Sunday, April 4, 2010

कविता- "अनुभवको हुरी"

जहिले एक हुरी आउँछ
मलाई सताई रहन्छ!
मेरो वरी-परि घुमी रहन्छ
सुँई-सुँई गर्दै सुसाई रहन्छ!
मेरो मन मस्तिष्कलाई चिर्दै
सियोले झैं दुःखाई रहन्छ!
यो क्रम न समाप्त नै हुन्छ
यो त ,,,,,,,, हो
यो हुरी न हो............!

न यसलाई तार्न सक्छु
न त यसलाई सार्न सक्छु!
त्यो आंधी हो
त्यो बतास हो!

वस म मौन हुन्छु
चुप-चाप हुन्छु!
बच्न र छेल्न छ
अरु उपाय छैन!
बिकल्प कित.....!
ति

स्
का

कित प्रतिरोध!!
महसुस र अनुभव,
फिक्का-फिक्का गर्दै लिन्छु!
फगत त्यस समयको परिवेसमा

हेर्दा हेर्दै त्यो हुरी टाढीन्छ
मेरो नजिक बाटै टर्छ!
अनगिन्ती खंजर लिएर
अनगिन्ती खोड़ा लिएर!
उ नचाही-नचाही
वाई
वाई
गर्छ!
म छिटो-छिटो टाटा गर्दै
हुरीलाई बिदा दिनु हतारिन्छु!
म ढुक्क हुन्छु त्यसबेला
म धन्यको, पात्र अनुभव गर्छु!

ढुक-ढुक गरेको छाती
स्पर्सी हत्केलाले छाम्छु!
आफुलाई भाग्य स्तरको अनि
मझौला भाग्य मानी ठान्दछु!
किनकी बोझ बाटो लागेको छ
थोरै दुःख भए पनि बाटो लागेको छ!
बल्ल मन प्रफुल्ति हुन्छ
मन हलुको र सितल हुन्छ!


-पर सम्म नियाल्छु!
फेरी अर्को हुरी आउँन लाग्छ
जब पातहरु हल्लिन्छ्न!
अनुभव बटुलिन्छन
त्यो हुरी हेर्दा हेर्दै भूँमरी बन्छ!
अनि कुनै बटुवालाई बेर्छ!
उ चिच्च्यौछ कराउँछ
उ भागेर छेवैमा आउँछ!

नु

वै
-अनुभवको संघर्ष गर्छु!
त्यो हुरीको बेग भूँमरी बनिएर
फेरी कतै फर्कने त हैन???
एक पटक शिर देखिन् पैताला सम्म
त्यो बटुवालाई नियाल्छु!
उसैको ठाउँमा आफुलाई राखेर
मनले धेरै सोच्छु-सोच्छु!
म सधैं भूँमरीको अनुभवमा
म आँधिको अनुभवमा डुब्नु!
म भागिदार हुनुमा
प्रस्न आफैलाई दोहोराउँछु!
सं

र्षै
संघर्षको अनुभव गर्छु!
हुरीसंग चुप-चाप हुन्छु!
आंधी संग चुप-चाप हुन्छु!!


मिना बान्तवा "मृदु"

No comments:

Post a Comment