Sunday, October 23, 2016

"उद्घोषण तालिम सम्पन्न"

तेलाभी इजरायल - लुम्बिनी कपिल बस्तु दिवश अभियान इजरायल राष्ट्र समितीको आयोजनामा आधारभूत उद्घोषण तालिम सम्पन्न भएको छ |

उक्त तालिम इजरायलमा रहेर विभिन्न क्षेत्रमा काम गर्ने ११ जना नेपाली महिलाहरुको सहभागिता भएको थियो |
सप्तानता बिदा लाई उपयोग गर्दै असोज पहिलो साता बाट सुरु गरीएको आधारभूत उद्घोषण तालिम सनिबार १ बजे देखि ५ बजे सम्म इजरायलको तेलभिमा संचालन गरीएको थियो |

समापन कार्यक्रम मा लुम्बिनी कपिलबस्तु दिबस अभियान संयोजक मिना बान्तवा राई ले सहभागी प्रशिक्षार्थीहरु लाई कार्यक्रम तालिम मा सहभागी भै कार्यक्रम सफल पार्नु भएको धन्यबाद व्यक्त गर्नु भएको थियो राईले भन्नु भयो आधारभूत उद्घोष तालिम मा सहभागी भई सके पछि प्रत्यक्ष  र अप्रत्यक्ष रुप मा सबै प्रशिक्षार्थी हरुमा सकारात्मक परिवर्तन आएको महसुश गरेको बताउनु भयो |
उ हाँले भन्नु भयो कुनै पनि कार्यक्रम थालनी गर्दा लक्ष र उद्देस्यको स्पष्ट भए मात्र आफु पनि सफल हुने  भएकोले अब सहभागी दिदी बहिनि हरुले आफ्नो लक्ष स्पष्ठ  पारेर अगाडी बढ्नु पर्ने मा जोड दिनु भयो र प्रशिक्षक  सि .एन. एन. ई. पुष्प श्रेष्ठ लाई पनि धन्यबाद दिदै उहाँको प्रशिक्षन  तारीफ गर्नु भएको थियो |

त्यस्तै कार्यक्रम मा आफ्नो मन्तब्य राख्दै प्रशिक्षार्थी लमु सेर्पाले आधारभूत उद्घोषण तालिम संचालन गरेर थप नयाँ  ज्ञान आर्जन गर्न र आफ्नो व्यक्तित्व बिकाशको लागि चाहिने पूर्वधार तयार गर्नु टेवा पुरै दिनु भएको मा आयोजक लगाएत प्रशिक्षक लाई धन्यबाद दिनु भएको थियो यस कार्यक्रम ले बोल्ने बानीको मात्र बिकाश नभएर पढ्ने खोज्ने सोध्ने र सत्य कुरा मात्र प्रस्तुत गर्ने आधार हरु तयार गरेको छ त्यसैले तालिम मा सहभागी मात्र ठुलो कुरा नभएर हामीले २१ घण्टा सिकेको सीप लाई बयाबहारमा समेत निरन्तरता देखाउनु पर्ने बताउनु भयो |

त्यस्तै धेरै सहभागी प्रशिक्षर्थी हरुले यस कार्यक्रम बाट थप केहि  काम गरूँ भन्ने उर्जा मिलेको बताए |

आधारभूत उद्घोषण तालिम को प्रशिक्षक आफु चन्द्र नारायण नन्द लक्ष्मी फाउन्डेसन सस्थापक रही तथा सी.एन. एन. ई. न्यूज डट कम को सक्रियतामा संचालन भएको र उहाँ लुम्बिनी कपिल बस्तु दिवश अभियान इजरायल राष्ट्र समितीको पनि सल्लाहकार समेत रहनु भएको छ, उहाँको यो दोस्रो पटक को तालिम हो भनि उद्घोषण तालिमले गरेको प्रसिक्क्षक ले बताएका छन यस अघि पनि २०१२ साल मा तेलाभी मै उद्घोषण तालिम गरिएको थियो |
कार्यक्रम मा उद्घोषण काल लगायत कार्यक्रम निर्माण र प्रस्तुतिकारण समाबेश गरीएको आयोजकले बताए |




No comments:

Post a Comment