Wednesday, November 11, 2009

कविता

छोरी! संसारकै सृष्टी ....!

छोरी ! तिमी यो सारा संसारकै सृष्टी कर्ता हौ
तर तिमी सारा संसार मै बिपक्षामा किन पर्यौ

छोरि तिमीमा छ अरे क्षमा दिने दयाको खानी
आफु मरेर पनि बचाऊ छौ अरुलाई जानी-जानी

बस्ताव मै संसारमा छोरी तिमी कत्ति छौ ज्ञानी
फेरी संस्कार छोडी अघि जाँदा हुन्छौ बदनामी

तिमी सीता अनि भृकुटी हौ अरे झासिकी रानी
तिमीसंग खेल्छन किन मर्दाले खेल दाउमा हानी

ओहो ! तिमी द्रौपदी रे नाम यहाँ गनियो कुनाम
उपनाम दुर्गा लक्ष्मी पार्वती खोइ तिम्रो शुभ-नाम

मिना बान्तवा "मृदु"

3 comments:

  1. हो ! तिमी द्र्रोपति रे नाम यहाँ गनियो कुनाम
    उपनाम दुर्गा लक्ष्मी पार्वती खोइ तिम्रो शुभ-नाम

    कविताले ओजनदार तीतो यर्थाथ बोकेको छ । सरल र मिठासले भरिएको कविता यथार्थपरक लाग्यो मलाई ।

    www.onlinekhaskhas.blogspot.com

    ReplyDelete
  2. नमस्कार!राजेश जी यहाँलाई धेरै धन्यबाद छ!

    ReplyDelete
  3. This comment has been removed by the author.

    ReplyDelete