Sunday, May 23, 2010

मुक्तके कविता "धनको खातिर विदेश आइयो"

धनको खातिर विदेश आइयो|
सोचे जस्तो नहुँदा चाल पाइयो|
जहाँ जाउँ कर्म संगै जाँदो रैछ
छ मैना त लेखेम् मात्रै खाइयो||

चिल्ड्रेन पार्कमा दोहोरी नि गाइयो|
कैले बचन नपाएको बचन पनि पाइयो|
मन पुग्छ गाउँ घरमा जिउ बिदेशमा
बनावटी हाँसो बोक्दै बाहिर खुसी छाइयो||

मरी हत्य गरी कन काममा दाइयो|
तलब नपाए पछि, मुद्दा पनि लगाइयो|
नियम कानून मात्रै, भएर हुदैन रैछ
हटकाव्ला इमिग्रेसन,अखोती नि धाइयो||

मिना बान्तवा "मृदु"

लेखेम् -पाऊ रोटी
हट, काभ्ला, अखोती -
"श्रम मानव अधिकारको"
-हेल्प लाईन

1 comment: