Tuesday, April 13, 2010

कथा-"भरोसाको स्वास"

कथा- "भरोसाको स्वास"

नेपालको एक पहाडी गाउँमा एक परिवार थियो| दुइ जना लोग्ने स्वास्नी र एक छोरा थिए, जम्मा तीन जनाको परिवार थियो | छोरोको नाम नारायण थियो| आमा बुवाले अनि छर-छिमेकी र साथीहरुले नारायण-नारायण भनि बोलाउने गर्दथ्यो |
नारायण एक्लो छोरो थियो सम्पतिको एकलौटी हकदार थियो बुवा र आमाले नारायण आफ्नो यौटै छोरोको भविस्यमा ठुलो आसा र भरोसा गरेका थिए |
नारायण एक्लो छोरो ज्ञान आउने बेला भै सक्दा पनि बाबु आमाको लाड़ प्यारले गर्दा उसको बुद्धि कहिलै पलाएनछ र छिप्पिएनछ, नारायण साथी भने पछि सात डांडा पारी पनि पुग्थ्यो, साथी संगी-संग आल्मलिएर-बराल्लिने बानि थियो|
नारायण एका बिहानै उठेर हिडे पछी रातमा मात्र आउथ्यो|
बुवा आमाले राम्रो गरी अनुहार पनि हेर्न र राम्ररी बोल्न पनि पाउन्दैनथ्यो, बुवा आमाले नारायण ? भनि मात्र बोलाउदा बाटो काटी सकेको हुन्थ्यो, नारायण घरमा कहिले बस्दैनथ्यो बाबा आमालाई सानो भन्दा सानो कुरा पनि सहयोग गर्दैनथ्यो त्यही घर मूनिको कुवाबाट एक लोटा पानी धरी ल्याई सघाउँदैनथ्यो बुढी आमाले र बुवाले सकी नसकी भए पनि पानी गाग्रीमा भरेर ल्याउथे | खेत बारीको काम ब्यबहार सबै बुवा र आमाले नै गर्थे|

