोपें|

अनुभूतिको ज्योतिमय किरण पस्किएर
समयलाई भुलाउन एउटा जून रोपें||

नुगीरहने हाँगाहरु फलेका दाना-दाना
बोट-बोटमा झुलाउन एउटा जून रोपें||

चारदिशानै आद्यारोले नसक्दै छाइ यहाँ
शान्तिको दियो डुलाउन एउटा जून रोपें||

इतिहाँसमा पोतिएका पुवाँखे काला मसी
वास्तविकता घुलाउन एउटा जून रोपें||

मिना बान्तवा "मृदु"

Tuesday, April 13, 2010

"गेडी" (चार) ४

"गेडी" (चार) ४
किरिम् घस्ने कालीले, मुखभरी घसेर
केको फूर्ति लगाको, माईतै बसेर!!
ए!नानी,
बित्ला तिम्रो, लर्के जवानी!!
***************

फूर्ति-हैन ए!काले, छड्के टोपी लगाइ
नबस-है ढुक्कैले, लानु पर्ला भगाइ!!
उपारी,
छुनु पर्ला, जनै सुपारी!!
***************

सबै मेरी छ गेड़ी, सबै टेडी नागेड़ी
लेखकले चराउँ, कलमले बगेड़ी!!
महेरी,
लेखौं- लेखौं, कतै नहेरी!!
***************

नारी हामी किन खै, पछि पर्यौ भन्छ्न
संसारमा नारीले, नारी जरा खन्छन!!
सचित्रै,
यसो सोच्छु लाग्छ बिचित्रै!!



मिना बान्तवा "मृदु"

"होलीका पुर्णिमाको छोटो भेट यहाँहरु संग"

"होलीका पुर्णिमाको छोटो भेट यहाँहरु संग"

नमस्कार! सम्पूर्ण मेरा साहित्यिक ब्लगमा भिजिट गर्नु हुने आदरणीय मित्रहरु यहाँहरुमा होलिका पुर्णिमाको सु- आवसरमा मेरो हार्दिक सुभ-कामना छ |

होलिका देवीले सबैलाई रक्षा गरुन् जसरी प्रल्हाद भगवानको रक्षा भई होलिकाको सत्यमा बिजय भएको थियो त्यसरी नै सधैं सत्यको बिजय होस् |

यो चाड सबैलाई सर्व बितितै छ फागु पुर्णिमा अथवा होली पुर्णिमा भनेर चिनिन्छ, होलिका नामकी एक सत्यवती सावित्री स्त्री हिरण्य कस्यपुकी बहिनि थिईन् | उनको साथमा एक मजेत्रो थियो, त्यो मजेत्रो चाही आगोले कहिलै नखाने सत्य थियो,प्रल्हाद भगवान भक्त थिए हिरण्यकश्यपु ले आफ्नै छोरालाई, यानी कि दुस्मनले आगोको भूमरिमा हाल्दा होलिका देवीलाई एक हिरण्य राक्क्षसले होलिकालाई प्रयोगमा ल्याई प्रलाद प्रति नराम्रो काम गर्न आगोमा हालेको बेला, होलिका आगोमा हाम फालीन त्यो मजेत्रोले प्रल्हाद लाई छोपेर मजेत्रोले प्रलाद बचेका थिए, यसरी आफु खरानी भै आहुति भैन आफ्नो ज्यान को सुरक्षा गर्ने मजेत्रो अरुको लागि प्रोयोग भयो आफुलाई आगोमा ज्यान गुमाएर होलिकाको मजेत्रोले प्रल्हादको लागि बचाउ भयो | त्यस पछी सारा देश बासी प्रजाहरुले खुसीले गद-गद भएर अनेक ना-ना रंगका अविर रंगहरुको जात्रा टिको लगाई शिरमा पर्सि बाजा, गाजा बजाई नाँच गान गरि खुसियाली मनाएका थिए भन्ने हाम्रो भनाई छ, त्यस सोहि दिन देखिन् यो होलि फाल्गुनमा पर्ने पुर्णेमा होलिका देवीको नामले मनाउन सुरुवात भएको हो भनिन्छ,यसरी एक योद्दा नारीको नामबाट हाम्रो धार्मिक इतिहासिक परम्परामा प्रमाणित भएको छ, यदी होलिकाले तपस्य कठोर नगर्नु हुदो हो त उसले त्यस्तो आगोले नखाने मजेत्रो नपाउनु हुदो हो त हिरण्यकस्यपुले प्रलाद्लाई आगोमा हालेर होलिकालाई नपठाउनु हुदो हो त सायद होलि पुर्णिमा हुदैन थियो होला, यसरी नै नारीहरुलाई सरिक गराएर राम्रै हुने थियो नराम्रोमा सरिक गराउने प्रोयोग्मा ल्याउने काम यसरी भयो, एक तपस्वी ज्ञानी योद्दा महिलाको मजेत्रोले यसरी प्रल्हाद जस्ता भगवान भक्त योद्दाको ज्यान चाही बचायएकी थिईन भने नारीहरु त्यसबेलाको समयमा सत्य भक्ति साली, सक्ति साली थिए भन्ने कुरामा पनि सास्त्रमा धेरै देखिनामा आएको छ , हाम्रो इतिहास यथावत छ | अनेक युग-युग अनुसार नारी कहिले अरुको दासी त कहिले उच भएको देखिएको छ, कहीं भक्ति ऋषीको तपस्या भंग गराउन मोनिका बनाईयो यसरी ठुला भगवान हरुले समेत नारिहरुलाई , आफ्नो प्रयोगमा ल्याइएको देखिएको छ, कहिले सत युग कुमार लक्ष्मी, जस्तो त कहिले सीता त्रेता युगको, आज त २१ औ सताब्दीमा हामी आँखामा कतै कालो पट्टी बाँधेका त छैनौ ?

