Friday, May 7, 2010

गज़ल-



धरतीलाई फुलाउन एउटा जून रोपें|
आकाशलाई खुलाउन एउटा जून रोपें|

अनुभूतिको ज्योतिमय किरण पस्किएर
समयलाई भुलाउन एउटा जून रोपें||

नुगीरहने हाँगाहरु फलेका दाना-दाना
बोट-बोटमा झुलाउन एउटा जून रोपें||

चारदिशानै आद्यारोले नसक्दै छाइ यहाँ
शान्तिको दियो डुलाउन एउटा जून रोपें||

इतिहाँसमा पोतिएका पुवाँखे काला मसी
वास्तविकता घुलाउन एउटा जून रोपें||

मिना बान्तवा "मृदु"

No comments:

Post a Comment