Tuesday, May 7, 2013

"लुम्बिनी-कपिलवस्तु दिवस अभियानका बारेमा केहि जानकारीहरु"




"लुम्बिनी-कपिलवस्तु दिवस अभियान" LUMBINI-KAPILVASTU DAY MOVEMENT यहाँहरुलाई भ्रम नहोस भनि प्रस्ट्याउन खोजेको हो |
--------------------------------------------------------------------
लुम्बिनी-कपिलवस्तु नै नामबाट बिभिन्न ठाउँमा लुम्बिनी समाज, लुम्बिनी बिकाश, लुम्बिनी खबर त्यस्तै यो लुम्बिनी-कपिलवस्तु नै नामबाट धेरै खाले समाज, पत्रिका अनलाईन डट कम, ब्लग, बिकाश परियोजना, अंचल र जिल्ला आदि लुम्बिनी कपिलबस्तु नामबाट नै खुली रहेका छन र थिए तर तीमध्यमा यो पनि "लुम्बिनी-कपिलबस्तु दिवश" भन्ने एक अभियान हो । यो अभियानको मुख्य उद्धेस्य भनेको बुद्ध नेपालमा नभएर भारतमा जन्मिनु भएको भन्ने झुटो प्रचारलाई निस्तेज पार्न प्रयास गर्न शुरु गरिएको बिस्व अभियान हो ।
यस अभियानका १५ राष्ट्रिय समितिहरुमध्ये अभियानको सन्जाल बढाउने क्रममा २०१२ को २८ अप्रिलका दिन अभियानको चौधौं राष्ट्रिय समितिको रुपमा मिना बान्तवा "मृदु" को राष्ट्रिय संयोजकत्वमा इजरायलमा राष्ट्रिय समिति गठन गरिएको हो ।
यो अभियानको उद्धेस्य प्राप्तीमा सबैले आ-आफ्नो क्षमता अनुरुप सहयोग र योगदान दिन सक्छन । यसो गर्नु सबै नेपालीको नागरिकीय दायित्व हो । नेपाललाई चिनाउने बुद्ध र सगरमाथा दुई प्रमुख आधार हुन । त्यसैले आफ्नो राष्ट्रिय पहिचान कायम गर्न अभियानको यो उद्धेस्य प्राप्तीमा लाग्नु भनेको आफ्नो पहिचान जोगाउनु भएकोले प्रत्येक स्वाभिमानी नेपाली स्वत: स्फूर्त रुपमा यस्मा आफ्नो योगदान दिन आबस्यक ठान्छन ।
यो समितिमा रहनु भएकाको मात्रको काम र कर्तब्य नभएर सम्पूर्ण रास्ट्रबादी नेपालीहरुको साझा अभियान हो |
२००९ डिसेम्बर एकमा ईतिहासमा पहिलो पटक "कपिलवस्तु दिवस बिस्व दिवस" को रुपमा बिभिन्न देशमा बिभिन्न कार्यक्रम र बिस्वभरि नै चौबिसै घण्टा अनलाइनबाट मनाएपछि यस्लाई निरन्तरता दिन संस्थागत गरिनु पर्ने महसूस गरी २०१० मा दुई चराण गरी तात्कालिन वेलायत निवासी इन्जिनियर रामकुमार श्रेष्ठको बिस्व संयोजकत्वमा यो अभियानको सूत्रपात भएको हो । र यो छोटो समयमा अभियानले उल्लेख्य उपलब्धिहरु हासिल गरेको छ ।
अभियानको मूल काम बिस्वभरी नै बुद्ध नेपालमा जन्मेको हो, भनि प्रचार प्रसार गरी बुद्ध जन्मस्थलबारे सिर्जना गरिएको दिग्भ्रम निस्तेज पार्नु हो ।
यो अभियान कुनै धर्म, राजनीतिसंग सरोकार राख्दैन । त्यसैले यस्को बिस्व कार्य समितिमा तीन ठूला पार्टीका बरिस्ठ ब्यक्तिहरु र दुई जना बिदेशीहरुलाई समेत समाबेश गरी सल्लाहकार मण्डल पनि बनाइेएको छ ।
चेतनामूलक कामको लागि बिभिन्न माध्यम जस्तै संचार माध्यम, टूईटर, फेसबुक, गीत, कथा, कविता, रचनाहरु सकेसम्म लेख्ने, प्रस्तुत गर्ने, बिभिन्न सामग्रीहरुमा बुद्ध नेपालमा जन्मेका हुन भनि प्रचार्-प्रसार गर्ने, सान्दर्भिक सामग्रीहरु पढ्ने पोस्ट गर्ने गर्दा मात्रै पनि अभियानको उद्धेस्य प्राप्तीमा केही न केही सहयोग पुग्छ । अभियानकै कारण गुगलमा बुद्ध जन्मस्थान पहिला भारत देखाउनेमा अहिले नेपाल देखाउन थालेको छ,बर्षेनी ५० लाखभन्दा बढी पर्यटक जाने ब्रिटिश म्युजियमले दबाबका कारण सच्याने निर्णय गर्‍यो । बिस्व संयोजक रामकुमार श्रेष्ठले अमेरिकी राष्ट्रपती ओबामालाई चिठ्ठी लेख्ने, प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने, जाकारीया तथा पिबिएसहरुलाई पत्र लेख्ने, वृहत लुम्बिनी विकासको अन्तरराष्ट्रिय समितिको संयोजकमा संयुक्त राष्ट्र संघका महासचिब वान की मून बस्न सहमत हुनु भएको यत्तिका समय ब्यतित हुँदा समेत सो समिति गठन गर्ने प्रकृया अगाडि नबढेका कारण हालै पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई अस्ट्रेलिया जानु भएको समयमा छिटोभन्दा छिटो सो समिति गठन प्रकृया अगाडि बढाउन उहाँ मार्फत वृहत लुम्बिनी विकास राष्ट्रिय निर्देशक समितिका संयोजक एबं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचन्डलाई चिट्ठी पठाउने जस्ता थुप्रै कामहरु गर्नु भएको छ । त्यसैले सबैले यसरी नै आ-आफ्नो क्षमता अनुसार जे सकिन्छ गर्दै जाने हो भने अभियानको उद्धेस्य पुरा हुन समय लाग्ने छैन ।

अरु बिस्तृत जानकारीको लागि फेरी भेटौंला जदौ !

मिना बान्तवा "मृदु"

No comments:

Post a Comment