त्यसरी नै दिन बित्दै जाँदा केही समयपछि नारायणको आमा बुवा दुवै जना बुढा-बुढीको हात खुट्टा चल्न नसक्ने भएछ तागतहरु बुढो भएछ वरको सिन्को पर सार्न पनि नसक्ने अवस्थाको जिउ भएछ, शरीर र गालाहरु झन्-झन् दिन दिनै चाउरी परेछन| मानिसको जीवन न हो, कहिले बालक, कहिले जवान, कहिले बुढो हुनु पर्ने अनि एकदिन मर्नु पर्ने,यो संसारको रीति नैं यस्तो के गर्ने, उनीहरु दुवै जना दिन दिनै घरले जा-जा बनले आइज-आइज भन्ने स्थितिमा पुगेछन |
एकदिन त नारायणको आमा सार्है बिमारी भईछन | तर नारायणको बुवाले नै सकी नासकी लाठी टेक्दै भए पनि कुवामा गइ पानी भरेर घरमा ल्याई सहयोग गर्ने गर्थ्यो | बिमारी आफ्नी बुढीलाई आफैले पानी पिउन र तातो चिसो बनाएर दिन नारायणको बुवाले नै सहयोग गर्थ्यो |
नारायणको आमा बिमारी भएको एक महिना पछि नारायणको आमाले नारायण र नारायणको बुवालाई यो संसारमा छाडी उनी एक्लै गईछिन | घरमा नारायण र अब बुढों बुवा मात्र रहे | बुढो पनि बुढीको स्याहार चाकडी गर्दा-गर्दा लखतरान भै धेरै काम्जोर भएछन | नारायण त्यस्तै राती कति खेर आउँछ बिहान कति खेर बाहिर जान्छ यस्तै क्रम नारायणको कहिल्यई रोकिएन | एकदिन एका बिहान बुढा उठेर नारायण? नारायण? भनि बोलाएछ नारायण बोलेन घर सुन-सान थियो नारायणले बाटो तताई सक्यो भनि नारायणको बुवालाई थाहा भो | फेरी त्यो रात बुढाले आब म राती भा नि पर्खेर कुरा गर्छु भनि पर्खेछन र रातमा बोलाउने जमर्को गरेछन | राति नारायण आयो त्यसपछी बुवाले नारायण यहाँ आइज त एउटा कुरा छ? भनेछन बुढा बुवाले बोलाएको नारायणले वास्तै नगरी कान नथापीकन एक कानले सुनी अर्को कानले उड़ाएछ, खास कुरो के रहेछ भने बुढो नारायणको बुवालाई बिचरा सार्है खिर खानु मन लागेको रहेछ र नारायणलाई बोलाको रहेछ तर छोरो नारायण कान नथपेको कुरो नारायणको बुवाले बुझी फेरी भोलि पल्ट फेरी भन्छु भनि सोचेछन भोलि पल्ट राती नारायणको बुवाले फेरी नारायण? ए नारायण ? अलिकति खिर खान मन लागेको थियो भनेछन, नारायणले जवाफ दिएनछ, अनि बुढाले हातले मुख मुसार्दै मन मनै लोउ त के गर्नु भन्दै कोठामा गएर श्रीमति हुँदाको बेलाको कुरा सम्झन्दै मन बिसाएछन, बितेका दिनको कुरा एक्कोहोरो सोचेर सुतेछन, फेरी केहि दिन लगतै बुढालाई चिसोले खोकी लागेर ज्वरो आयो अनि बुढो ओछ्यान पर्यो नारायण आफ्नो एक्लो छोरो पनि बसेर राम्ररी बात मर्दैन बुढो धुम-धुमती एक्लो छ छोरो छेउ नै पर्दैन बुढाले मन मनै हरेस खाएछ आब म पनि मर्छु होला यही व्यथाले लान्छ होला मलाई भनि आत्मा हारी सकेछन अनि अर्को दिन बिहान बुढाले नारायणलाई बोलाएर केही भला कुसारी गर्ने सोच बनाएछ म कमसे कम छेउमा बसेर म छोरो नारायणसंग एक पल्ट बोल्छु अनि मरे पनि मरौंला, भनि सोचेछ तर भोलि बिहान हेर्दा नारायण घर बाट बाहिर निस्की सकेको थियो,,|त्यस्तै दिन बित्यो एक दिन त बुढा मान्छे अन्तिम स्थितिको थला परेछन र दिमागले पनि काम नगर्ने एक्कोहोरो बोल्ने मात्र भएछ | गाउँ घरकाले भियाउदा पानी दिन्थे, खान दिन्थ्यो, बिमारी बुवाले जहिले पनि ओछ्यान बाट नारायण ?नारायण ? ए नारायण पानी पिंउँछु नारायण पानी देन मलाई भनि रातमा पनि दिनमा पनि बोलाई रहन्थ्यो | बाटोको घर थियो, कहिले काही बाटोमा हिड्ने बटुवाले बुढालाई पानी दिन्थे भने गाउँ घरको मानिसले आएर खाने कुरा दिन्थे तर सधैं त छिमेकीले बटुवाले पनि कहाँ र बुढा मान्छे पानीको प्यासले भोकले प्याक-प्याक हुन्थ्यो नारायण पानी ?नारायण पानी ? भनि रहन्थ्यो | साच्चै एक दिन त केही लागेन साँझ हुने बेला घाम डुब्न लागेको थियो बुढा प्राण छोड्ने बेला भएको रहेछ | धेरै बेर नै चिच्याई नारायण पानी ? नारायण पानी ?नारायण पानी ? भनि कराईरहेछन नभन्दै केहि बेर पछी नारायण आएर नारायणले सोधे बुवा के भो? पानी पिउन मन लाग्यो ? भनि राम्ररी सोधे बुवाले अँ! छोरा मलाई अति प्यास लागेको छ भनेछन नारायणले बुवा म पानी ल्याउछु एक छिन् पख्नोश है त ! भन्दै भित्र पसेर छोराले काँसाँको आम्खोरामा पानी ल्याई मुखमा टुटी बाट पियाई दिएछ,
एकै छिन् पछी गाउँ घर छिमेकि बुढोकोमा आई पुगेछन बुढाले प्राण जान लागेको झिनो बोली गर्दै
बुढाले छिमेकीलाई सुनाएछन........म आज धेरै खुसि छु छिमेकि हो! भनेछन अनि छिमेकीले किन र बा? भनि सोधेछन आज मेरो छोरा नारायणले मलाई पानी पिउन दियो अब म आनन्दले मर्न सक्छु, आज मैले मेरो छोरा नारायणको हात बाट पानी पिउन पाएँ, त्यही म पर्खेर बसेको थिएँ भनि बुढाले सबैलाई सुनाएछन र सबैलाई छोडेर ऊ पनि आफ्नो कुटीतिर वास लागेछन त्यसपछि गाउँलेले नारायणलाई यसो वरिपरी हेरेछन तर त्यहाँ सुनसान थियो! त्यहाँ त नारायण थिएन-नारायण कसैले देखेन छन् ,,,,!,,,,,(ओम् नारायण! नारायण! नारायण!)३
,,,,,,,!


"मृदु"

No comments:

Post a Comment