Sunday, June 16, 2013

विश्लेषण र समाचार

यो पटक इजरायलमा इतिहासिक किरात राईहरुकोउभौली साकेला,साकेवा [चण्डी] नाच सम्मान पत्र  बिशेष अतिथि किराँत याक्थुंगहरुको रिदम फिलिम साथ ताम्र पत्र सम्मान विल्सन बिक्रम राईलाई सहित सफलताको साथ् र गौरबमय पूर्ण बित्यो |

----------------------विश्लेषण र समाचार

सेवान्ने ! सेवारो ! स्यामुना!  नमस्कार ! मित्रहरु जुन १४ तारिखको बेलुकाको किरात याक्थुंगको
प्रोग्राम बेतबारहल ह-हागना-३५ मा  भएको थियो भने किराँत राई यायोख्खाको साकेवा, साकेला नाँच जुन १५-मा  तेलाभिबको समुन्द्रको चिसो हावा संगै हरियो चौरको खुल्ला प्रगणमा भएको थियो यसरि दुवै दिनका दुबै कार्यक्रम धुमधाम संगले भएको थियो कुनै  एक कार्यक्रम त खल्लो थ्यो भन्ने भएन दुवै कार्यक्रम अति भब्य मिठास सफलता पुर्वक किरातीहरुको ठुलो भेला जमातले सफल भएको थियो | इजरायलमा यो दोस्रो पटक हो तक्मे बुढा आको कार्यक्रमको सफल कार्यक्रम मध्य पहिला अघिल्लो बर्ष दिपक लिम्बु र तक्मे बुढा [विल्सन बिक्रम राई ] जनजाती महा संघको पहल बाट २०१२ सालमा नमस्ते इजरायलको तर्फ बाट हामीले दिपक लिम्बु र तक्मे बुढालाई निमन्त्रणा गरेका थियौं भने यो २०१३ सालमा जुन १४ र १५ को कार्यक्रम किरात याक्थुंगको पहलमा लन्डन देखि विल्सन बिक्रम राईलाई यहाँ सम्म ल्याउने प्रयास सफल भएको छ | म अत्ति हर्षित छु र थोकुवाको साथ् सबै किरातीहरु खुसि छौँ किरांत याक्थुंग लिम्बुहरुको हात बाट ताम्र पत्रले सम्मानले उहालाई  सम्मानित गरिएको थियो एक घण्टा भन्दा अझै केहि उहाँले आफ्नो मौखिक हसाउने कार्यक्रम गर्नु भो र उहाँका केहि गीतहरुमा पनि नाच्नु भो हसाउनु भो दोएट नाचमा तक्मे बुढालाई रोशनी राईले साथ् दिनु भएको थियो यसै गरि कार्यक्रम सुरु अलिक जुन तोकिएको समयमा भेला नभएता पनि अबेला सुरु भएता पनि अबेलाको सदुपयोग मानिसहरु पूर्ण भरिनुमा सहयोग मिल्यो र त्यस बिचको समयमा "रिदम" फिलिमको रिल इजरायलको सिस्टमहरुमा सेट हुन नसकेकोले लास्टमा त्यो खालको रिल संग मिल्ने सिस्टमको प्रोजेक्टर मगाईयो धेरै दौड धुपको साथ् त्यो भगवानको र हाम्रा सहयोगीहरुको सहयोगबाट  मिल्यो त्यस पछि उहाँको आफ्नै प्रस्तुति गर्दै फिलिम सुरु भयो |

सबै जना खुसि छन आयोजकहरु र हेर्नु जाने दर्शकहरु पनि यो भेलामा आई दिने सम्पूर्ण महानु भावहरुलाई प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सहयोग गरि दिनु हुने सम्पुर्ण सहयोगी मित्रहरुलाई  धेरै-धेरै धन्यबाद छ,  विल्सन बिक्रम राईलाई पनि धेरै धन्यबाद छ |

हाम्रा इमान्दारी सहयोगी पत्रकार बिपिन तामांग लगायत सम्पूर्ण पत्रकार ज्युहरु र प्राबिधिक मित्रहरुलाई पनि धेरै धन्यबाद !

यो पटक पनि "रिदम" फिलिम हेर्न आउनेको उत्तिकै भिड थियो हल ४५०/ जना अट्ने क्यप्सीटी भएको भए ता  पनि मानिसहरु उभिएर र सिडीमा समेत बसेर हेर्नु भएको अवस्था थियो उहाँहरुलाई पनि धर्यताको लागि धेरै धन्यबाद छ |