होलीलाई आजको युगमा अर्कै तरिकाले लगाम बिनाको तवर भै बदलिएर युवाले युवतीलाई हिडिरहेको बेलामा रंग हान्ने वा बाटोमा आफ्नो सुरले हिडी रहेको निर्दोष मानिसलाई जिउमा रंगको पोकाले हान्ने वा कहिले नजाने मोबिल वा अन्य पदार्थले छिड्किने गरिन्छ अनि कति पय अरुको खुशी बेगर झुक्कैईएर् हुद्दा मिलेर त्यो एक जनालाई समाएर रंग दलिंछ |
अनेक झगडा कलह मच्चिन्छ, यसरी हामीले यसको राम्रो दिशा सदुपयोग नगरी दुरुपयोग गर्दै आएका छौँ | यसरी न त धर्म सस्कार बच्यो, न मानवीयता बच्यो, न त आनन्द नै भो,
यसरी मानवीय बलात्कार गरिन्छ | यसो गर्नाले एक आपसमा मन मुटाबको स्थिति खडा भै रिसिविको बिजारोपण भै दुर्घटना हुन् सक्ने सम्भव हुन्छ, आज जति संसारमा बिकास हुदै आयो मानव अधिकार त्यत्ति नै हनन् हुदै गएको देखिएको छ, होलीमा कतिको त ज्यान सम्म गएको छ |
अब आउने पिडिलाई पनि यो बाटो अन्योलको बाटो अघुवाले सिकईयो भने भोलि त्यही बाटो मुख धार बनि हाम्रा पिढीहरु लाग्ने छन् | भने त्यसकारण त्यस्तै- त्यस्तै अरु विविध बिषय बस्तुमा पनि लागु हुने हो भने नेपाली भविस्यको उज्वल दिन हरु देख्न पाउनु गार्है छन् | रंग खेलेर एक आपसमा रिसिबी नगाभ्नु बेस हुन्छ एक टिको अविर राम्रो तरिकाले लगाएमा वा राम्रो चिन जान आचरण भएको साथी संगतिको बीच होलि खेल्न राम्रो हुन्छ त्यो एक आदर्स भावको मिठो पना हो |
बस् यो मेरो मन गंते विचार हुन् मित्रहरु,,,,, बिदा!

POEM- "जिन्दगी जय!,,,"part-4

POEM- "जिन्दगी जय!,,,"part-4

जय! जिन्दगी भय जिन्दगी
अनेक रुप जिन्दगी जय जय जय !!!

अब मैले जिन्दगीलाई प्रथम पूजा गर्छु!
पहिलो मान्न थालेकी छु!!
किनकी जिन्दगी मैले अरु चिज भन्दा
प्रथम देखें !!
यसलाई जता खियायो
त्यतै चल्दो रहेछ!!
अब जिन्दगीको माझी आफै संझनु पर्यो !

शुभम् जिन्दगी जोगायो माताले!
शुभम् जिन्दगी टेकायो माताले!!
शुभम् जिन्दगी देखायो माताले!
शुभम् जिन्दगी पार लाग्नु छ आफैले !!

त्यसैले ,,,,
माते: इस्वरको बरदान,
माते: सृष्टिको बरदान जय! जिन्दगी!!

यात्रा नछत्र संघर्ष
अपारम्म़ पार जिन्दगी!!

आशा अनि अभि लाषा !
उकाली अनि ओराली जिन्दगी!!

युद्ध अनि संन्धि
सुखा र दुःख पार्दु भाव जिन्दगी!!

दुःख र बेदना
हाँसो र आँसु जिन्दगी!

घाम अनि छायाँ
बिहानी अनि साँझ!
साथ-साथ बहुरुपी जिन्दगी!!

अस्ताय अनि उदाय
समसान जय जिन्दगी!!

मिना बान्तवा "मृदु"

पाठक मित्रहरु नमस्कार छ हजुरहरुलाई लागेका कुरा पनि जिन्दगीको बारेमा छाड्नु सक्नु हुने छ,

कथा-"भरोसाको स्वास"

कथा- "भरोसाको स्वास"

