Tuesday, April 30, 2013

'नारी दोस्रो'



हाम्रो नेपाली पितृ सतात्मक भनु कि या पुरुष प्रधान समाज भानुम कि के भानुम आजकल फेसबुक तिर समाचार अन लाईन तिर केटीको नाङ्गो[नग्न] सरिर देखिएको फोटो हालेर समाचार सम्प्रेसन बिजिनेस प्रबिती बढ्दो छ |

हुन त पहिलेको समय देखि नै आज सम्म पनि कुनै पनि तरिकाले महिलाको स्तमाल भै रहेको छ ! अफिसको मूल ढोकामा चिटिक्क परेकी केटि सेक्रेटरी, टाईपिस्टमा, कफी सपमा, हरेक रिसेप्शन अफिसहरुमा देखाउने दांत केटीको फेस एडभर्बटाईज गरेर बिजिनेस गर्ने चलन छदै छ तर उता त्यही स्तरको महिलालाई सबै अफिसहरुमा जागिर चै पाउन मुस्किल छ यस्तै  हुँदा-हुँदै आजकाल फेसबुक तिर प्राय हरेक समाचार अन लाईन तिर केटीको सरिर नग्न देखिएको फोटो हालेर समाचार सम्प्रेसन गर्ने  प्रबिती दैनीय रुपले उग्र बढेको देखिंदैछ |

समाचार मिडिया भनेको के हो भनि रहनु नपर्ला यदि सामाजिक क्षेत्रमा काम नगर्नु र खाली अस्लिलको मात्र खेति गर्नु हो भने सायद त्यो मिडिया छुट्टै होला तर बिसुद्द देशको र जनजीवनको मानव विकास प्रगति आधारको कदर गर्ने र ज्ञान दिने एक मध्यम हो समाचार मिडिया  भनि बुझिन्छ खबरले समाचारले उपाय दिन्छ ज्ञान दिन्छ होसियारी गराउँछ समाजमा रहेका बिकृति हटाउनमा सहयोग र बल दिन्छ मिडियाले तर जहाँ नारीको नराम्रो तरिकाले लेखेको चरित्रको बारेमा सुनिन्छ पढिन्छ |
ळेखाईमाहरुमा सोधाईमा डिफेक्टीक् तरिकाले मांस पटलमा असर पर्ने खालको महिलाको उदाहरण खुल्ला गरिएको छ महिलाको उदाहरण दिनु पर्दा नेक्लीजेन्स गरिएको छ कतै उदाहरण नेपाली महिलाको बारेमा नराम्रो घटनाको समाचार छ भने अरु कसैको वा बिदेसी फोटो टाँसेको र उदाहरण बनाको देखिन्छ
नारी घटना भनेको कुनै गित कथा र कविता हैन त्यस्तो उदाहरण दिनु पर्ने |

कोहि उदाहरणमा लाहुरेको बुढी होस् या चाउरेको बुढी होस् लाहुरेको छोरी होस् या चाउरेको छोरी होस् नारीको मात्र चरित्र देखिएको छ त्यहाँ कोहि पनि बेस्या हुदा र बिग्रिंदा एक्लै बिग्रिन्दैनन |
महिला र पुरुषको उत्तिकै हात हुन्छ घटना स्थलको दोस्रो व्यक्तिको अझै हात हुन्छ उत्तिकै भागीदार हुन्छन उनीहरु यदि उदाहरण देखाउनु छ भने साचिकै कि त  पुरुष मानिसको पनि कस्तो चरित्र हुन्छ भनि देखाउनु पर्यो  पुरुषले  महिलालाई काम गर्नु विदेश पठाई कान्छी ल्याको घरमा केटि ल्याको, रक्सि भठिमा गाको डिस्कोमा गाको, जुवा तास खेलेको स्वास्नी घरमा राखी अर्कै तिर बुढी राखेको धेरै ओटा केटि संग लागेको, पनि देखाउनु पर्थ्यो कि त नारीलाई नारीको जस्तै यो समाजको इज्यत दिनु जान्नु पर्छ नारीलाई दोस्रो दर्जाको रुपमा समाचारको नाममा अन लाईनको नाम बाट नारीको बेज्यत गर्ने नामको पत्रिका अन लाईन मिडिया संग मेरो घोर बिरोध छ |

 भनिन्छ त्यही नारी आमा, त्यही नारी छोरी, त्यही नारी श्री मति, त्यही नारी दिदि र बहिनि, नारी एक भगवानको रुप हो जो गीताको रुप, पार्वतीको रुप, काली र दुर्गाको रुप अरे, भनि नारी को पूजा गर्नु पर्छ अरे नारीको सम्मान गर्नु पर्छ अरे नारीले अधिकार पाउनु पर्छ अरे तर दिनहुँ नारीको बलात्कार हुन्छ यहाँ बलात्कारमा परेकी नारीले नै दोष पाउँछन |
नारीलाई साडी लगाई बेरी दिएर सिन्दुर र पोतेले मोड़ी दिएर त्यही नारीको बेज्यत गरि हिडेका छन सर्बत्र बजारमा इज्यत बिकाउको  घोषणा गरेका छन सामाजिक बजारमा
त्यो नारी कसको इज्यत हो र बल हो नारी के हो भनि कहिले बुझ्ने  हामीले र हाम्रो समाजले ?
यता तिर सम्पूर्ण नेपाली सचेत कर्मी समाजको ध्यान आकर्षण रहोस भन्नु चहान्छु धन्यबाद !

मिना बान्तवा 'मृदु'

No comments:

Post a Comment