थाहै नपाई मत हजुर कस्तो भुलमा परें
नाफक्रिन्दै कोपिलैमा ओइलाएर झरें
रहर मनको सगरमाथा बिलाएरै गयो
आफ्नो आँसु नदि बनाई माझी बनि तरें
वारी-परि फूलहरु फुल्दा अनि झुल्दा
फूलले पनि बिझाउला भनि मनै पर सरें
जहाँ हिडें उजाड मरु भूमी मात्र भेटें
अतृप्त त्यो प्यास भित्र कैयौ पल्ट मरें
मत भन्थे मै अन्धो दुनियानै अन्धो रैछ
निर्दोष छँदा-छँदै,सबको नजरमा,मै,दोषी परें
मिना बान्तवा "मृदु"
मिना बान्तवा "मृदु"
No comments:
Post a Comment