Wednesday, May 12, 2010

गज़ल- "प्यालामा नशा लिएर हाँसेकी छु"

आँसुका घुट्का पिएर हाँसेकी छु |

दिनमा हो कि रातमा हिंड्दैछु म
कसरी खोइ जिएर हाँसेकी छु ।।

चु्न्दिंन स्वर्ग जिउँदो लास हुँ म
सबै नै खुसी दिएर हाँसेकी छु ||

गलेको मुटु सडेर चिथरा भो
त्यस्लाई पनि सिएर हाँसेकी छु ||

आगोको कोल्मा हालेको फलाम झैं
खग्राख पाप्रो खिएर हाँसेकी छु ||


मिना बान्तवा "मृदु"

1 comment: