ढिलो आएँ भन्थ्यौ, रानी तिमीले|
आज कता-कता, लाग्यौ मायाँलु
पार्न पायौं आतेस् ,जानी तिमीले||
तिम्ले काँडा ठाने, फूलै मानौला
नगर है मन, मानी तिमीले||
गरे थियौ मिठा, वाचा बन्धन
बात गर्थ्यौ सुष्म, ज्ञानी तिमीले||
चुप हुँदा सोध्थ्यौ, केभो जिन्दगी ?
राख्थ्यौ काख हात, तानी तिमीले||
बस भन्दै पिडी, अघि सारेर
तिर्खा लाग्दा दिन्थ्यौ, पानी तिमीले||
तिमी बिना भन्थ्यौ, बाँच्न सक्दिन
मेरो मायाँ सोच्थ्यौ, खानी तिमीले||
सधै हाम्रो जोडी, पन्छी परेवा
साने सोच मन, धानी तिमीले||
मिना बान्तवा "मृदु"
आदरणीय मित्रहरु यो मेरो धेरै पहिलाको गज़ल हो यो मैले मझेरी डट कम र डिसी नेपाल आदि वेब साईटमा दि सकेको हो यसको नक्कल गर्नु खोजे कविहरुले तर उहाँहरुले त्यति उत्कृस्ट अझै बनाउनु सक्नु भएन मलाई दुःख लाग्यो त्यसैले फेरी आज यो स्मरण मेरो गज़ल अझैं परिमार्जित गरेर हालेकी छु, अझै परिमार्जित गदैछु,धन्यबाद,,!
No comments:
Post a Comment