Sunday, November 15, 2009

गिती(कविता)

"ति दिवा सपना"

ति दिवा सपनाहरु रातको हो भनि सम्झेछु
कल्पनाहरुलाई सजाएर म चुर्लुमै डुबेछु

ति दिवा सपनाहरु रातको हो भनि सम्झेछु
सपनाका ति महलहर धेरै ठुलो बनाएछु

भताभुङ्ग हुदा महलहरु संग-संगै भत्किएछु
ति दिवा सपनाहरु रातको हो भनि सम्झेछु

मृग नयनी आँखाबाट आँसुका थोपा बर्सिं दिंदा
म त लक्ष्य बिहिन भै परिवर्तन भैसकेछु

ति दिवा सपनाहरु रातको हो भनि सम्झेछु

प्रिय पाठक ब्रिन्दयो पहिले नै प्रकाशित गीत हो
त्यसैले यसको जानकारी गराइएको छ।

स्वर अनि शब्द-मीना बान्तवा"मृदु"
सङ्गीतकार्-हस्त परीयार
म्युजिक एरेन्जर-श्याम सुनुवार
दोभान स्टुडियो
चलचित्र-पर्दा-(जन्म दिन)

No comments:

Post a Comment