नेपालको एक पहाडी गाउँमा एक परिवार थियो| दुइ जना लोग्ने स्वास्नी र एक छोरा थिए, जम्मा तीन जनाको परिवार थियो | छोरोको नाम नारायण थियो| आमा बुवाले अनि छर-छिमेकी र साथीहरुले नारायण-नारायण भनि बोलाउने गर्दथ्यो |
नारायण एक्लो छोरो थियो सम्पतिको एकलौटी हकदार थियो बुवा र आमाले नारायण आफ्नो यौटै छोरोको भविस्यमा ठुलो आसा र भरोसा गरेका थिए |
नारायण एक्लो छोरो ज्ञान आउने बेला भै सक्दा पनि बाबु आमाको लाड़ प्यारले गर्दा उसको बुद्धि कहिलै पलाएनछ र छिप्पिएनछ, नारायण साथी भने पछि सात डांडा पारी पनि पुग्थ्यो, साथी संगी-संग आल्मलिएर-बराल्लिने बानि थियो|
नारायण एका बिहानै उठेर हिडे पछी रातमा मात्र आउथ्यो|
बुवा आमाले राम्रो गरी अनुहार पनि हेर्न र राम्ररी बोल्न पनि पाउन्दैनथ्यो, बुवा आमाले नारायण ? भनि मात्र बोलाउदा बाटो काटी सकेको हुन्थ्यो, नारायण घरमा कहिले बस्दैनथ्यो बाबा आमालाई सानो भन्दा सानो कुरा पनि सहयोग गर्दैनथ्यो त्यही घर मूनिको कुवाबाट एक लोटा पानी धरी ल्याई सघाउँदैनथ्यो बुढी आमाले र बुवाले सकी नसकी भए पनि पानी गाग्रीमा भरेर ल्याउथे | खेत बारीको काम ब्यबहार सबै बुवा र आमाले नै गर्थे|

त्यसरी नै दिन बित्दै जाँदा केही समयपछि नारायणको आमा बुवा दुवै जना बुढा-बुढीको हात खुट्टा चल्न नसक्ने भएछ तागतहरु बुढो भएछ वरको सिन्को पर सार्न पनि नसक्ने अवस्थाको जिउ भएछ, शरीर र गालाहरु झन्-झन् दिन दिनै चाउरी परेछन| मानिसको जीवन न हो, कहिले बालक, कहिले जवान, कहिले बुढो हुनु पर्ने अनि एकदिन मर्नु पर्ने,यो संसारको रीति नैं यस्तो के गर्ने, उनीहरु दुवै जना दिन दिनै घरले जा-जा बनले आइज-आइज भन्ने स्थितिमा पुगेछन |
एकदिन त नारायणको आमा सार्है बिमारी भईछन | तर नारायणको बुवाले नै सकी नासकी लाठी टेक्दै भए पनि कुवामा गइ पानी भरेर घरमा ल्याई सहयोग गर्ने गर्थ्यो | बिमारी आफ्नी बुढीलाई आफैले पानी पिउन र तातो चिसो बनाएर दिन नारायणको बुवाले नै सहयोग गर्थ्यो |
नारायणको आमा बिमारी भएको एक महिना पछि नारायणको आमाले नारायण र नारायणको बुवालाई यो संसारमा छाडी उनी एक्लै गईछिन | घरमा नारायण र अब बुढों बुवा मात्र रहे | बुढो पनि बुढीको स्याहार चाकडी गर्दा-गर्दा लखतरान भै धेरै काम्जोर भएछन | नारायण त्यस्तै राती कति खेर आउँछ बिहान कति खेर बाहिर जान्छ यस्तै क्रम नारायणको कहिल्यई रोकिएन | एकदिन एका बिहान बुढा उठेर नारायण? नारायण? भनि बोलाएछ नारायण बोलेन घर सुन-सान थियो नारायणले बाटो तताई सक्यो भनि नारायणको बुवालाई थाहा भो | फेरी त्यो रात बुढाले आब म राती भा नि पर्खेर कुरा गर्छु भनि पर्खेछन र रातमा बोलाउने जमर्को गरेछन | राति नारायण आयो त्यसपछी बुवाले नारायण यहाँ आइज त एउटा कुरा छ? भनेछन बुढा बुवाले बोलाएको नारायणले वास्तै नगरी कान नथापीकन एक कानले सुनी अर्को कानले उड़ाएछ, खास कुरो के रहेछ भने बुढो नारायणको बुवालाई बिचरा सार्है खिर खानु मन लागेको रहेछ र नारायणलाई बोलाको रहेछ तर छोरो नारायण कान नथपेको कुरो नारायणको बुवाले बुझी फेरी भोलि पल्ट फेरी भन्छु भनि सोचेछन भोलि पल्ट राती नारायणको बुवाले फेरी नारायण? ए नारायण ? अलिकति खिर खान मन लागेको थियो भनेछन, नारायणले जवाफ दिएनछ, अनि बुढाले हातले मुख मुसार्दै मन मनै लोउ त के गर्नु भन्दै कोठामा गएर श्रीमति हुँदाको बेलाको कुरा सम्झन्दै मन बिसाएछन, बितेका दिनको कुरा एक्कोहोरो सोचेर सुतेछन, फेरी केहि दिन लगतै बुढालाई चिसोले खोकी लागेर ज्वरो आयो अनि बुढो ओछ्यान पर्यो नारायण आफ्नो एक्लो छोरो पनि बसेर राम्ररी बात मर्दैन बुढो धुम-धुमती एक्लो छ छोरो छेउ नै पर्दैन बुढाले मन मनै हरेस खाएछ आब म पनि मर्छु होला यही व्यथाले लान्छ होला मलाई भनि आत्मा हारी सकेछन अनि अर्को दिन बिहान बुढाले नारायणलाई बोलाएर केही भला कुसारी गर्ने सोच बनाएछ म कमसे कम छेउमा बसेर म छोरो नारायणसंग एक पल्ट बोल्छु अनि मरे पनि मरौंला, भनि सोचेछ तर भोलि बिहान हेर्दा नारायण घर बाट बाहिर निस्की सकेको थियो,,|त्यस्तै दिन बित्यो एक दिन त बुढा मान्छे अन्तिम स्थितिको थला परेछन र दिमागले पनि काम नगर्ने एक्कोहोरो बोल्ने मात्र भएछ | गाउँ घरकाले भियाउदा पानी दिन्थे, खान दिन्थ्यो, बिमारी बुवाले जहिले पनि ओछ्यान बाट नारायण ?नारायण ? ए नारायण पानी पिंउँछु नारायण पानी देन मलाई भनि रातमा पनि दिनमा पनि बोलाई रहन्थ्यो | बाटोको घर थियो, कहिले काही बाटोमा हिड्ने बटुवाले बुढालाई पानी दिन्थे भने गाउँ घरको मानिसले आएर खाने कुरा दिन्थे तर सधैं त छिमेकीले बटुवाले पनि कहाँ र बुढा मान्छे पानीको प्यासले भोकले प्याक-प्याक हुन्थ्यो नारायण पानी ?नारायण पानी ? भनि रहन्थ्यो | साच्चै एक दिन त केही लागेन साँझ हुने बेला घाम डुब्न लागेको थियो बुढा प्राण छोड्ने बेला भएको रहेछ | धेरै बेर नै चिच्याई नारायण पानी ? नारायण पानी ?नारायण पानी ? भनि कराईरहेछन नभन्दै केहि बेर पछी नारायण आएर नारायणले सोधे बुवा के भो? पानी पिउन मन लाग्यो ? भनि राम्ररी सोधे बुवाले अँ! छोरा मलाई अति प्यास लागेको छ भनेछन नारायणले बुवा म पानी ल्याउछु एक छिन् पख्नोश है त ! भन्दै भित्र पसेर छोराले काँसाँको आम्खोरामा पानी ल्याई मुखमा टुटी बाट पियाई दिएछ,
एकै छिन् पछी गाउँ घर छिमेकि बुढोकोमा आई पुगेछन बुढाले प्राण जान लागेको झिनो बोली गर्दै
बुढाले छिमेकीलाई सुनाएछन........म आज धेरै खुसि छु छिमेकि हो! भनेछन अनि छिमेकीले किन र बा? भनि सोधेछन आज मेरो छोरा नारायणले मलाई पानी पिउन दियो अब म आनन्दले मर्न सक्छु, आज मैले मेरो छोरा नारायणको हात बाट पानी पिउन पाएँ, त्यही म पर्खेर बसेको थिएँ भनि बुढाले सबैलाई सुनाएछन र सबैलाई छोडेर ऊ पनि आफ्नो कुटीतिर वास लागेछन त्यसपछि गाउँलेले नारायणलाई यसो वरिपरी हेरेछन तर त्यहाँ सुनसान थियो! त्यहाँ त नारायण थिएन-नारायण कसैले देखेन छन् ,,,,!,,,,,(ओम् नारायण! नारायण! नारायण!)३
,,,,,,,!


