Friday, March 5, 2010

गज़ल-"आफ्नो आँसु आफैं"



आफ्नो आँसु आफैं-आफै, माँझी बनि तरें आज!!
तिमी खुसि हुनु भनि, अलिक् पर सरें आज!!

बिहानीको घाम संग, कसम् खाँदै-खाँदै अनि!
पोखिएको आस्रुधारा, अंजुलिमा भारें आज!!

तिम्रो घर्को बाटोगल्लि, हिड्न छोडी सकेँ मैले!
टाढ्है बाट हिडौ भनि, तल्लो बाटो झरें आज!!

साच्चैं बैगुन् रेछौ तिमी, दिल् दुखाई राख्नु अझैं!
नपुजिने पलाँसहरु, मूल् बाटोमै छरें आज!!

बिषै होकि जिन्दगी यो, ताल बनाई जाँदैछु म!
सागर बीच पुगेपछि, तिम्रो मायाँ हरें आज!!

बिदा हुन्छु तिमीबाट, तिम्रो जिबन सफल रहोस!
नफर्किनु फेरि तिमी, भन्दै बिदा गरें आज!!

मिना बान्तवा "मृदु"

2 comments:

  1. अति सुमधुर तरिकाले गजल लाई पर्स्तुत गर्नु भयको छ तपाईको साहित्यिक जीवनको सुभकामना !!!!!!!!!!!!

    ReplyDelete
  2. thnx raju g pratikriyaako laagi yo hausllahko laagi ,,,

    ReplyDelete