Tuesday, April 13, 2010

गेडी हरु

"गेडी हरु"-४ (चार)

भोजपुरे बजार, डबकीले हानेर
मानिसको हजार, छपनीले छानेर!!
धानेर,
तिमीलाई, लान्छु जानेर!!
****************

काली भनि नहेप, छानी रोजी नगर
साँच्चा मायाँ कालीको, रुँगी रंछे डगर!!
छायाँले,
दुख्यो मुटु तिम्रो मायाँले!!
*****************

सपनिको रातमा,तिमीलाई देखेंथें
विपनीको दिनमा,तिमीलाई भेटेथें!!
गयौरे,
अर्कैको पो, तिमी भयौरे!!
****************

समाउँदै कलम, मौलिकले जाउँ है
हाँसी खुसी रमाउँ, गेड़ा गुड़ी खाउँ है
ढुक्कले,
आफ्नो दुनो, सुल्झौँ सुखले!!
******************


मिना बान्तवा "मृदु"

आदरणीय मित्रहरु,गज़ल,तान्का,हाईकु, आदि जस्तै यो पनि एक प्रकारको विधा
हो,सर्ब प्रथम चुम लिम्बु जीले हाम्रो फेस्बूक्मा नियमहरु देखाउनु भएको थियो |
त्यस आधारमा म यो गेडिको उत्पादन गरेकी हुन् यस्तै यो मेरो 5 औ पटक हुँदैछ
धन्यबाद !

No comments:

Post a Comment