Tuesday, April 13, 2010

POEM- "जिन्दगी जय!,,,"part-4

POEM- "जिन्दगी जय!,,,"part-4

जय! जिन्दगी भय जिन्दगी
अनेक रुप जिन्दगी जय जय जय !!!

अब मैले जिन्दगीलाई प्रथम पूजा गर्छु!
पहिलो मान्न थालेकी छु!!
किनकी जिन्दगी मैले अरु चिज भन्दा
प्रथम देखें !!
यसलाई जता खियायो
त्यतै चल्दो रहेछ!!
अब जिन्दगीको माझी आफै संझनु पर्यो !

शुभम् जिन्दगी जोगायो माताले!
शुभम् जिन्दगी टेकायो माताले!!
शुभम् जिन्दगी देखायो माताले!
शुभम् जिन्दगी पार लाग्नु छ आफैले !!

त्यसैले ,,,,
माते: इस्वरको बरदान,
माते: सृष्टिको बरदान जय! जिन्दगी!!

यात्रा नछत्र संघर्ष
अपारम्म़ पार जिन्दगी!!

आशा अनि अभि लाषा !
उकाली अनि ओराली जिन्दगी!!

युद्ध अनि संन्धि
सुखा र दुःख पार्दु भाव जिन्दगी!!

दुःख र बेदना
हाँसो र आँसु जिन्दगी!

घाम अनि छायाँ
बिहानी अनि साँझ!
साथ-साथ बहुरुपी जिन्दगी!!

अस्ताय अनि उदाय
समसान जय जिन्दगी!!

मिना बान्तवा "मृदु"

पाठक मित्रहरु नमस्कार छ हजुरहरुलाई लागेका कुरा पनि जिन्दगीको बारेमा छाड्नु सक्नु हुने छ,

No comments:

Post a Comment