Wednesday, May 12, 2010

गज़ल-" एकान्तमा भेटेर बोलुँ-बोलुँ लाग्यो "

एकान्तमा भेटेर बोलुँ-बोलुँ लाग्यो |
तिमी संग हृदय खोलुँ-खोलुँ लाग्यो |

एक चिट्ठी लेखेर बैना बट्टा मारी
मिठा कुरा कानीले मोलुँ-मोलुँ लाग्यो ||

दोबाटोमा पर्खेर लुकी छिपी हेर्दै
नदेखे झैं गरेर टोलुँ-टोलुँ लाग्यो ||

तिम्रो नामको छापले सिउँदोमा छापी
जीवनलाई रंगमा घोंलुँ-घोंलुँ लाग्यो ||

तिमी संगै जिंदगी सात जूनी साट्न
सातै माड़ा घुमेर पोलुँ-पोलुँ लाग्यो ||


मिना बान्तवा "मृदु"

2 comments: