Thursday, October 22, 2009

पद्य कविता

'आमा'

आमा नसोचिदिनू है निषठुरी रैछ छोरी भनी
तिम्रो तस्बिर सिरानीमा राखेर सुतेकै हुन्छु //
तिम्रो त्यो ममता यो छातिभरि सम्हालेर राखेकै छु
हरेक पल मातातीर्थ औंसीमा तिम्रो पूजा गरेकै छु //

पुसमाघे जाडो गुन्द्री र सुकुल सुकाई आँगनमा
तोरीको तेल तालुमा ठोकी बसाई काखमा //
आफ्नो साडीको बक्कुलो सिलाई कर्मी है चरी झै
न्यानो पारी सुताउथ्यौ लुटुक्क यसोदा मैया झै //

बिर्सेको छैन हल्लाउदै कोक्रो फकाउदै सुताउथ्यौ
पिठ्युमा बोकी हातमा टुकी सात मुलुक पुर्या‍उँथ्यौ //
ज्वरो मात्र आउँदा धामी र जैसी ओखती पिलाउथ्यौ
तताई तेल मालिस गरी मलहम पट्टी लगाउथ्यौ //

पटुकीले सेपी ढिकी र जातोमा सँगसँगै लैजान्थ्यौ
नानीलाई दूध पुग्दैन भनी ज्वानोको रस पिउँथ्यौ //
एकछिन पनि नदेख्दा मलाई आतिदै खोज्दथ्यौ
हातमा थमाई सिलेट र खरी 'क' लेख्न सिकाउथ्यौ //

कु-कु हाँ भनि लुकामारी खेल्न तिमीले सिकाउथ्यौ
बेहुला र बेहुली पुतली बनाई तिमीले खेलाउथ्यौ //
बदमास गर्दा कहिलेकाही घोचो लि खेद्दथ्यौ
घर वरिपरि म चाहिं भाग्थें तिमी चाहिं थाक्दथ्यौ //

पाली र टाली सम्राट पार्यौ बिदेश जाने भए म
जहिले पनि चिन्ता छ तिमीलाई नुन भुटुन टारन //
आज पनि न्यास्रो को न्यास्रै छ आमा ! तिम्रो मुहार
दक्षिणकालीमा गै माग्दैछौ अरे मेरो लागि गुहार //

दस महिनासम्म गर्भमा राखी यो संसार देखायौ
तोते बोली देखि ताते भनी हिंड्न सिकायौ //
 साँच्चै तिमी महान छौ आमा ! धन्यबाद कोटि-कोटि
सक्दिन ऋण चुकाउन यो जुनीमा गरिकन जति-जति //

 
Thursday, October 22,2009
हाल ईजरायल

3 comments:

  1. मिना जी हजुर को यो "नि यात्रा " visit गर्दै जान्छु धेरै लेख,रचना,कविता,गजल,मुक्तक,गित साह्रै नै राम्रा लाग्छन कोहि मिलनका छन्, कोहि बिछोडका,कोहि देश भक्ति, कोहि नारी पर्ती,कोहि सामाजिक त कोहि ममतामय सबै एकदम उत्कृस्ट छ ! मलाई लाग्छ हजुरको भबिष्य भनेकै साहित्य हो यसलाई कहिले पनि नरोक्नु होला !!!!!! राजु कुँवर साउदी shyangjali@yahoo.com

    ReplyDelete
  2. मिना जी सर्वप्रथमत नमस्कार !!! किन हो आज भोलि त हजुर को रचनाहरु धेरै भो पढ्न पाइएको छैननी ??????? राजु कुँवर

    ReplyDelete
  3. sarb pratham yahaalaaii dherai dhnybaad chh, m pray blogmaa bhndaa aafaimaa rakhne gareko chhu tara nirantarta matra chain belaa belaama sampresan garirahechhu...

    ReplyDelete