Tuesday, April 13, 2010

गद्य-कविता;- आयो! आयो! नयाँ बर्ष !!!

नमस्कार तथा अभिवादन!२०६७ साल नयाँ वर्षको उपलक्षमा सम्पूर्ण मेरा मित्रहरु
लाई यो बान्तवा "मृदु" को तर्फबाट मंगलमय हार्दिक शुभकामना टकराउन चहान्छु,


आयो! आयो! नयाँ बर्ष
पालुवा बोकेर साथमा
पूरानो पात फ्याँकेर
नयाँ-नयाँ पातमा
आयो मूना बनी-बनी
बसन्त ऋतु संगै-संगै
आयो नयाँ वर्ष आयो !
विना स्याहारका ति
तुल-फूलहरु पनि यहाँ
अब फूल्न कर लाग्छ
फ्याँकिएको सिमली पनि यहाँ
अब झुल्न कर लाग्छ
किनकी
हर नेपालीको खुसीमय
हाँसो
बोकेर
आयो
उमंग
बोकेर
आयो! नयाँ बर्ष आयो !

भत्केको टाल्नलाई
भाडिएको छेक्नलाई
देश भरी खुशी ल्याउँन
शान्तिको दियो बाल्नुलाई
हिजो आमाको काखबाट
हराएको छोरा छोरीहरु
आज आमाले पाउँनुलाई
हिजो सिन्दुर पुछिएको
चेली बेटीको आज यहाँ
हँसिलो मुहार पार्नलाई

छेक्ने छैन आब
कुनै पनि कालो त्यो
इतिहासले
देख्ने छैन अब
कुनै दुष्साहसले
कुनै गिद्दे नजरले
कुनै नरभक्षी राक्षसले
खोल ओडेको ब्वाँसोले
अजिंगर र हुचिलले
किन कि म विर हुँ
वि

वि

को
सन्तान हुँ
अब यो देश हराभरा
यसरी पारेर छाड्नु छ
साधुलाई शुली होइन
चौतारो दिनुछ
चोरलाई चौतारो हैन
शुलीमा लगाउँनुछ
अब म सिकाउँछु
र लेखाउँछु सभ्यता
विश्व इतिहासमा

बुकी झार अनि
कचिंन्ड़े झार
जरै देखि उखालेर
निर्मुल गर्छु अनि
नयाँ सुन गाभा
गुराँस फुलाउँछु
गोल सिमल बोलाउँछु
खेतका गह्राभरी
धानको बाला झूलाउँछु
ब्याँसी र पाखा भरी
सुनाखरी फूलाउँछु

घामले पोले पनि
पानीले पिटे पनि
दुःख र पिडा खपेर
यहीं पसिना बगाउँछु
अब आफ्नो कर्तब्य
म आफैं गर्छु
आफैं
गर्छु
कलम र मेशीन
जे-जे छन मेरो हातमा
मेरै देशमा
कोदाली र खुर्पी
जे-जे छन
त्यहीं प्रोयोग गर्दै
श्रम जिवीलाई
श्रमको जिम्मा
बुद्धि जिवीलाई
बुद्धिको जिम्मा
कुचिकारलाई
कुचीको जिम्मा
लडाकुलाई देश
सुरक्षा गर्ने जिम्मा
पहरेदारलाई
पहराको जिम्मा
किसानलाई
किसानको जिम्मा
साहित्यकारलाई
साहित्यको जिम्मा
मजदुरलाई
मजदुरीको जिम्मा
हरेक क्षेत्रबाट
आब हामी जुट्ने छौं

बृद्धालाई आश्रम दिएर
टुहुरा लाला-बालालाई
अनेक सेवा गरेर
सुबिधा शिक्षा दिएर
अब्राहम लिंकन
लियोनार्दोदा, टोरिस्टो
र एरिस्टो बनाउँनु छ