रिदम फिलिम हेर्दा सुरुमा केहि जस्तो नदेखिने र हसाउने लग भाग २५ मिनेट पछि सिरियसली रुप् लिदै जाने १ घण्टा सम्ममा अलि-अलि रुवाउने अब के होला भनि दर्शकलाई पर्खाउने आफ्नो बसेको ठाउं बाट  हल्लिनु नै नदिने जत्ति हेर्यो उत्ति हेर्नु उत्सुक लाग्ने फिलिम भित्रको गितमा पनि बाहिर निस्कनु मन नलाग्ने खालको आधुनिक तरिकाले बनिएको एक अनौठो फिलिम कथा रोचक अनि कागताली खेल्नेहरुलाई घोचक पनि रहेको फिलिम आत्ति नै मार्मिक र देश भक्ति संदेश मुलक ओखति दिएर लास्टमा समाप्त हुदा अन्तिम ५ मिनेट सम्म पनि सिट बाट उठ्न मन लागेन कोहि उठेनन सबैको आँखामा बस्ने फिलिम सबैलाई रुवाएर अनि संदेश सिकाएर गएको छ |

 सुरुको विल्सन बिक्रणको पर्दामा देखिएको साना साना क्लासका बिद्यार्थी बालकहरु संग व्हिल चियरमा क्लास भित्र पढाई रहेको र फिलिमको लास्टमा समयमा त्यही दृश्य संग जोडिन पुग्दा फिलिमको पठ कथा औधि राम्रो मर्यादित पूर्णता देखिएको छ | यो फिलिम्ले सबैको मन छोएको छ "रिदम"फिलिमका सम्पूर्ण पत्रहरुलाई कथा-पठकथाकारलाई डाईरेक्टर निर्माता तथा सम्पूर्ण फिलिमका परिवारलाई  धन्यबाद !

 भोलि पल्ट बिहान सनिबारका दिन फेरी  उता "किरात राई यायोक्खा नेपाल इजरायल" बाट साकेला नाँचको लागि तम्तयार हुनु भएका किराँती राईहरु समुन्द्रको किनारमा ठुलो हरियो चौरमा सुम्निमा र पारुहांग थान थापना बनाउन सुरु र किराती दिदि बहिनि दाजु भाईहरु आउनको लागि सुरु रे किरातीहरु भोज भात्यार सहित चौरमा तयारी सबै जान आफ्नो पुर्खौली गहना र पोशाकमा ९ बजे देखि भेला हुन थालेको अतिथिहरुको भिड लाग्यो ११ बजे नहुदै साकेला [ चण्डी] नाच सुरु भो बिर्हत भेला भयो लाग्थ्यो त्यस साकेला नाचमा हमे दीप राईको हात बाट सुरु भएको र कार्यक्रम संचालिका यासिन राई अर्का बिजे बिद्रोही हुनु हुन्थ्यो र प्रमुख अतिथि आदिबासी महान संघका अध्यक्ष सुन्दर सिंह लामा र बिशेष अतिथि विल्सन बिक्रम राई सभा पतित्वमा मिना बान्तवा राई हुनु हुन्थ्यो |

  काठमाडौँको टुडी खेलमा जस्तै देखिने एक अजिब कहिले नदेखिएको अनुहारहरु र गोरा गोरेनिहरु पनि त्यो बाजा गाजाको साथ् नाच्नु हुलमा भित्र पसे का थिए उता समुन्द्रको चिसो हावा संगै कार्यक्रममा र नाच गरियो
 "किरात राई यायोख्खा नेपाल इजरायल" का  सम्पूर्ण सदस्यहरुले तक्मे बुढाको हात बाट परिचय पत्र हातमा ग्रहण गरे पहोलो पटक किरात राई यायोख्खा कि अध्यक्ष मिना बान्तवा राईलाई हस्तान्तरण गरि वितरण ग्रहण सुरु गरियो परिचय पत्र पछि अध्यक्ष मिना बान्तवा राई ज्युले तक्मे बुढालाई सम्मान पत्र दिनु भयो त्यस पछि खान पिन भोज सुरु भो भोज सम्पूर्ण आगन्तुक र महानु भावलाई समेत प्रसस्त गरी भोज गरिएको थियो सो पछि विल्सन बिक्रम राई ज्युले आफ्नो कमेडी र दुई शब्द बोल्नु भयो त्यस पछि तक्मे बुढाको साथ फोटो खिच्ने ठुलो प्रोग्राम भो धेरैले खुल्ला तरिकाले खुसीले उहाँ संग भेट्नु आमने सामने कुरा गर्नु फोटो खिच्नु पाएका थिए यो खुसीको कुरा हो,
 सबै जना उहाँको साथ् सबै जना साकेला  नाचियो  अति
नै खुसीले यो साकेला बित्यो सुम्निमा र पारुहांगलाई धन्यबाद छ तक्मे बुद्धको साथ् फिलिम अनि साकेला नाँच गर्नु पाइयो किराती मित्र दाजु भाई तथा दिदि बहिनि अन्य महानु भावहरु म धेरै गर्वंवित र खुसीले प्रफुल्लित भएकी छु |

 [छुटेका विषय बस्तु थप्दै जाने छु]

मिना बान्तवा 'मृदु"


No comments:

Post a Comment