"मृदु"

गेडी हरु

"गेडी हरु"-४ (चार)

भोजपुरे बजार, डबकीले हानेर
मानिसको हजार, छपनीले छानेर!!
धानेर,
तिमीलाई, लान्छु जानेर!!
****************

काली भनि नहेप, छानी रोजी नगर
साँच्चा मायाँ कालीको, रुँगी रंछे डगर!!
छायाँले,
दुख्यो मुटु तिम्रो मायाँले!!
*****************

सपनिको रातमा,तिमीलाई देखेंथें
विपनीको दिनमा,तिमीलाई भेटेथें!!
गयौरे,
अर्कैको पो, तिमी भयौरे!!
****************

समाउँदै कलम, मौलिकले जाउँ है
हाँसी खुसी रमाउँ, गेड़ा गुड़ी खाउँ है
ढुक्कले,
आफ्नो दुनो, सुल्झौँ सुखले!!
******************


मिना बान्तवा "मृदु"

आदरणीय मित्रहरु,गज़ल,तान्का,हाईकु, आदि जस्तै यो पनि एक प्रकारको विधा
हो,सर्ब प्रथम चुम लिम्बु जीले हाम्रो फेस्बूक्मा नियमहरु देखाउनु भएको थियो |
त्यस आधारमा म यो गेडिको उत्पादन गरेकी हुन् यस्तै यो मेरो 5 औ पटक हुँदैछ
धन्यबाद !

गद्य-कविता;- आयो! आयो! नयाँ बर्ष !!!

नमस्कार तथा अभिवादन!२०६७ साल नयाँ वर्षको उपलक्षमा सम्पूर्ण मेरा मित्रहरु
लाई यो बान्तवा "मृदु" को तर्फबाट मंगलमय हार्दिक शुभकामना टकराउन चहान्छु,


आयो! आयो! नयाँ बर्ष
पालुवा बोकेर साथमा
पूरानो पात फ्याँकेर
नयाँ-नयाँ पातमा
आयो मूना बनी-बनी
बसन्त ऋतु संगै-संगै
आयो नयाँ वर्ष आयो !
विना स्याहारका ति
तुल-फूलहरु पनि यहाँ
अब फूल्न कर लाग्छ
फ्याँकिएको सिमली पनि यहाँ
अब झुल्न कर लाग्छ
किनकी
हर नेपालीको खुसीमय
हाँसो
बोकेर
आयो
उमंग
बोकेर
आयो! नयाँ बर्ष आयो !