एक्लालाई इज्जत गरी
शिल्प ज्ञान दिई
विश्वको सामु
उभ्याउनु छ
हेर मैले अब
सुवास फैलाई
नेपाली धर्तिको नाम सदा
उदाहरण बनाउँनु छ
भिर
पाखा
डांडा
काँडा
समतल बनाई
बाटो-घाटो बनाउँनुछ
म आजै देखि सुरु गर्छु
पहरालाई छेंडेर
भित्रै-भित्रै सडक बनाउँनुछ
निकाल्छु बिजुली
अरुण र तम्मर
सुन कोशी बाट
बिजुली उत्पादन गरी
कलकारखाना बनाउँछु
देश बिकाशले
झल र मल बनाउँछु

हे! मेरी आमा
जन्म जननी
अब चिन्ता नगर
हसाउँछु तिम्रो मुहार
पुरानो बुद्धिको
भाँडो फ्याँकेर
नयाँ भाड़ो सिर्जना गर्छु
पुज्दछु आमाको शिर
फूल र पातीले
दस धारा दुधको भारा
दस महिनाको पिडा
काटेरै छाड्नुछ

हो म आमा त्यो
तिम्रै भिमसेनको सन्तान हुँ म
हो आमा म त्यो
तिम्रै बलभद्रको सन्तान हुँ म
हो आमा म त्यो
गोर्खा-गोर्खालीकै सन्तान हुँ म
हो आमा म त्यो
भृकुटी सीताको सन्तान हुँ म
हो आमा म उहीं
लुम्विनी-बुद्धको सन्तान हुँ म
त्यसैले राख्दिन
भेद
भाव
रिस
राग
क्रोध
कलोशहरु

को ब्राह्मण
को बैस्य
को क्षेत्री
को शुद्र
को छुद्र

आमा! म तिम्रै नै
सन्तान हुँ सन्तान!
अब यो कुविचार
पनि जरै देखि फाल्छु
थाप्दीन हात कसै संग
निच्च भएर बस्दिन
आफ्नै कर्ममा बाँच्छु
जति छ त्यति मै
हाँसी खुशी रमाउँछु

काटे रगत आउँछ रातो,
कुटे आय्या! नि आमा!
भनि रुन्छन्
सबैलाई उस्तै दुख्छ
किन कि म नेपाली नै हुँ
म कुनै आतंकबादी हैन
म कुनै विदेशी हैन
आमा म कुनै बैरी शत्रु हैन

म जहाँ जन्मे
उही मेरो जन्म घर
म जहाँ हुर्के
उहीं मेरो कर्म घर
गर्दिन हिँसा अबहेलना
दाजु र भाइलाई
चेली र बेटी लाई
एक्लो निन्छुरालाई
बरु केही दिन्छु
गर्छु सेवा सत्कार्य

सामाजिक कुरीति
कुसंस्कार तोड्नुछ
लोटे ढोके पोटेलाई देखाई
हेर अब म इतिहासमा
कहिले नलेखेको
नौलो कथा लेख्नुछ

डराउँदिन कसैसंग
दिन-दहाडै हेपे पनि
शत्रुले मिसाईल नै
फ्याँकेछ भने पनि
निहुराउँदीन शीर
टेक्दीन घुँडा त्यसैले
बाँच्नु छ जुटेर
किन कि म
एक भाई छुइन
सात
भाई
बनि
शुत्र
सात-सात वटा
धागो एक बनिनु छ
किन कि मेरो मात्रुको
लुटिएको इज्जतहरु
अब मैले फिर्ता ल्याउनु छ
कुटिएको सन्तानको
न्याय दिलाउनु छ,



बुकी झार र
कचिंन्ड़े झार
जरै देखि समाई
उखालेर फ्याँक्छु
नयाँ सुन गाभा
गुराँस फुलाउँछु
गोल सिमल बोलाउँछु
खेतका गह्राभरी
धानको बाला झूलाउँछु
ब्याँसी र पाखा भरी
सुनाखरी फूलाउँछु

यो नयाँ बर्षमा
लुतो र काउसो फ्याँक्छु
यो नयाँ बर्षमा
कचिँन्ड़ो र बुकी फ्याँक्छु
यो नयाँ बर्षमा
मनको मैलो फ्याँक्छु
यो नयाँ बर्षमा
सात-सात धागो कात्छु

मिना बान्तवा "मृदु"






No comments:

Post a Comment