Sunday, April 4, 2010

गज़ल-तिम्रो छायाँको छापले बलेछु||


तिम्रो छायाँको छापले बलेछु||
तिम्रै मायाँको चापले बलेछु||

याद सायद नआए हुन्थ्योनी
भूल अन्जान पापले बलेछु||

पोल्छ सुन्यता खग्रास हृदय
तिमीले छोएको रापले बलेछु||

ब्याथा भित्रको बाध्यता थपिँदा
हुरी-चिन्ताको मापले बलेछु||

झुठा भएछन् ति वाचा कसम
तिम्रो चिठीको खापले बलेछु||

आँसु पुछ्दै भिजेको परेली
पलपल पश्यातापले बलेछु||

खोइ! कस्लाई कसरी सोधनु
अन्तर-प्रस्नको बिलाप्ले बलेछु||


मिना बान्तवा "मृदु"

No comments:

Post a Comment