भत्केको टाल्नलाई
भाडिएको छेक्नलाई
देश भरी खुशी ल्याउँन
शान्तिको दियो बाल्नुलाई
हिजो आमाको काखबाट
हराएको छोरा छोरीहरु
आज आमाले पाउँनुलाई
हिजो सिन्दुर पुछिएको
चेली बेटीको आज यहाँ
हँसिलो मुहार पार्नलाई

छेक्ने छैन आब
कुनै पनि कालो त्यो
इतिहासले
देख्ने छैन अब
कुनै दुष्साहसले
कुनै गिद्दे नजरले
कुनै नरभक्षी राक्षसले
खोल ओडेको ब्वाँसोले
अजिंगर र हुचिलले
किन कि म विर हुँ
वि

वि

को
सन्तान हुँ
अब यो देश हराभरा
यसरी पारेर छाड्नु छ
साधुलाई शुली होइन
चौतारो दिनुछ
चोरलाई चौतारो हैन
शुलीमा लगाउँनुछ
अब म सिकाउँछु
र लेखाउँछु सभ्यता
विश्व इतिहासमा

बुकी झार अनि
कचिंन्ड़े झार
जरै देखि उखालेर
निर्मुल गर्छु अनि
नयाँ सुन गाभा
गुराँस फुलाउँछु
गोल सिमल बोलाउँछु
खेतका गह्राभरी
धानको बाला झूलाउँछु
ब्याँसी र पाखा भरी
सुनाखरी फूलाउँछु

घामले पोले पनि
पानीले पिटे पनि
दुःख र पिडा खपेर
यहीं पसिना बगाउँछु
अब आफ्नो कर्तब्य
म आफैं गर्छु
आफैं
गर्छु
कलम र मेशीन
जे-जे छन मेरो हातमा
मेरै देशमा
कोदाली र खुर्पी
जे-जे छन
त्यहीं प्रोयोग गर्दै
श्रम जिवीलाई
श्रमको जिम्मा
बुद्धि जिवीलाई
बुद्धिको जिम्मा
कुचिकारलाई
कुचीको जिम्मा
लडाकुलाई देश
सुरक्षा गर्ने जिम्मा
पहरेदारलाई
पहराको जिम्मा
किसानलाई
किसानको जिम्मा
साहित्यकारलाई
साहित्यको जिम्मा
मजदुरलाई
मजदुरीको जिम्मा
हरेक क्षेत्रबाट
आब हामी जुट्ने छौं

बृद्धालाई आश्रम दिएर
टुहुरा लाला-बालालाई
अनेक सेवा गरेर
सुबिधा शिक्षा दिएर
अब्राहम लिंकन
लियोनार्दोदा, टोरिस्टो
र एरिस्टो बनाउँनु छ

एक्लालाई इज्जत गरी
शिल्प ज्ञान दिई
विश्वको सामु
उभ्याउनु छ
हेर मैले अब
सुवास फैलाई
नेपाली धर्तिको नाम सदा
उदाहरण बनाउँनु छ
भिर
पाखा
डांडा
काँडा
समतल बनाई
बाटो-घाटो बनाउँनुछ
म आजै देखि सुरु गर्छु
पहरालाई छेंडेर
भित्रै-भित्रै सडक बनाउँनुछ
निकाल्छु बिजुली
अरुण र तम्मर
सुन कोशी बाट
बिजुली उत्पादन गरी
कलकारखाना बनाउँछु
देश बिकाशले
झल र मल बनाउँछु

हे! मेरी आमा
जन्म जननी
अब चिन्ता नगर
हसाउँछु तिम्रो मुहार
पुरानो बुद्धिको
भाँडो फ्याँकेर
नयाँ भाड़ो सिर्जना गर्छु
पुज्दछु आमाको शिर
फूल र पातीले
दस धारा दुधको भारा
दस महिनाको पिडा
काटेरै छाड्नुछ

हो म आमा त्यो
तिम्रै भिमसेनको सन्तान हुँ म
हो आमा म त्यो
तिम्रै बलभद्रको सन्तान हुँ म
हो आमा म त्यो
गोर्खा-गोर्खालीकै सन्तान हुँ म
हो आमा म त्यो
भृकुटी सीताको सन्तान हुँ म
हो आमा म उहीं
लुम्विनी-बुद्धको सन्तान हुँ म
त्यसैले राख्दिन
भेद
भाव
रिस
राग
क्रोध
कलोशहरु

को ब्राह्मण
को बैस्य
को क्षेत्री
को शुद्र
को छुद्र

आमा! म तिम्रै नै
सन्तान हुँ सन्तान!
अब यो कुविचार
पनि जरै देखि फाल्छु
थाप्दीन हात कसै संग
निच्च भएर बस्दिन
आफ्नै कर्ममा बाँच्छु
जति छ त्यति मै
हाँसी खुशी रमाउँछु

काटे रगत आउँछ रातो,
कुटे आय्या! नि आमा!
भनि रुन्छन्
सबैलाई उस्तै दुख्छ
किन कि म नेपाली नै हुँ
म कुनै आतंकबादी हैन
म कुनै विदेशी हैन
आमा म कुनै बैरी शत्रु हैन

म जहाँ जन्मे
उही मेरो जन्म घर
म जहाँ हुर्के
उहीं मेरो कर्म घर
गर्दिन हिँसा अबहेलना
दाजु र भाइलाई
चेली र बेटी लाई
एक्लो निन्छुरालाई
बरु केही दिन्छु
गर्छु सेवा सत्कार्य

