Tuesday, April 13, 2010

"होलीका पुर्णिमाको छोटो भेट यहाँहरु संग"

"होलीका पुर्णिमाको छोटो भेट यहाँहरु संग"

नमस्कार! सम्पूर्ण मेरा साहित्यिक ब्लगमा भिजिट गर्नु हुने आदरणीय मित्रहरु यहाँहरुमा होलिका पुर्णिमाको सु- आवसरमा मेरो हार्दिक सुभ-कामना छ |

होलिका देवीले सबैलाई रक्षा गरुन् जसरी प्रल्हाद भगवानको रक्षा भई होलिकाको सत्यमा बिजय भएको थियो त्यसरी नै सधैं सत्यको बिजय होस् |

यो चाड सबैलाई सर्व बितितै छ फागु पुर्णिमा अथवा होली पुर्णिमा भनेर चिनिन्छ, होलिका नामकी एक सत्यवती सावित्री स्त्री हिरण्य कस्यपुकी बहिनि थिईन् | उनको साथमा एक मजेत्रो थियो, त्यो मजेत्रो चाही आगोले कहिलै नखाने सत्य थियो,प्रल्हाद भगवान भक्त थिए हिरण्यकश्यपु ले आफ्नै छोरालाई, यानी कि दुस्मनले आगोको भूमरिमा हाल्दा होलिका देवीलाई एक हिरण्य राक्क्षसले होलिकालाई प्रयोगमा ल्याई प्रलाद प्रति नराम्रो काम गर्न आगोमा हालेको बेला, होलिका आगोमा हाम फालीन त्यो मजेत्रोले प्रल्हाद लाई छोपेर मजेत्रोले प्रलाद बचेका थिए, यसरी आफु खरानी भै आहुति भैन आफ्नो ज्यान को सुरक्षा गर्ने मजेत्रो अरुको लागि प्रोयोग भयो आफुलाई आगोमा ज्यान गुमाएर होलिकाको मजेत्रोले प्रल्हादको लागि बचाउ भयो | त्यस पछी सारा देश बासी प्रजाहरुले खुसीले गद-गद भएर अनेक ना-ना रंगका अविर रंगहरुको जात्रा टिको लगाई शिरमा पर्सि बाजा, गाजा बजाई नाँच गान गरि खुसियाली मनाएका थिए भन्ने हाम्रो भनाई छ, त्यस सोहि दिन देखिन् यो होलि फाल्गुनमा पर्ने पुर्णेमा होलिका देवीको नामले मनाउन सुरुवात भएको हो भनिन्छ,यसरी एक योद्दा नारीको नामबाट हाम्रो धार्मिक इतिहासिक परम्परामा प्रमाणित भएको छ, यदी होलिकाले तपस्य कठोर नगर्नु हुदो हो त उसले त्यस्तो आगोले नखाने मजेत्रो नपाउनु हुदो हो त हिरण्यकस्यपुले प्रलाद्लाई आगोमा हालेर होलिकालाई नपठाउनु हुदो हो त सायद होलि पुर्णिमा हुदैन थियो होला, यसरी नै नारीहरुलाई सरिक गराएर राम्रै हुने थियो नराम्रोमा सरिक गराउने प्रोयोग्मा ल्याउने काम यसरी भयो, एक तपस्वी ज्ञानी योद्दा महिलाको मजेत्रोले यसरी प्रल्हाद जस्ता भगवान भक्त योद्दाको ज्यान चाही बचायएकी थिईन भने नारीहरु त्यसबेलाको समयमा सत्य भक्ति साली, सक्ति साली थिए भन्ने कुरामा पनि सास्त्रमा धेरै देखिनामा आएको छ , हाम्रो इतिहास यथावत छ | अनेक युग-युग अनुसार नारी कहिले अरुको दासी त कहिले उच भएको देखिएको छ, कहीं भक्ति ऋषीको तपस्या भंग गराउन मोनिका बनाईयो यसरी ठुला भगवान हरुले समेत नारिहरुलाई , आफ्नो प्रयोगमा ल्याइएको देखिएको छ, कहिले सत युग कुमार लक्ष्मी, जस्तो त कहिले सीता त्रेता युगको, आज त २१ औ सताब्दीमा हामी आँखामा कतै कालो पट्टी बाँधेका त छैनौ ?

होलीलाई आजको युगमा अर्कै तरिकाले लगाम बिनाको तवर भै बदलिएर युवाले युवतीलाई हिडिरहेको बेलामा रंग हान्ने वा बाटोमा आफ्नो सुरले हिडी रहेको निर्दोष मानिसलाई जिउमा रंगको पोकाले हान्ने वा कहिले नजाने मोबिल वा अन्य पदार्थले छिड्किने गरिन्छ अनि कति पय अरुको खुशी बेगर झुक्कैईएर् हुद्दा मिलेर त्यो एक जनालाई समाएर रंग दलिंछ |
अनेक झगडा कलह मच्चिन्छ, यसरी हामीले यसको राम्रो दिशा सदुपयोग नगरी दुरुपयोग गर्दै आएका छौँ | यसरी न त धर्म सस्कार बच्यो, न मानवीयता बच्यो, न त आनन्द नै भो,
यसरी मानवीय बलात्कार गरिन्छ | यसो गर्नाले एक आपसमा मन मुटाबको स्थिति खडा भै रिसिविको बिजारोपण भै दुर्घटना हुन् सक्ने सम्भव हुन्छ, आज जति संसारमा बिकास हुदै आयो मानव अधिकार त्यत्ति नै हनन् हुदै गएको देखिएको छ, होलीमा कतिको त ज्यान सम्म गएको छ |
अब आउने पिडिलाई पनि यो बाटो अन्योलको बाटो अघुवाले सिकईयो भने भोलि त्यही बाटो मुख धार बनि हाम्रा पिढीहरु लाग्ने छन् | भने त्यसकारण त्यस्तै- त्यस्तै अरु विविध बिषय बस्तुमा पनि लागु हुने हो भने नेपाली भविस्यको उज्वल दिन हरु देख्न पाउनु गार्है छन् | रंग खेलेर एक आपसमा रिसिबी नगाभ्नु बेस हुन्छ एक टिको अविर राम्रो तरिकाले लगाएमा वा राम्रो चिन जान आचरण भएको साथी संगतिको बीच होलि खेल्न राम्रो हुन्छ त्यो एक आदर्स भावको मिठो पना हो |
बस् यो मेरो मन गंते विचार हुन् मित्रहरु,,,,, बिदा!

No comments:

Post a Comment