Sunday, December 11, 2016

इजरायल तेलभीब-
श्रोत मीना बान्तावा
-  "लुम्बिनी कपिल बस्तु प्रबर्दन
(दिवश)अभियान इजरायल राष्ट्र समिती" ले २०१६ दिसम्बर १० सनिबर अभियानको ८ औ बिस्वा बार्षिक उत्सब को अवसर पारी इज्रायलमा कार्यक्रम गरेको छ, उक्त कार्यक्रम मा अभियान को आयोजकता मा गराइएको गत २ माहिना  सम्म को ८ हप्ते उध्घोषण एडभांस तालीम को प्रमाण पत्र समेत बितरण गरिएको थियो |

इजरायलको लागि  पहिलो पटक २०१२ साल मा लुम्बिनी कपिल बस्तु  प्रबर्दन अभियान इजरयळको मीना बान्तावा को संयोजकता मा स्थापना भएको हो |

सो कार्यक्रम मा नेपाली राजदूत बास बाट प्रमुख आथित्य हरिहर कान्त पौडेल रहनु भएको थियो भने कार्यक्रमको सभा पतित्व अभियान  तथा आयोजक कमिटी की अध्य्क्ष ले निभाउनु भएको थियो |

कार्यक्रम सुरु राष्ट्रीय गान अतिथि सत्कार बात सुरु भई राजदूता बास प्रमुख अतिथि सोही अभीयांन  की अध्यक्ष  मीना बान्तावा राई ज्यूको तर्फ बाट बुद्ध को माल्या अर्पण दियो प्रज्जलन केक काटने कार्यक्रम भएको थियो


उक्त कार्यक्रम मा सहभागी इजरायल मा भएका बिभिन्न संघ साथ कलाकार मंच बाट उपस्थिति थियो |

कार्यक्रम सञ्चालन सोही अभियान की सदस्य भीमा माया नेमहांग  र मुना सिवाकोटी ले चलाउनु भएको थियो भने  स्वागत मन्तब्य तथा महत्व को बारेमा अभियान की महा सचिब गीतकार दाना कादम्बरी श्रेस्ठ ज्यूले गर्नु भएको थियो |

उक्त कार्यक्रम मा प्रमुख अतिथिले भन्नु भयो हामीले बुद्ध लाई महत्व दिन नसक्नु हाम्रो कमजोर हो हामी नेपालीले  बुद्ध जन्म भूमि लाई पनि सुधार गैर्न को लागी महत्व दिनु पर्ने बेला आएको छ भन्नु भयो |

त्यस्तै श्री सत्य साई केंद्र र अभियान की सलाहकार नेहा गुरुंग पनि हामीले नेपाल मा जन्मेको बुद्ध को महत्व बुझेको छैनौ बुझ्नु आवस्यक छ र इजरायल मा यो अभियान बेलैमा रहेको छ बिदेसी ले महत्व राख्दा हामीले चिह्न सकेको छैन यो अभियान र बुध्द हाम्रो नेपाली सबै को हो भन्नु भयो |

अभीयान की सदस्य तथा प्रशिक्षार्थी लामू शेरपा ले उद्घोषण शिक्षा को बारे छोटो अनुभव बोल्नु भई र अभियान ले दिएको सरहानीय काम को प्रसन्सा गर्नु भएको थियो |

त्यस्तै लुम्बिनी अभियान की सदस्य रुपन्देही समाज की अध्य्क्ष तारा पोखरेल ले बुद्ध र बुध्त्व के हो ? ज्ञान सबै ले पाउनु आवस्यक भन्ने बारेमा बताउनु भयो |

यसै गरी कार्यक्रम मा कबिता वाचन नृत्य रा संगीत समेत भएको  थियो |
गीतकार अभियान की सदस्य समेत रहेकी नूतन भुसाल ज्यूँ ले बुध्त्व को बारेमा मिठो कबिता वाचन गर्नु भएको थियो  |

अर्का कबिता वाचक अभियान की कबिता सुनुवार ले पनि मिठो बुध्दको कबिता वाचन गर्नु भएको थियो त्यस्तै  कबिता वाचन मा , मूना सिबा कोटी , भीम माया नेमहंग,ले साथै अभियान कै अर्का सलाहकार र नेपाली जनसम्पर्क समिति इज्रायलका अध्य्क्ष  दीपेंद्र थापा ज्यू ले आफ्ना छोटो भनाइ सहित बुद्धको कबिता वाचन गर्नु भएको थियो |

 अभियान को सदस्य रही राष्ट्रीय कलाकार मंच की सदस्य साबित्री सुनुवार राई ले राष्ट्रीय गीत मा रोचक नृत्य गर्नु भएको थियो  |

त्यस्तै रमन अधिकारी ज्यू अभियानको सदस्य समेत रही राष्ट्रीय कलाकार मंच का अध्य्क्ष हुनु हुन्छ उहा ले अभियान कार्यक्रम सहयोगी, प्राविधिक मा पूर्ण सहयोग गर्नु भएको थियो |

लुम्बीनी  कपिल बस्तु  प्रबर्दन अभियान इजरायल को तर्फ बाट प्रशिक्षक अभियान को सलाहकार. CNNE का संपादक पुष्प श्रेष्ठ ज्यू लाई "टोकन इन लब" अंग्रेजी मा लेखी माया को उपहार हस्तांतरण गरिएको छ |

त्यस्तै कलाकार मंच बाट प्रति निधि संगीतकार रियाज शिवकोटि ले उदय सोताङ्ग को गीत र नव राज खड्काको रचना रहेको फर्क बुध्द नामक गीत गाउनु भएको थियो |

अभियान लाई कार्यक्रम गर्ने स्थल थियो प्रताप सूरज मादेंन जो यहां अभियान को सदस्य हुनु हुन्छ |

अंत मा अभियान की अध्य्क्ष सभापति बाट विसर्जन गर्दै सबै लाई धन्यबाद दिनु भाई कार्यक्रम समाप्त भएको घोषणा गर्नु भएको थियो |
 श्रोत ले बताया अनुसार कार्यक्रम रोचक रमाईलो र मन मुग्ध अभियान युक्ति रहेको थियो |

अंत मा लुम्बिनी कपिल बस्तु प्रबर्द्नन इजरायल परिवार ब्यक्त गर्दछ की जो ज्ञात अज्ञात तन मन धन ले इजरायल मा स्थापना काल देखि  आज सम्म सहयोग गर्दै आउदै हुनु हुन्छ र गरी रहनु भएको छ, संपूर्ण को सहयोगी मन लाई भगवन ले सधै तपाइँ हरु लाई स्वास्थ्य राखी हरेक कुरा बाट बचाओस पाईला अगड़ी बढोस हामी आयोजक आभारी छौं यहाँ हरु लाई धेरै  धन्यबाद

"लुम्बिनी कपिल बस्तु प्रबर्दन अभियान इजरायल राष्ट्र समिती" Dec 11, 2016

No comments:

Post a Comment