सामाजिक कुरीति
कुसंस्कार तोड्नुछ
लोटे ढोके पोटेलाई देखाई
हेर अब म इतिहासमा
कहिले नलेखेको
नौलो कथा लेख्नुछ

डराउँदिन कसैसंग
दिन-दहाडै हेपे पनि
शत्रुले मिसाईल नै
फ्याँकेछ भने पनि
निहुराउँदीन शीर
टेक्दीन घुँडा त्यसैले
बाँच्नु छ जुटेर
किन कि म
एक भाई छुइन
सात
भाई
बनि
शुत्र
सात-सात वटा
धागो एक बनिनु छ
किन कि मेरो मात्रुको
लुटिएको इज्जतहरु
अब मैले फिर्ता ल्याउनु छ
कुटिएको सन्तानको
न्याय दिलाउनु छ,



बुकी झार र
कचिंन्ड़े झार
जरै देखि समाई
उखालेर फ्याँक्छु
नयाँ सुन गाभा
गुराँस फुलाउँछु
गोल सिमल बोलाउँछु
खेतका गह्राभरी
धानको बाला झूलाउँछु
ब्याँसी र पाखा भरी
सुनाखरी फूलाउँछु

यो नयाँ बर्षमा
लुतो र काउसो फ्याँक्छु
यो नयाँ बर्षमा
कचिँन्ड़ो र बुकी फ्याँक्छु
यो नयाँ बर्षमा
मनको मैलो फ्याँक्छु
यो नयाँ बर्षमा
सात-सात धागो कात्छु

मिना बान्तवा "मृदु"






Sunday, April 4, 2010

गज़ल-तिम्रो छायाँको छापले बलेछु||


तिम्रो छायाँको छापले बलेछु||
तिम्रै मायाँको चापले बलेछु||

याद सायद नआए हुन्थ्योनी
भूल अन्जान पापले बलेछु||

पोल्छ सुन्यता खग्रास हृदय
तिमीले छोएको रापले बलेछु||

ब्याथा भित्रको बाध्यता थपिँदा
हुरी-चिन्ताको मापले बलेछु||

झुठा भएछन् ति वाचा कसम
तिम्रो चिठीको खापले बलेछु||

आँसु पुछ्दै भिजेको परेली
पलपल पश्यातापले बलेछु||

खोइ! कस्लाई कसरी सोधनु
अन्तर-प्रस्नको बिलाप्ले बलेछु||


मिना बान्तवा "मृदु"

कविता- "अनुभवको हुरी"

जहिले एक हुरी आउँछ
मलाई सताई रहन्छ!
मेरो वरी-परि घुमी रहन्छ
सुँई-सुँई गर्दै सुसाई रहन्छ!
मेरो मन मस्तिष्कलाई चिर्दै
सियोले झैं दुःखाई रहन्छ!
यो क्रम न समाप्त नै हुन्छ
यो त ,,,,,,,, हो
यो हुरी न हो............!

न यसलाई तार्न सक्छु
न त यसलाई सार्न सक्छु!
त्यो आंधी हो
त्यो बतास हो!

वस म मौन हुन्छु
चुप-चाप हुन्छु!
बच्न र छेल्न छ
अरु उपाय छैन!
बिकल्प कित.....!
ति

स्
का

कित प्रतिरोध!!
महसुस र अनुभव,
फिक्का-फिक्का गर्दै लिन्छु!
फगत त्यस समयको परिवेसमा

हेर्दा हेर्दै त्यो हुरी टाढीन्छ
मेरो नजिक बाटै टर्छ!
अनगिन्ती खंजर लिएर
अनगिन्ती खोड़ा लिएर!
उ नचाही-नचाही
वाई
वाई
गर्छ!
म छिटो-छिटो टाटा गर्दै
हुरीलाई बिदा दिनु हतारिन्छु!
म ढुक्क हुन्छु त्यसबेला
म धन्यको, पात्र अनुभव गर्छु!

ढुक-ढुक गरेको छाती
स्पर्सी हत्केलाले छाम्छु!
आफुलाई भाग्य स्तरको अनि
मझौला भाग्य मानी ठान्दछु!
किनकी बोझ बाटो लागेको छ
थोरै दुःख भए पनि बाटो लागेको छ!
बल्ल मन प्रफुल्ति हुन्छ
मन हलुको र सितल हुन्छ!


-पर सम्म नियाल्छु!
फेरी अर्को हुरी आउँन लाग्छ
जब पातहरु हल्लिन्छ्न!
अनुभव बटुलिन्छन
त्यो हुरी हेर्दा हेर्दै भूँमरी बन्छ!
अनि कुनै बटुवालाई बेर्छ!
उ चिच्च्यौछ कराउँछ
उ भागेर छेवैमा आउँछ!

नु

वै
-अनुभवको संघर्ष गर्छु!
त्यो हुरीको बेग भूँमरी बनिएर
फेरी कतै फर्कने त हैन???
एक पटक शिर देखिन् पैताला सम्म
त्यो बटुवालाई नियाल्छु!
उसैको ठाउँमा आफुलाई राखेर
मनले धेरै सोच्छु-सोच्छु!
म सधैं भूँमरीको अनुभवमा
म आँधिको अनुभवमा डुब्नु!
म भागिदार हुनुमा
प्रस्न आफैलाई दोहोराउँछु!
सं

र्षै
संघर्षको अनुभव गर्छु!
हुरीसंग चुप-चाप हुन्छु!
आंधी संग चुप-चाप हुन्छु!!


