Wednesday, October 28, 2009

मेरो भाषामा मेरो बर्णन.

“नारीलाई कुनै तिम्रो पाईतलाको धुलो नसम्झ,
उसको पेवामा पर्ने मात्र चौको र चुलो नसम्झ।
नारीले पनि शिक्षा पाए धेरै कुरा गर्न सक्छे यहाँ
एकपल्ट पछार्दैमा लच्कीएर जाने लुलो नसम्झ”

मलाई सम्राट नेपोलियनको एउटा शब्द याद आयो जुन शब्द" जुन ठाउँमा नारीको सम्मान गरिन्न त्यो ठाउँ वा देशको पतन अबस्य चाँडो हुन्छ" शायद यो शब्द मलाई पनि मान्य लाग्यो। नारीहरु साँच्चीकै कोमल हुन्छन, कोमलता उनीहरुको बिषेशता हो। म कुनै नारीबादी लेखक त हैन तरै पनि मेरो थोरै अनुभव र समाजमा नारीको स्थान र नारीले भोगीरहेको संगती वा बिसंगती थोरै प्रस्तुत गर्न खोज्दैछु, हुनसक्छ म धेरै कुरामा गलत तर यहाँ जति पनि लेखनहरु छाड्ने छु त्यो सबै मैले यथार्थ रुपमा देखेको नै छाड्ने छु।

हामी नेपाली, अबिकसित मुलुकको लहरमा उभिएको हाम्रो देश, अहिले सम्म गाँस,बास र कपासको लागी संघर्षरत छ। बिहान बेलुकीको छाक टार्न सिमित छ अहिले सम्म हाम्रो देश, यसमा पनि नारीजातीहरु त अहिले सम्म पिछाडीनै छोडिदै आइएको छ। उनीहरुले पाउने शिक्षा दीक्षा देखी टाढै राखिदै आइएको छ। नारीलाई अहिले सम्म केवल घर लिपपोत गर्ने अनि चुलोचौका गर्ने को रुपमा मात्र अझै पनि लिईदै आइएको छ।यो एकाईसौं शताब्दीको मध्यवधी सकिन लाग्दा समेत नारीहरु हाम्रो देशमा धेरै नै मात्रमा अशिक्षित छन। यो भन्नैपर्दा कस्लाई दोष दिने त? समाज अनि त्यहाँका बुद्वीजिबीहरुलाई? वा यो कहिल्यै काँचुली फेर्न नसक्ने सरकारलाई? यहाँ नारीहरुले आफ्नो गती देखाई रहेकै छन तर उनीहरुलाई बाटो दिने कोही अहिले सम्म यहाँ उदाहरणको रुपमा आईपरेको छैन। ठुला-ठुला सभा सेमिनार हुन्छन नारीको बारे कुरा हुन्छ तर त्यो सभा-सेमिनार समापनको साथै त्यो सबै कुराहरु जुन भाषणमा खोकिएका सबै सेलाएर जान्छ, न कसैले त्यो खोज्न सक्छ न सोध्न नै। नारी बेदना अझै पनि जटिलताको रुपमा छिमेकी राष्ट्र भारतमा छ। प्रमुख गरेर दक्षिण भारतमा छोरी जन्मिदा रुन्छन रे आमाबुबा, अनि छोरी जन्माउने स्वास्नीलाई सम्बन्ध बिच्छेद सम्म पुर्‍याउँछनरे, यस्तै रिती बंगलादेशमा पनि छ "डोरी" दाईजो प्रथा, यो नारीको मुख्य फलामे जञ्जीर हो। यो प्रथाले गर्दा बिकालमै लाखौं नारीहरुले जल्नु परेको छ, झुण्डिनु परेको छ, मृत्युको बहन गर्नु परेको छ, यो उनीहरुको चाहना होइन, त्यो समाजले बनाएको एउटा पालना गर्नै पर्ने अन्धो नियम, जुन पालना भएन भने मृत्यु बाहेक त्यो नारीको अरु कुनै बाटो नहुने त्यो समाजमा राज्यमा अझै पनि छ। यस्ता चलन नेपालमै पनि छ। यी सबै समस्या को जड हाम्रो देशको लागी भने अशिक्षानै हो। जब सम्म शिक्षाको प्रभाव कहिं पर्दैन त्यहाँ अबस्य धेरै घटनाहरु घट्ने गर्छन, किनकी त्यो समाजमा शिक्षाको ज्योती भएन भने अबस्य दीप बिनाको शुन्य रात झै हुन्छ। शिक्षा त्यो ज्योती हो असल र खराबको पहिचान गराउछ। आजको यो बिकट समस्याको निबारण शिक्षाले नै गर्न सक्छ। यो पुस्तालाई सन्देश दिनै पर्दा नारीलाई दाईजोको रास भेला पार्नु भन्दा असल शिक्षा दिन अत्यन्त जरुरी छ। दाईजो भनेको अहंकारको पोका हो, यो शताब्दीमा जो दाईजोमा भर पर्छ शायद ऊ यो पुस्ताबाट टाढा छ पुरानो सोंचमा छ।
हुन त मेरो यो कुरा धेरैले बकबास भन्ने छन र यहाँ निरुत्साहीत बनाउन खोज्नेछन तर म मेरो यो शब्द कुनै निरत्साहितको पर्दाले छेक्न दिनेछैन यदी म मा अरु जोश थपिनेछन यहाँका सम्पुर्ण नारीहरुले बुझ्ने छन मेरा शब्दहरु पाईलाहरु हामीले भाष्ण सुनेर गर्ला भनेर बस्नु भन्दा हामीले आफै पाईला चाल्नमा बुद्वीमानी देख्छु।

आगमी दिनहरुमा मौका मिले क्रमस,,,, लेख्दै जने प्रण सँगै यो पानाबाट जदौ,,,,

अनारमनी-३ बिर्तामोड
हाल: तिबेरिया, इजरायल

3 comments:

  1. तपाईँको विचार साह्रै मन प-यो मीनाजी! नारी-पुरुष समानता विना कुनै पनि परिवार, समाज, देश र समग्र मानवजातिको भलो हुँदैन। हाम्रो समयलाई तपाईँजस्ता साहसी र स्पष्ट चिन्तन भएका नारीहरुको जरुरत छ। तपाईँलाइ शुभकामना!

    ब्लग-यात्राको निरन्तरता र सफलताको लागि पनि शुभकामना!

    ReplyDelete
  2. मलाई नारी–पुरुषबारे भएका खण्डनहरु मनपदैनन् । नारी–पुरुष समान छ भन्ने जान्दाजान्दै हाम्रो व्यवहार चाहिँ किन छुटाउनै खोज्छ । त्यो तपाईले पनि महसुस गर्नुभएको होला । हाम्रो मानसिकतामा नै परिवर्तन आएको छैन् ।

    ब्लग निकै राम्रो लाग्यो । पढेर आनन्द लिएँ । निरन्तरताको शुभकामना है मिना जी ।

    ReplyDelete
  3. नमस्कार! बसन्त जी राजेश जी अनि लिंकुतंग जी मेरो नियात्रालाई yatra (भिजिट) गरि दिनु भो यहाँहरुले म अति खुसीले गद गद भएकी छु यहाँहरुलाई धेरै धन्यबाद र वेलकम छ "मृदु"

    ReplyDelete