Tuesday, April 13, 2010

"गेडी" (चार) ४

"गेडी" (चार) ४
किरिम् घस्ने कालीले, मुखभरी घसेर
केको फूर्ति लगाको, माईतै बसेर!!
ए!नानी,
बित्ला तिम्रो, लर्के जवानी!!
***************

फूर्ति-हैन ए!काले, छड्के टोपी लगाइ
नबस-है ढुक्कैले, लानु पर्ला भगाइ!!
उपारी,
छुनु पर्ला, जनै सुपारी!!
***************

सबै मेरी छ गेड़ी, सबै टेडी नागेड़ी
लेखकले चराउँ, कलमले बगेड़ी!!
महेरी,
लेखौं- लेखौं, कतै नहेरी!!
***************

नारी हामी किन खै, पछि पर्यौ भन्छ्न
संसारमा नारीले, नारी जरा खन्छन!!
सचित्रै,
यसो सोच्छु लाग्छ बिचित्रै!!



मिना बान्तवा "मृदु"

No comments:

Post a Comment