Friday, November 27, 2009

पद्य कविता

मेरो मायाँलाई थिचोस अझै अझै

जुन कुराको डर थियो, त्यहीं नै भयो आखिर
तिमी मेरो भाग्यमा थिएनौ नै, बनेको तकदिर
भगवानको सायद तेहीं थियो, निर्णय र मन्जुर
अब त रह्यो मात्र मेरो, साथमा तिम्रो तस्विर

तिमी खुसि भै बाँच्नु, उनीकै प्यारा बनि लकिर
बिताउनु पर्छ जीवन मैले अब, हेर्दै तेहीं तस्बिर
सडकमा फ्याकिएकी, सडकमानै फ्याक्यौं आज
रोएरै बसौला अब देखि,जीन्दगीमा सबैको माझ

मेरै आफ्नै भाग्य रेखा, कोर्न सकिन मैले आज
बस्थ्यौ तिमी आँखामा,आएर मेरो गोधुली साँझ
झर्न खोज्ने अश्रु धारा,त्यो पनि सुक्छ जब-जब
बाहिर भन्दा भित्र-भित्रै रोएको, कसले देख्छ अब

जता-ततै भौतारिन्छु, जब शान्ति कहीं पाउँदिन
तिम्रै अतितको दिप जलाई,भौतारिन्छु दिन-दिन
उनी सँग मेरो मायाँ भूलाई दिने,रहेछ सेहेजाल
तिम्लाई पर्खेर बाँचेको यो जीन्दगी,पार्यौ बेहाल

मेरो जीवन जस्तो चल्छ, दुःख संगै-संगै चलोस्
तिम्रो जीवन मलाई भूली,नसम्झिने गरि फूलोस
खुसि भई बाँच्नु आब, जिन्दगीमा उनिसंगै सँधै
उनको मायाले मेरो मायाँलाई,थिचोस अझैं-अझैं

मिना बान्तवा "मृदु"
झापा नेपाल
हाल इजरायल

2 comments:

  1. This comment has been removed by the author.

    ReplyDelete
  2. वियोगान्तक यो कविताले मेरो मुटु नै चिरा चिरा पर्यो नि मृदु बान्तवा जी

    ReplyDelete