Friday, November 13, 2009

गद्य कविता

"तिम्रो लागि अमृत र अमर"

तिमी आफुलाई हतोत्साहित नठान
तिमी हिन्नता बोध आफुलाई नगर
तिमी एक्लो छैनौ ! प्रिय !
प्रिय ! तिमीलाई भन्दैछु
दुःख नमान
चिन्ता नगर
प्रिय ! नडराउ म सँग
तिमी बिचलित कहिले हुने छैनौ
मलाई नदाँज अरु सँग प्रिय
किन कि! म अरु जस्तो हैन अन्तर छु
म अमर छु तिम्रो लागि
तेसैले प्रिय नसोच म तेती निस्ठुरी र क्रुर हैन
किन कि !मेरो दिल तेती सस्तो छैन
यो दिल पसलमा बेच्न राखेको कुनै बस्तु होइन
जति खेर जसले दाम हाल्छ उसैलाई बेच्ने
यो मेरो दिल तेती सस्तो छैन
तेसैले जसले किनिन्दा किनिनेहोइन
जसले बेच्दा बेचिनेपनि होइन
हेर प्रिय !मलाई शंका उपशंकाले अंकित नगर
यो दिलमा भगवानको बास छ
तिमीलाई पाप नलागोस
म पनि मानिस हुँ
कुनै निर्जीव बस्तु हुँइन
नभए आकासको अटल ताराहरुलाई सोध
धर्तिको निलकमललाई बुझ
बिहानीको बहिरहेको चिसो पवनलाई सोध
उदाउदै गरेको पूर्वको लालिलाई सोध
तिमीले मानेर पुज्ने भगवानलाई सोध
मत सधै तिम्रो मनको मन्दिरमा हुन्छु
दियो कलश बनेर
रंगी चंगी ध्वाजा भएर
पहेलो पवित्र पस्पतिको टीको बनेर
प्रिय तिम्रो आस्था अनि विश्वासमा भै रहन्छु
तेसैले भनेको हतोत्साहित कहिले नहुनु तिमी
मत सधै तिम्रो हौसलाको पात्र भै
मिठो अनि पवित्र अमृत बनि बसेकी हुने छु
तिम्रो दिल भित्र!
तिम्रो आस्था भित्र!
तिम्रो सोच भित्र!
तिम्रो हेराई भित्र!
अनन्त-अनन्तको लागिअमर बनेर,
प्रिय आनंत-अनन्तको लागि बाँची दिन्छु
मन्दिरको ननिभ्ने मनको दियो बनेर
तिम्रो लागि म सधै हरेक तिम्रो आकंछामा पाइलाहरु बनि
अनि जितमा हर्षोलास बनि
हाँसी दिन्छु!
गाइ दिन्छु!
नाँची दिन्छु!
बाँची दिन्छु!
लाखौ ताराहरुको बीचबाट लड्दै पड्दै
तिमी र म हिड्ने बाटोहरुको काँडालाई पन्छाउदै
तिम्रो नजिक आउछुप्रिय !
तिम्रो नजिक आउछु
त्यो सुन्यतामा रहेको मन्दिरको भक्त पुजारी बनेर
तिम्रो मनको मन्दिर संगालिदिन्छु
तिम्रो हरेक यात्रामा घामको किरणसँगै चिहाउदै
साथ दिन म आउछु!
काँध दिन म आउछु!
हात दिन म आउछु!
बास लिन म आउछु!
तेसैले कहिले तिमी हतोत्साहित नहुनु
मलाई शंका उपशंकाले अंकित नगर्नु
प्रिय ! तिमी एक्लो छैनौ
तिमी आफुलाई कम्जोर महसुस नगर
तिमी आफुलाई एक्लो नठान
निरुत्साहलाई मन बाटै हटाई देउ
तिमी एक्लो छैनौ
सदा- सर्वदा!!
प्रिय! म तिम्रो साथ छु !
प्रिय! म तिम्रो साथ छु !!

मिना बान्तवा "मृदु"

No comments:

Post a Comment