मिना बान्तवा "मृदु"

गज़ल-"सपनीमा मूँसुमूँसु"


सपनीमा मूँसुमूँसु हाँस्दै आयौ तिमी||
इन्द्रेणीका रंगहरु गाँस्दै आयौ तिमी||

मुस्काइमै झूमुं झुमुं लाग्ने खाल्को नशा
अनुभव जाग्यो साँचै नाँस्दै आयौ तिमी||

मुस्कानले टुँनामुना जादु झस्को लाग्यो
निदरिको पर्खालनै माँस्दै आयौ तिमी||

कौतुहल मनभित्र जाग्न थाल्यो अझ
खेलखाँची नानाभाँति टाँस्दै आयौ तिमी||

विपनिकै राम हौकि कृष्ण काले श्याम
धनुषझैं तीर हान्दै छाँस्दै आयौ तिमी||

नजरले छेंड़छाँड़ धनु वाण ताक्दै
खासखुस मृदु छेउ खाँस्दै आयौ तिमी||

मिना बान्तवा "मृदु"

गद्य कविता-

तिमी कती स्वार्थी है ?
न तिमी कान सुन्छौ
न तिमी आँखा देख्छौ !
न तिम्रो मुटु नै छ
न तिमीसंग मायाँ नै छ
न त दया नै हे,,हे,,
हा! तिमी स्वार्थ रे!
मुटु नहुँदा मायाँले अनि
दयाले कहाँ बस्ने र ?
तिमी कती निर्दयी,,

तिमी कती निष्ठुर,क्रुर
एक आपस विचमा
विष घोली दिन्छौ !
तिमी कती बैमानी है ?
तिमी कति कमजोर
झन् लडेको मानिस माथि त
तिमी घोड़ा चढेर
लागम नै कस्छौ है ?
तिमीले आफ्नै गन्तब्य र
आफ्नै मात्र बाटोमा दौडाउँछौँ !

हा ! तिमी स्वार्थ
आफन्तलाई पनि चिन्दैनौ!
लाज,सरम,धारम,घृण,पचेको
थु! स्वार्थ,, तिमी धिक्कार हौ!
धिक्कार छ तिमीलाई
भगवान देखि पनि डराउँदैनौ !
तिमीले गुण पनि देख्दैनौ!
तिमी कति बैगुनी
तिमी त्यो अजंग्मा बसेर!
अरुको दुःखमा यसरी
खट,,,खट,,,खट,,,हाँस्छौ !

अरुको पिरमा सुइसेल्छौ
उत्साहको खुसी मनाउछौ
न अगाडी देख्छौ
न पिछाडी देख्छौ !
ओहो! तिम्रो त साँच्चै
आँखा नै पो छैन !
ओह! म त बिर्सेछु !
हे! तिमी सपांगहरुको पनि
तिमी अपांग,अन्धो पो हौ!

ए ! पापी स्वार्थ!
तिम्रा धेरै हातहरु छन्
तिम्रा धेरै दार्हा छन्
ति दार्हा लामा-लामा छन् !
ति दार्हा हरिया-हरिया छन् !
चाल नपाई तिमीले दार्छौ !
चालै नपाई लाश बनाई दिन्छौ !
जिउँदैलाई रगत चूस्छौ !
हड्डी र कुड्डी बनाई दिन्छौ !
सम्सान घाटमा पुर्याई दिन्छौ
जिउँदो लाश बनाई दिन्छौ

दया भनेको के हो?
कुन चिजको नाम हो !
तिमीलाई थाहै छैन !
कसैलाई गन्दै गंदैनौ !
कसैलाई चिन्दै चिन्दैनौ !
आडंम्बर,अहंमताको
स्वर्ण आशन दरवारमा !
आफूलाई इन्द्रको मालिक ठान्छौ !
छि: छि: घिन लाग्दो

अरु नंगा झार पार्छौ
अरुलाई मात्र मार्छौ !
आफ्नो कुम्लो मात्र बोक्छौ
दुनो र कुनो सिधा गर्छौ
मानवलाई सडकमा पुर्र्याई !
घुइकाई फ्याकी दिन्छौ !
तिमी त्यो बलात्कारी हौ !
तिमी निर्मम हत्यारा हौ !
कसैले देख्न नसक्ने !
तिमी महा हत्यारा हौ !

मानव र मानवियताको
दिन डाहदै गरी
इज्जत लुटी हिड्छौ !
लुटिरहेका छौ !
तिम्रो हातमा अनेक सस्त्र !
अनि अस्त्रहरु छन्
तिम्रो हातमा खंजर
तिम्रो हातमा अनुबम छ

तिम्रो जिउ भरि
लामा-लामा रौं छन् !
तिम्रा जिउ भरि काउसो छ !
जो अरुलाई चिल्न दाउ गर्दै !
चिलेर, दुःख दिई बस्छौ
अरुको मन मस्तिष्कमा
चह्राई बस्छौ,चह्राई बस्छौ
दुःखी दुःखी नै बस्छौ
तिम्रो अनुहार रातो,कालो छ
तिम्रा हातहरुमा राक्षसी नंग्रा छन्
छि:! घृण लाग्दा नंग्राहरु
छि:! घृण लाग्दा ब्यबहारहरु,

तिम्रा आँखा उस्तै लोभी,पापी,
बुँवासोको सिकारी चाल
तिम्रा अन्यायी हातहरु
तिम्रा शरीरै भरि रौँहरु
अनि काँडा मात्र छन्
तिम्रो मुटु निर्जीव छ
पाइलामा खूनको डाम छ!
तिम्रो लालित्य हाउ भावमा
खतराको संकेत छ !

