------------------------
मेरी आमा !
खोई के लेखुँ कविताबेकारै छ धिक्कारै छ
यो हारेको मनले
बरु छोरी पनि नभन मलाई
म कुलांघार नै भए पनि
म मरेर नै गए पनि
तिम्रा मनले त कहाँ मान्छ र
आमा नै हौ तिमी
आमा ! म आइन्जेल,
तर तिमी चाहिं बाँची राख है
एक मुठी स्वास भए पनि
मेरो लागि बचाई राख है
तिमी मेरी आमा हौ नि
आमा ! तिमीले मेरो लागि बाच्नै पर्छ
मेरो बाटो हेर्दा-हेर्दा
आँखा टर्राई सके होलान
ओठ सुकी सक्यो होला
जिउ सुकेर सानो भयो होला
बुढो भएर केश फुली
छाला चाउरी परी सके
आमा ! तिम्रो नजिक बसेर
मैले आफ्नी आमाको सेवा गर्नु सकिन
यति खेर यो बुढेस कालमा
म तिम्रो बैसाखी सहारा बन्नु सकिन
तिमी बसेको झुपडीको
बार पनि बन्नु सकिन
माफ छ मेरो तिमीलाई
जसरी तिमीले मलाई लिटो खुवाउँथ्यौ
आज मैले यो बुढेस कालमा
पालोको पैचो गर्नु सकिन
सारो खाँदा गला लाग्छ होला
गिलो भात पकाई
यी हातले खुवाउंन सकिन
त्यसको लागि म आजीवन
क्षमा प्रार्थी छु
मेरी भगवान !
मेरी आमा !
मेरी जननी !
मेरी जीवन दाता
मेरी सर्वस्व, संसार दृस्टी कर्ता
तिम्रो लागि म महा पापी हो
माफ त दिन्छौ होला नि आमा !
म साचै आफुलाई पापी
र एक अपराधीको रुपमा सम्झन्छु
हो म आफुलाई अपराधी
पापी घोषित गरी सकेको छु
मैले जति नै मानवता काम गरे पनि
जति नै मेरो स्वछ मन भए पनि
सबैको सामू मेरो सुबास रहे पनि
चाहें यो संसारको लागि नै
राम्रो मैले गरे भने पनि
तिम्रो अगाडी
म केहि हुँईन
म पापीमा पनि महा पापी हो
म कोख द्रोही हुँ
त्यसैले,
म विफल छु तिम्रो अगाडी
म असफल छु तिम्रो अगाडी
तिम्रा आँसुहरुले मलाई पिर्छ
मेरो बाटो हेर्दै
तिम्रा म प्रतिको वात्सल्य र
ममताले दु;खेको मनले
मलाई पिर्छ
मैले बाटो पाउँदिन
त्यो पाप म खप्नु र भोग्नु तयार छु
किन कि मैले गरेको अपराधको सजाय
मैले पाउनु नै पर्छ
म तिम्रो अपराधी हुँ
म अपराधको भागीदार हुँ !
म त्यसको भागिदार हुँ
2013/05/09/Thrs.
मिना बान्तवा "मृदु"
nice poem
ReplyDeletethank you.
Delete