तिमी दानव हो!,,,दानव !
अझ तिम्रा चर्ती कलाले त
तिमी प्रत्यक्ष महा-दानव
अझै उफ्! खोइ!
कुन उप नाम दिउँ ?
निर्जीव,,अजिव,,सजीव
हा ! पापी स्वार्थ
उफ ! स्वार्थी पापी!
जीवित भै निर्जीव!
जीवित भै सजीव!!


मिना बान्तवा "मृदु"

गज़ल-हिजो सम्म भन्थ्यौ, सानी तिमीले|


हिजो सम्म भन्थ्यौ, सानी तिमीले|
ढिलो आएँ भन्थ्यौ, रानी तिमीले|

आज कता-कता, लाग्यौ मायाँलु
पार्न पायौं आतेस् ,जानी तिमीले||

तिम्ले काँडा ठाने, फूलै मानौला
नगर है मन, मानी तिमीले||

गरे थियौ मिठा, वाचा बन्धन
बात गर्थ्यौ सुष्म, ज्ञानी तिमीले||

चुप हुँदा सोध्थ्यौ, केभो जिन्दगी ?
राख्थ्यौ काख हात, तानी तिमीले||

बस भन्दै पिडी, अघि सारेर
तिर्खा लाग्दा दिन्थ्यौ, पानी तिमीले||

तिमी बिना भन्थ्यौ, बाँच्न सक्दिन
मेरो मायाँ सोच्थ्यौ, खानी तिमीले||

सधै हाम्रो जोडी, पन्छी परेवा
साने सोच मन, धानी तिमीले||


मिना बान्तवा "मृदु"

आदरणीय मित्रहरु यो मेरो धेरै पहिलाको गज़ल हो यो मैले मझेरी डट कम र डिसी नेपाल आदि वेब साईटमा दि सकेको हो यसको नक्कल गर्नु खोजे कविहरुले तर उहाँहरुले त्यति उत्कृस्ट अझै बनाउनु सक्नु भएन मलाई दुःख लाग्यो त्यसैले फेरी आज यो स्मरण मेरो गज़ल अझैं परिमार्जित गरेर हालेकी छु, अझै परिमार्जित गदैछु,धन्यबाद,,!

Sunday, March 7, 2010

कविता-८ मार्च दिवशको

एतिहासिक नारी बिस्व ८ मार्च दिवशको महान चाडमा
सम्पूर्ण फेसबुक र ब्लग भिजिट गर्नु हुने मित्रहरुलाई एक सानो रचाना कविता छ|

"त्यसैले नारी एक घर समाजको पहिलो पाठसाला हुन्
अनि नारीलाई घृणा होइन सम्मान दिन सिक्नु पर्छ!!"

नारीलाई पाखा नभई नारीलाई काखा दिनु पर्छ|
सम्पूर्ण नारी फेस बुक का मित्र नारी मित्रहरु
नारीको सम्मान गर्ने पुरुष मित्रहरु मेरो नमस्कार छ |
```````````````````````````````````````````````````
कविता-; "नारी"

पृथ्बी पुरा चल्ने गर्छ नारी कोख र काखमा
नारी जिवन अभिषाप हैन न त हो श्राप नै!!
उस्का एउटा गल्ती सिनेमा झैं देखाइन्छन
न त ऊ भुलमा पर्नु उस्को त्यो महा पाप नै!!

हजार गल्ती पुरुषको लुकाएर लुक्न सक्छ
नारीको एउटा गल्ती तैरिएर छछल्किन्छ छाल झैं!!
खुशी सुख यहाँ सबै अरुलाई नै लुटाएर
नारी त्यो डुबीरहन्छे सधैं-सधैं आँशुको ताल मै!!

जति गुञ्जिएपनि नारी बेदनाका क्रन्दनहरु यहाँ
कानमा तेल हाली आँखामा कालो पट्टि लाउँछ दुनियाँ!!
त्यसैले त यहाँ हरेक क्षणहरु नारीका लागी बिषाक्त छन
जे गरे पनि आखिरमा त्यहि नारी नै रहन्छिन शुन्यतामा ।।

नारी तिमी एउटा रथको पाङ्ग्रा हौ भन्दै कुर्लिन्छ दुनियाँ
तर बोल्न सक्छौ हामी पनि चलाएर ज्वारभाटा यहाँ !!
कति पर्खिन्छौ, हामी सधै पिर अनि दुःखको भण्डार
छातीभरि पिर बोकी, आफ्नै जिबन पारी अंधकार!!

त्यसैले,,,,,,,

नारी कुनै सजाएर राखेको गुडिया होइन
नारी कुनै सिरानी र तन्ना होइन !!
नारी कुनै खुट्टाको जुत्ता होइन
नारी कुनै पाऊबन्दीको कठपुतली होइन!!

नारी मात्र बच्चा जन्माउने मेसिन होइन
चुलो र चौको मात्र उसको स्थान हैन!!
नारी डाडु र पुनिउ समाउने मात्र होइन
नारी त्यही हातले
कलम र बन्दुक पनि चलाउनु सक्छिन!!

मिना बान्तवा "मृदु"